प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • mwb21 जनवरी p. ५
  • आफ्नो वैवाहिक बन्धन जोगाउनुहोस्‌

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • आफ्नो वैवाहिक बन्धन जोगाउनुहोस्‌
  • हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२१
  • मिल्दोजुल्दो सामग्री
  • सफल वैवाहिक जीवनको रहस्य
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१६
  • विवाह टुट्‌नै लागेको छ भने
    पारिवारिक आनन्दको रहस्य
  • ११. सफल वैवाहिक जीवन
    परमेश्‍वरको प्रेम पाउन लायक भइरहनुहोस्‌
  • आफ्नो वैवाहिक जीवनलाई सुखमयी बनाउनुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००८
थप हेर्नुहोस्
हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२१
mwb21 जनवरी p. ५
एक पति आफ्नी पत्नीसित मिलेर खुसीसाथ लुगा धुँदै छन्‌।

ख्रिष्टियन जीवन

आफ्नो वैवाहिक बन्धन जोगाउनुहोस्‌

यहोवा विवाह वाचालाई गम्भीर ठान्‍नुहुन्छ। उहाँले पतिपत्नी सँगै मिलेर बस्नुपर्छ भनेर बताउनुभएको छ। (मत्ति १९:५, ६) यहोवाका सेवकहरूमाझ सफल वैवाहिक जीवन बिताएका थुप्रै उदाहरण पाइन्छन्‌। तर कुनै पनि विवाह समस्यारहित हुँदैन; समस्याहरू आइरहन्छन्‌। धेरैजसो मानिसहरू वैवाहिक जीवनमा समस्या आउँदा छुट्टिएर बस्नु वा सम्बन्धबिच्छेद गर्नु नै समस्याको समाधान हो भन्ठान्छन्‌ तर हामीले भने त्यस्तो सोचाइ राख्नु हुँदैन। विवाहित ख्रिष्टियनहरूले आफ्नो वैवाहिक बन्धन कसरी जोगाउन सक्छन्‌?

पाँच वटा महत्त्वपूर्ण कदम विचार गर्नुहोस्‌।

  1. १. बेमतलबले जिस्किने वा अनैतिक मनोरञ्जन गर्नेजस्ता वैवाहिक बन्धनलाई कमजोर बनाउने कुराहरूलाई तिरस्कार गरेर आफ्नो हृदय सुरक्षित राख्नुहोस्‌।—मत्ति ५:२८; २प २:१४.

  2. २. परमेश्‍वरसितको मित्रतालाई अझै बलियो बनाउनुहोस्‌ र आफ्नो वैवाहिक जीवनमार्फत उहाँलाई खुसी तुल्याउन मेहनत गर्नुहोस्‌।—भज ९७:१०.

  3. ३. नयाँ व्यक्‍तित्व धारण गर्न प्रयास गरिरहनुहोस्‌ अनि आफ्नो जीवनसाथीलाई सजिलो होस्‌ भनेर सानातिना कामहरूमा सघाउनुहोस्‌।—कल ३:८-१०, १२-१४.

  4. ४. एकअर्कालाई आदर देखाउँदै अर्थपूर्ण कुराकानी गर्नुहोस्‌।—कल ४:६.

  5. ५. माया र स्नेहका साथ एकअर्कालाई दिनुपर्ने हक दिनुहोस्‌।—१को ७:३, ४; १०:२४.

ख्रिष्टियनहरूले वैवाहिक प्रबन्धको आदर गर्दा विवाहको सुरुवातकर्ता यहोवाको आदर गरिरहेका हुन्छन्‌।

“धैर्य गरेर दौडौँ”—प्रतियोगिताको नियम पालन गर्नुहोस्‌ भिडियो हेर्नुहोस्‌ अनि निम्न प्रश्‍नहरूको जवाफ दिनुहोस्‌:

  • “धैर्य गरेर दौडौँ’—प्रतियोगिताको नियम पालन गर्नुहोस्‌’ भिडियोको एक दृश्‍य। सभाभवनमा आफ्नो विवाह भाषण सुनेपछि भाइ अनि बहिनी कलौ मुस्कुराउँदै छन्‌।

    वैवाहिक जीवनको सुरुमा सबै कुरा ठीक भए पनि कस्ता चुनौतीहरू आइपर्न सक्छन्‌?

  • “धैर्य गरेर दौडौँ’—प्रतियोगिताको नियम पालन गर्नुहोस्‌’ भिडियोको एक दृश्‍य। भाइ अनि बहिनी कलौ आफ्ना समस्याहरूबारे शान्त भई कुरा गर्दै छन्‌। टेबुलमा बाइबल छ।

    आफ्नो वैवाहिक जीवनमा प्रेम सेलाएको जस्तो लागेकाहरूलाई बाइबल सिद्धान्तहरूले कसरी मदत गर्न सक्छ?

  • “धैर्य गरेर दौडौँ’—प्रतियोगिताको नियम पालन गर्नुहोस्‌’ भिडियोको एक दृश्‍य। भाइ कलौ आफ्नी पत्नी र दुई छोरीलाई ‘बाइबलका कथाहरू भएको मेरो पुस्तक’-बाट पढेर सुनाउँदै छन्‌।

    वैवाहिक जीवन सुखी बनाउन बाइबल सिद्धान्तहरू लागू गर्नुहोस्‌

    यहोवाले वैवाहिक जीवनको लागि कस्ता नियमहरू तोकिदिनुभएको छ?

  • वैवाहिक जीवन सफल बनाउन पतिपत्नी दुवैले के गर्नुपर्छ?

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने