बाइबलमा पाइने अनमोल धन | प्रकाश १०-१२
“दुई जना साक्षी” मारिन्छन् र फेरि जीवित पारिन्छन्
“दुई जना साक्षी”: सन् १९१४ मा परमेश्वरको राज्य स्थापना हुँदा परमेश्वरका जनहरूको नेतृत्व लइरहेका अभिषिक्त भाइहरूको सानो समूह
मारियो: साढे तीन वर्षसम्म “भाङ्ग्रा ओढेर” भविष्यवाणी गरेपछि तिनीहरूलाई “मारियो” अर्थात् झ्यालखानामा हालियो, जहाँ तिनीहरू निष्क्रिय अवस्थामा रहन बाध्य भए
फेरि जीवित पारियो: प्रतिकात्मक साढे तीन दिनको अन्तमा तिनीहरूलाई फेरि जीवित पारियो अर्थात् झ्यालखानाबाट मुक्त गरियो र तिनीहरूले फेरि पहिलेजस्तै प्रचारकार्यमा नेतृत्व लिए