प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w25 जुलाई पृ. ३२
  • अरूलाई बताउने उद्देश्‍यसहित अध्ययन गर्नुहोस्‌

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • अरूलाई बताउने उद्देश्‍यसहित अध्ययन गर्नुहोस्‌
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२५
  • मिल्दोजुल्दो सामग्री
  • आफूले लागू गर्न सक्ने बहुमूल्य रत्न खोज्नुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२४
  • आध्यात्मिक कुराहरूमा स्फूर्ति पाउनुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१०
  • अध्ययनका लागि सुझाव
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२३
  • तपाईँ अरूलाई कसरी सुसमाचार सुनाउन सक्नुहुन्छ?
    सधैँभरि जीवनको आनन्द उठाउनुहोस्‌!—बाइबल अध्ययन सामग्री
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२५
w25 जुलाई पृ. ३२

अध्ययनका लागि सुझाव

अरूलाई बताउने उद्देश्‍यसहित अध्ययन गर्नुहोस्‌

अध्ययन गर्दा आफूले सिकेको कुरा अरूलाई पनि बताउने लक्ष्य राख्नुहोस्‌। अध्ययन गर्नु स्फूर्तिदायी हुन्छ तर सिकेको कुरा अरूलाई बतायौँ भने अझ स्फूर्ति पाउन सक्छौँ। हितोपदेश ११:२५ ले यस्तो प्रोत्साहन दिन्छ: “जसले अरूलाई स्फूर्ति दिन्छ, ऊ आफैले पनि स्फूर्ति पाउँछ।”

सिकेको कुरा अरूलाई बताउँदा हामी आफैले पनि ती कुराहरू सम्झिरहन सक्नेछौँ। त्यसरी बताउँदा अर्को व्यक्‍तिबाट त्यो विषयबारे थप जानकारी पनि पाउन सक्छौँ। हामीले बताएको कुराले अरूलाई फाइदा पुग्छ र यो कुरा सोच्दा हामी आफै पनि आनन्दित हुन्छौँ।—प्रेषि. २०:३५.

यसो गरे कसो होला? आफूले अध्ययन गर्दा सिकेको कुरा कसैलाई बताउन आउँदो हप्ता मौका खोज्नुहोस्‌। तपाईँ आफ्नो परिवारको सदस्यलाई, मण्डलीका भाइबहिनीलाई, सहकर्मीलाई, स्कुलको साथीलाई, छिमेकीलाई वा प्रचारमा भेटेको कसैलाई बताउन सक्नुहुन्छ। सिकेको कुरा आफ्नै शब्दमा अनि सरल र स्पष्ट तरिकामा बताउने कोसिस गर्नुहोस्‌।

यो कुरा मनमा राख्नुहोस्‌: सिकेको कुरा अरूलाई बताउनुको उद्देश्‍य प्रोत्साहन दिनको लागि हुनुपर्छ, आफूसित कति ज्ञान छ भनेर देखाउन त होइन।—१ कोरि. ८:१.

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने