क्षेत्र सेवाका उल्लेखनीय पक्षहरू
अप्रिल २०१४ मा निम्न क्षेत्रहरूमा नयाँ शिखर सङ्ख्या कायम भएको छ: नियमित अग्रगामी सेवक ६१६, प्रकाशक २,०५७, पुस्तिका १,७८,३६६, घण्टा ७६,४४८, पत्रिका ३८,७२३ र पुनःभेट २७,६४५। यो साँच्चै उल्लेखनीय रिपोर्ट हो। यो महिना एउटा पृथक समूह स्थापित भयो। अब नेपालमा ३३ वटा मण्डली र नौ वटा पृथक समूह छन्। साथै अप्रिल १४ को स्मरणार्थ उत्सवमा नेपालभरि ६,५९५ जना मानिसहरू उपस्थित भए। गत वर्षभन्दा यो वर्षको उपस्थिति सङ्ख्या १,०३९ ले धेरै हो। यो विशेष महिनामा भाइबहिनीले देखाउनुभएको जोस यी शिखर सङ्ख्यामा झल्किन्छ। भाइबहिनीको यस्तो जोस देख्न पाउनु साँच्चै खुसीको कुरा हो!—भज. ११०:३.