क्षेत्र सेवाका उल्लेखनीय पक्षहरू
अप्रिल महिनामा एउटा मण्डली स्थापना भयो। अहिले नेपालमा ३६ वटा मण्डली र ९ वटा पृथक समूह छन्। साथै अप्रिल ३ मा भएको स्मरणार्थ उत्सवमा ७,२६८ जना उपस्थित भए। यो सङ्ख्या गत वर्षभन्दा ६७३ जनाले धेरै हो अनि मार्च महिनाको प्रकाशक सङ्ख्याभन्दा तीन गुणाले धेरै हो। यो विशेष अवसरमा आएकाहरूलाई पुनःभेट गर्न हामीलाई ख्रीष्टको प्रेमले उत्प्रेरित गरोस्।—२ कोरि. ५:१४.