ख्रिष्टियन जीवन
नम्र हुनुहोस्—आफैले आफ्नो प्रशंसा नगर्नुहोस्
आफ्नो प्रशंसा गर्दा र धाक लगाउँदा घमन्डी भएको छनक दिइरहेका हुन्छौँ र यसले तपाईँको कुरा सुनिरहेका मानिसहरूको उत्थान गर्दैन। त्यसैले बाइबल भन्छ: “अरूले तिम्रो प्रशंसा गरून्, तिम्रो आफ्नै मुखले होइन।”—हित २७:२
यहोवाको साथी बनौँ—नम्र होऊ भिडियो हेर्नुहोस् अनि निम्न प्रश्नहरूको जवाफ दिनुहोस्:
साधारणतया मानिसहरूले धाक लगाउने कुराहरू के-के हुन्?
मनिषले साथीहरूलाई केको धाक लगाउँदै थियो?
बुबाले मनिषलाई कस्तो तर्क गरेर सम्झाए?
पहिलो पत्रुस ५:५ ले नम्र हुनेबारे के सिकाउँछ?