प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • wp23 सङ्‌ख्या १ पृ. ५
  • ईश्‍वर तपाईँलाई माया गर्नुहुन्छ

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • ईश्‍वर तपाईँलाई माया गर्नुहुन्छ
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (जन संस्करण)—२०२३
  • मिल्दोजुल्दो सामग्री
  • म मर्न चाहन्छु—आत्महत्या गर्ने सोचाइ आउँदा के बाइबलले मलाई मदत गर्न सक्छ?
    बाइबल प्रश्‍नहरूको जवाफ
  • मानसिक सुस्वास्थ्यबारे ईश्‍वरको प्रतिज्ञा
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (जन संस्करण)—२०२३
  • मानसिक स्वास्थ्य समस्या—विश्‍वव्यापी समस्या
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (जन संस्करण)—२०२३
  • २ | “धर्मशास्त्रबाट पाइने सान्त्वना”
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (जन संस्करण)—२०२३
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (जन संस्करण)—२०२३
wp23 सङ्‌ख्या १ पृ. ५
एक युवक ओछ्यानछेउमा बसेर बाइबल पढ्‌दै छन्‌।

ईश्‍वर तपाईँलाई माया गर्नुहुन्छ

बाइबलमा हाम्रो लागि निकै उपयोगी सल्लाह-सुझाव पाइन्छ किनभने यो ईश्‍वरबाट आएको हो। यो स्वास्थ्य विज्ञानसम्बन्धी किताब होइन। तर यसमा पाइने सल्लाह-सुझावले हामीलाई तनावपूर्ण परिस्थितिको सामना गर्न, आफ्नो सोचाइलाई काबूमा राख्न, भावनात्मक पीडा सहन अनि शारीरिक र मानसिक स्वास्थ्य समस्यासित जुझ्न मदत गर्छ।

सबैभन्दा महत्त्वपूर्ण कुरा, हाम्रो सृष्टिकर्ता यहोवालेa हाम्रो सोचाइ र भावना कुनै पनि मानिसले भन्दा राम्ररी बुझ्नुहुन्छ। उहाँ हामीलाई जस्तोसुकै परिस्थितिसित जुझ्न मदत दिन चाहनुहुन्छ। बाइबलका यी दुई वटा हरफले हामीलाई सान्त्वना दिन्छ:

“यहोवा टुटेका हृदय भएकाहरूको नजिक हुनुहुन्छ र निराश भएकाहरूलाई उहाँले बचाउनुहुन्छ।” —भजन ३४:१८.

“म यहोवा तिम्रा परमेश्‍वरले तिम्रो दाहिने हात समातेको छु। म तिमीलाई भन्छु, ‘नडराऊ, म तिमीलाई मदत गर्नेछु।’”—यसैया ४१:१३.

तर यहोवा हामीलाई मानसिक स्वास्थ्य समस्यासित जुझ्न कसरी मदत गर्नुहुन्छ? उहाँले हामीलाई धेरै माया गर्नुहुने भएकोले थुप्रै व्यावहारिक सुझाव दिनुभएको छ। ती सुझावहरूबारे यसपछिका लेखहरूमा छलफल गर्नेछौँ।

a यहोवा साँचो ईश्‍वरको नाम हो।—भजन ८३:१८.

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने