ईश्वरतान्त्रिक सेवा स्कूलको पुनरावृत्ति
निम्न प्रश्नहरू अगस्त २५, २०१४ मा सुरु हुने हप्ताको ईश्वरतान्त्रिक सेवा स्कूलमा छलफल गरिनेछ।
लेवी १८:३ ले हामीलाई सही तथा गलतबारे विकृत धारणा नराख्न कसरी मदत गर्छ? (एफि. ४:१७-१९) [जुलाई ७, w०२ २/१ पृ. २९ अनु. ४]
लेवी १९:२ मा चलाइएको “पवित्र” शब्दले केलाई बुझाउँछ? [जुलाई ७, w९६ ८/१ पृ. १० अनु. २]
प्राचीन समयमा सिलाबाला बटुल्न दिने व्यवस्थाको सिद्धान्तबाट आज हामी कस्तो पाठ सिक्न सक्छौं? (लेवी १९:९, १०) [जुलाई ७, w०६ ७/१ पृ. १५ अनु. १३]
लेवी २४:१०-१६ को विवरणबाट हामी के सिक्न सक्छौं? [जुलाई १४, w०४ ५/१५ पृ. २४ अनु. ७]
कस्तो अवस्थामा इस्राएलीहरूले ऋण दिंदा ब्याज लिनुहुँदैन थियो तर कस्तो अवस्थामा चाहिं ब्याज लिनु उचित थियो? (लेवी २५:३५-३७) [जुलाई २१, w०४ ५/१५ पृ. २४ अनु. ३]
नाजिरीहरू र पूर्ण समय सेवकहरूबीच कस्ता समानता छन्? (गन्ती ६:१-७) [अगस्त ४, w०४ ८/१ पृ. २४ अनु. ७]
लेवीहरूको अनिवार्य सेवासम्बन्धी गन्ती ८:२५, २६ मा दिइएको आज्ञाबाट उमेर ढल्केकाहरूको अवस्थालाई विचार पुऱ्याउनु पर्ने विषयमा कस्तो पाठ सिक्न सक्छौं? [अगस्त ११, w०४ ८/१ पृ. २५ अनु. १]
मिश्रबाट चमत्कारी ढङ्गमा छुटकारा पाएपछि इस्राएलीहरू कसरी गनगन गर्ने मनोभाव विकास गर्न पुगे र यसबाट हामी कस्तो महत्त्वपूर्ण पाठ सिक्न सक्छौं? (गन्ती ११:४-६) [अगस्त १८, w९५ ३/१ पृ. १६ अनु. १०]
एलदाद र मेदादले अगमवाणी गर्न थाल्दा मोशाले देखाएको प्रतिक्रियाबाट हामी के सिक्न सक्छौं? (गन्ती ११:२७-२९) [अगस्त १८, w०४ ८/१ पृ. २६ अनु. ४]
इस्राएलीहरूलाई ‘लुगाको किनारमा झुम्का हाल्न’ दिइएको आज्ञामा कस्तो महत्त्वपूर्ण सिद्धान्त पाउँछौं? (गन्ती १५:३७-३९) [अगस्त २५, w०४ ८/१ पृ. २६ अनु. ७]