क्षेत्र सेवाका उल्लेखनीय पक्षहरू
सेप्टेम्बर २०११
सेप्टेम्बर १ मा दुइटा मण्डली र तीन वटा पृथक समूह स्थापित भए। अहिले नेपालमा जम्मा २२ वटा मण्डली र दस वटा पृथक समूह छन्। त्यस महिना प्रकाशक र नियमित अग्रगामीको सङ्ख्यामा नयाँ शिखर कायम भएको थियो:- प्रकाशक १,६०६ जना अनि नियमित अग्रगामी ३६० जना। निष्कपट मानिसहरूलाई यहोवाबारे सिकाउन धेरै प्रयास गरिंदै छ। परिणामस्वरूप त्यस महिना ३,२६६ वटा बाइबल अध्ययन सञ्चालन गरिए।