प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • mwb25 मार्च पृ. ४-५
  • मार्च १७-२३

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • मार्च १७-२३
  • हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२५
हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२५
mwb25 मार्च पृ. ४-५

मार्च १७-२३

हितोपदेश ५

गीत १२२ र प्रार्थना | परिचय (१ मि.)

बाइबलमा पाइने अनमोल धन

१. अवैध यौनसम्बन्धबाट टाढा रहनुहोस्‌

(१० मि.)

अवैध यौनसम्बन्ध लोभलाग्दो हुन सक्छ (हित ५:३; w०० ७/१५ पृ. २९ अनु. १)

अवैध यौनसम्बन्धले तीतो परिणाम निम्त्याउँछ (हित ५:४, ५; w०० ७/१५ पृ. २९ अनु. २)

अवैध यौनसम्बन्धबाट टाढा रहनुहोस्‌ (हित ५:८; w०० ७/१५ पृ. २९ अनु. ५)

एक ख्रिष्टियन बहिनी एक जना केटोलाई आफ्नो फोन नम्बर दिन इन्कार गर्छिन्‌

२. बहुमूल्य रत्न

(१० मि.)

  • हित ५:९—अवैध यौनसम्बन्धले कसरी ‘अरूको नजरमा गिर्ने’ हदसम्म पुऱ्‍याउन सक्छ? (w०० ७/१५ पृ. २९ अनु. ७)

  • यस हप्ताको बाइबल पढाइबाट तपाईँले कस्ता बहुमूल्य रत्न भेट्टाउनुभयो?

३. बाइबल पढाइ

(४ मि.) हित ५:१-२३ (th बुँदा ५)

कुराकानी गर्ने सीप तिखारौँ

४. कुराकानी थाल्नुहोस्‌

(३ मि.) सार्वजनिक साक्षीकार्य। बेग्लै धर्म मान्‍ने व्यक्‍तिलाई स्मरणार्थको निम्तो दिनुहोस्‌ अनि तिनको नजिकै स्मरणार्थ हुने ठाउँ पत्ता लगाउन jw.org प्रयोग गर्नुहोस्‌। (lmd पाठ ६ बुँदा ४)

५. फेरि भेट्‌नुहोस्‌

(४ मि.) घरघरको साक्षीकार्य। अघिल्लो भेटमा तिनले स्मरणार्थको निम्तो स्विकारेर चासो देखाएका थिए। (lmd पाठ ९ बुँदा ५)

६. चेला बनाउनुहोस्‌

(५ मि.) lff पाठ १६ “सारांश”, “तपाईँले के सिक्नुभयो” र “लक्ष्य”। येसुले विवाह गर्नुभएको थियो कि थिएन भनेर विद्यार्थीले सोधेमा, त्यसबारे कसरी अनुसन्धान गर्न सकिन्छ भनेर देखाउनुहोस्‌। (lmd पाठ ११ बुँदा ४)

ख्रिष्टियन जीवन

गीत १२१

७. डेटिङ गर्दा नैतिक रूपमा स्वच्छ रहिरहन तपाईँ के गर्न सक्नुहुन्छ?

(१५ मि.) छलफल।

डेटिङ भनेको “केटा र केटीले एकअर्कालाई चिन्‍न सँगै समय बिताउनु र एकआपसमा रोमान्टिक चासो भएको कुरा व्यक्‍त गर्नु हो।” यस्तो भेटघाट विभिन्‍न तरिकामा गर्न सकिन्छ। जस्तै: समूहमा वा व्यक्‍तिगत रूपमा, अरूलाई बताएर वा गोप्य तरिकामा अनि भेटेरै वा फोन, मेसेजमार्फत। हामी डेटिङलाई मनोरञ्जनको रूपमा होइन बरु विवाहसम्म पुग्न मदत गर्ने गम्भीर कदमको रूपमा हेर्छौँ। चाहे जवान होऊन्‌ वा वृद्ध, डेटिङ गर्दा अवैध यौनसम्बन्धमा नफस्न हामीलाई केले मदत गर्छ?—हित २२:३.

डेटिङ गरिरहेको पाको उमेरका एक जोडी रेस्टुरेन्टमा खाना खाँदै रमाइलो कुराकानी गरिरहेका छन्‌।

विवाहको लागि तयारी गर्ने—भाग १: के म डेटिङ गर्न तयार छु?—सानो अंश भिडियो देखाउनुहोस्‌। त्यसपछि श्रोतालाई सोध्नुहोस्‌:

  • कुनै व्यक्‍ति विवाह गर्न तयार छैनन्‌ भने तिनले किन डेटिङ गर्नुहुँदैन? (हित १३:१२; लुका १४:२८-३०)

  • आमाबुबाले छोरीलाई मदत गर्न चालेको कुनचाहिँ कदम तपाईँलाई मन पऱ्‍यो?

हितोपदेश २८:२६ पढ्‌नुहोस्‌। त्यसपछि श्रोतालाई सोध्नुहोस्‌:

  • डेटिङ गरिरहेकाहरूले अवैध यौनसम्बन्धसम्म पुऱ्‍याउने परिस्थितिहरूबाट जोगिन के गर्न सक्छन्‌?

  • डेटिङ गरिरहेकाहरूले माया देखाउने तरिकाहरू जस्तै: हात समाउने र चुम्बन गर्नेबारे पहिल्यै सीमा तोक्नु किन बुद्धिमानी हो?

एफिसी ५:३, ४ पढ्‌नुहोस्‌। त्यसपछि श्रोतालाई सोध्नुहोस्‌:

  • डेटिङ गरिरहेकाहरूले फोन वा अनलाइनमा कुरा गर्दा कस्तो कुरा मनमा राख्नुपर्छ?

८. मण्डली बाइबल अध्ययन

(३० मि.) bt अध्या. २४ अनु. १-६

समापन टिप्पणी (३ मि.) | गीत ३ र प्रार्थना

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने