घोषणाहरू
◼ यी महिनामा प्रस्तुत गरिने साहित्यहरू:- डिसेम्बर: बाइबलका कथाहरू भएको मेरो पुस्तक वा महान् शिक्षकबाट सिकौं। जनवरी: बाइबलले वास्तवमा के सिकाउँछ? पहिलो भेटमै बाइबल अध्ययन सुरु गर्ने प्रयास गर्नुहोस्। यदि घरधनीले उक्त किताब पाइसकेका रहेछन् र बाइबल अध्ययनको प्रस्ताव स्वीकारेनन् भने तिनको चासो जगाउने खाले कुनै पनि पुरानो पत्रिका अथवा पुस्तिका दिन सकिन्छ। फेब्रुअरी: पारिवारिक आनन्दको रहस्य। मार्च: बाइबलले वास्तवमा के सिकाउँछ? पहिलो भेटमै बाइबल अध्ययन सुरु गर्ने प्रयास गर्नुहोस्। यदि घरधनीले उक्त किताब पाइसकेका रहेछन् र बाइबल अध्ययनको प्रस्ताव स्वीकारेनन् भने तिनको चासो जगाउने खाले कुनै पनि पुरानो पत्रिका अथवा पुस्तिका दिन सकिन्छ।
◼ सन् २०१३ को स्मरणार्थ उत्सव मार्च २६, मंगलबारको दिन मनाइनेछ।