क्षेत्र सेवाका उल्लेखनीय पक्षहरू
जनवरी महिनामा चार नयाँ शिखर सङ्ख्याहरू रिपोर्ट गर्न पाएकोमा हामी खुसी छौं। नयाँ शिखर सङ्ख्या यस प्रकार छन्: प्रकाशक १,८१७, पुस्तिका ४,६२८, पत्रिका २०,२५१ र अध्ययन ३,८७६। यहोवाका जनहरू साँचो उपासनामा “कडा परिश्रम अनि सङ्घर्ष” गर्दैछन् भन्ने कुरामा कुनै शङ्का छैन।—१ तिमो. ४:१०.