प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • mwb24 सेप्टेम्बर पृ. २-३
  • सेप्टेम्बर २-८

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • सेप्टेम्बर २-८
  • हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२४
हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२४
mwb24 सेप्टेम्बर पृ. २-३

सेप्टेम्बर २-८

भजन ७९-८१

गीत २९ र प्रार्थना | परिचय (१ मि.)

बाइबलमा पाइने अनमोल धन

१. यहोवाको महिमित नामलाई प्रेम गरेको देखाउनुहोस्‌

(१० मि.)

यहोवाको अनादर हुने आचरणहरू त्याग्नुहोस्‌ (भज ७९:९; w१७.०२ पृ. ९ अनु. ५)

यहोवाको नाम पुकार्नुहोस्‌ (भज ८०:१८; ijwbv लेख ३ अनु. ४-५)

यहोवा उहाँप्रति आज्ञाकारी हुने र उहाँको नामलाई प्रेम गर्नेहरूलाई प्रशस्तै आशिष्‌ दिनुहुन्छ (भज ८१:१३, १६)

एक भाइ खाजा खाने समयमा आफ्नो सहकर्मीलाई jw.org कार्ड दिँदै छन्‌।

हामी आफ्नो आचरणद्वारा यहोवाको नाम पवित्र पार्न चाहन्छौँ भने आफूलाई उहाँको साक्षीको रूपमा चिनाउनुपर्छ

२. बहुमूल्य रत्न

(१० मि.)

  • भज ८०:१—कहिलेकाहीँ युसुफको नाम किन इस्राएलका सम्पूर्ण कुललाई जनाउन प्रयोग गरिन्थ्यो? (it-2-E पृ. १११)

  • यस हप्ताको बाइबल पढाइबाट तपाईँले कस्ता बहुमूल्य रत्न भेट्टाउनुभयो?

३. बाइबल पढाइ

(४ मि.) भज ७९:१–८०:७ (th बुँदा १०)

कुराकानी गर्ने सीप तिखारौँ

४. कुराकानी थाल्नुहोस्‌

(१ मि.) घरघरको साक्षीकार्य। बाइबल अध्ययनको प्रस्ताव राख्नुहोस्‌। (lmd पाठ ४ बुँदा ४)

५. कुराकानी थाल्नुहोस्‌

(३ मि.) अनौपचारिक साक्षीकार्य। बाइबल अध्ययनको प्रस्ताव राख्नुहोस्‌। (lmd पाठ ४ बुँदा ३)

६. कुराकानी थाल्नुहोस्‌

(२ मि.) सार्वजनिक साक्षीकार्य। बाइबल अध्ययनको प्रस्ताव राख्नुहोस्‌। (lmd पाठ ३ बुँदा ३)

७. फेरि भेट्‌नुहोस्‌

(५ मि.) घरघरको साक्षीकार्य। चासो देखाएका तर पहिला बाइबल अध्ययनको प्रस्ताव अस्वीकार गरेका व्यक्‍तिलाई अध्ययनको प्रस्ताव राख्नुहोस्‌। (lmd पाठ ८ बुँदा ३)

ख्रिष्टियन जीवन

गीत १०

८. “तिनीहरू सबैले मेरो नामको सम्मान गर्नेछन्‌”

(१५ मि.) छलफल।

सैतानले अदनको बगैँचामा यहोवाको निन्दा गरेर उहाँको नाममा कलङ्‌क लगायो। त्यसदेखि यता सम्पूर्ण मानिस र स्वर्गदूतले सबैभन्दा महत्त्वपूर्ण निर्णय गर्नुपरेको छ। त्यो हो, यहोवाको नाम उच्च पार्ने कि नपार्ने।

सैतानले यहोवाबारे फैलाएको केही झूटबारे विचार गरौँ। त्यसले परमेश्‍वर क्रूर र दयामाया नभएको शासक हुनुहुन्छ भनेर आरोप लगाएको छ। (उत्प ३:१-६; अयु ४:१८, १९) साथै त्यसले परमेश्‍वरका उपासकहरू उहाँलाई मनैदेखि माया गर्दैनन्‌ भनेर दाबी गरेको छ। (अयु २:४, ५) त्यसले लाखौँ मानिसलाई यहोवा यस सुन्दर पृथ्वी र यसमा भएका सबै कुराको सृष्टिकर्ता हुनुहुन्‍न भनेर पनि बहकाएको छ।—रोमी १:२०, २१.

यस्ता झूटहरू सुन्दा तपाईँलाई कस्तो लाग्छ? तपाईँलाई पक्कै पनि यहोवाको पक्षमा खडा हुनुपर्छ जस्तो लाग्छ होला। उहाँलाई आफ्ना उपासकहरूले उहाँको नाम पवित्र पार्ने काममा साथ दिनेछन्‌ भनेर थाह थियो। (यसैया २९:२३ तुलना गर्नुहोस्‌।) तपाईँ कसरी उहाँलाई साथ दिन सक्नुहुन्छ?

  • यहोवालाई चिन्‍न र उहाँलाई प्रेम गर्न अरूलाई मदत गर्नुहोस्‌। (युह १७:२५, २६) मानिसहरूलाई यहोवा अस्तित्वमा हुनुहुन्छ भन्‍ने कुराको प्रमाण दिन र उहाँका मनमोहक गुणहरूबारे सिकाउन सधैँ तयार रहनुहोस्‌।—यसै ६३:७

  • यहोवालाई आफ्नो सारा हृदयले प्रेम गर्नुहोस्‌। (मत्ति २२:३७, ३८) हामीलाई फाइदा पुग्ने भएकोले मात्र नभई यहोवालाई खुसी बनाउन चाहेकोले पनि हामी उहाँको आज्ञा पालन गर्छौँ।—हित २७:११

चित्रहरूको सँगालो: “प्रेम कहिल्यै अन्त नहोस्‌​—स्कुलको खराब वातावरणमा” भन्‍ने भिडियोका दृश्‍यहरू। १. एरियल आफ्नो सिटमा बसिरहेकी छिन्‌ र तिनको कक्षाको एक जना केटाले तिनी किन झन्डा सलामी गर्दिनन्‌ भनी सोध्दै छन्‌। २. तिनी बाइबल र “बाइबलबाट तिमीले सिक्न सक्ने पाठहरू” किताबको पाठ ६१ बाट व्यक्‍तिगत अध्ययन गर्दै छिन्‌। ३. तिनी कक्षामा सबैसामु उभिएर साक्षी दिँदै छिन्‌। ४. डिएगोलाई तिनको कक्षाको एक साथीले इलेक्ट्रोनिक चुरोट दिँदै छन्‌। ५. तिनी ट्याबलेटमा अनुसन्धान गर्दै छन्‌। ६. तिनी मुस्कुराउँदै निर्धक्क भई स्कुल बाहिर निस्कन्छन्‌।

प्रेम कहिल्यै अन्त नहोस्‌—स्कुलको खराब वातावरणमा भन्‍ने भिडियो देखाउनुहोस्‌। त्यसपछि श्रोतालाई निम्न प्रश्‍नहरू सोध्नुहोस्‌:

  • एरियल र डिएगोले यहोवाको पक्षमा उभिएको कसरी देखाए?

  • तिनीहरूलाई यहोवाको पक्षमा उभिन केले जुरमुऱ्‍यायो?

  • तपाईँ कसरी तिनीहरूको अनुकरण गर्न सक्नुहुन्छ?

९. मण्डली बाइबल अध्ययन

(३० मि.) bt अध्या. १५ अनु. १-७ र भाग ६ को परिचय

समापन टिप्पणी (३ मि.) | गीत ९० र प्रार्थना

    नेपाली प्रकाशनहरू (१९८०-२०२६)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • गोपनियता सेटिङ
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने