प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • ijwex लेख १७
  • बाढीले सुसमाचार फैलायो

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • बाढीले सुसमाचार फैलायो
  • यहोवाका साक्षीहरूको अनुभव
  • मिल्दोजुल्दो सामग्री
  • टापुमा जहाज दुर्घटना
    बाइबलका कथाहरू भएको मेरो पुस्तक
  • मोजाम्बिकको बाढी—मसीहीहरूले कसरी पीडितहरूलाई राहत दिए
    ब्यूँझनुहोस्‌!—२००१
  • ज्यानमारा आँधीबेहरीबाट उद्धार!
    ब्यूँझनुहोस्‌!—१९९९
यहोवाका साक्षीहरूको अनुभव
ijwex लेख १७
एक जना साक्षी बाढी प्रभावित गाउँका एक जना मानिसलाई ‘विपत्ति आइपर्दा—जोगिन चाल्नै पर्ने कदमहरू’ शीर्षकको ‘ब्यूँझनुहोस्‌!’ पत्रिका दिँदै छन्‌।

बाढीले सुसमाचार फैलायो

सन्‌ २०१७ मा १२ जना यहोवाको साक्षी निकारागुआको तटीय क्षेत्र मिस्किटोबाट डुङ्‌गा चढेर यात्रा सुरु गरे। त्यो डुङ्‌गाको नाम स्टुरी याम्नी थियो। यात्रामा सहभागीमध्ये एक जना स्टेफन यसो भन्छन्‌: “दुर्गम इलाकामा बस्ने यहोवाका साक्षीहरूको सानो समूहलाई प्रोत्साहन दिनु र त्यो विशाल इलाकामा सुसमाचार सुनाउन तिनीहरूलाई मदत गर्नु नै हाम्रो यात्राको उद्देश्‍य थियो।”

ती १२ जना साक्षी पर्ल लगुनबाट रियो ग्रान्डे डे माटागाल्पासम्मको २०० किलोमिटर लामो यात्रामा निस्के। मिस्किटो भाषामा तिनीहरू चढेको जहाजको नामको अर्थ “सुसमाचार” हो। यसले नदीको छेउछाउमा बस्ने मानिसहरूमा अमेट छाप पार्नेछ भन्‍ने कुरा तिनीहरूलाई थाहै थिएन। राती आराम गरेको समयबाहेक १२ घण्टाको यात्रापछि ती साक्षीहरू आफ्नो गन्तव्य ला क्रुज डे रियो ग्रान्डेमा पुगे। त्यहाँका छ जना स्थानीय साक्षीहरूले आफ्ना आध्यात्मिक भाइबहिनीलाई न्यानो स्वागत गरे।

त्यही साँझ एउटा शक्‍तिशाली आँधी आयो, जसले गर्दा रियो ग्रान्डे डे माटागाल्पाका मुहानहरूमा बाढी आयो। केही घण्टाभित्रै नदीमा पानीको बहाब बढ्‌न थाल्यो र दुई दिनसम्म त्यो झन्‌झन्‌ बढ्‌दै गयो। ला क्रुजमा सभाभवन र धेरै घरहरू डुबानमा परे। ती भाइहरूले स्थानीय मानिसहरूलाई तिनीहरूको घरबाट निस्कन मदत गरे। त्यसपछिको दुई रात धेरै जना मानिस एक जना साक्षीको दुईतले घरमा बास बसे।

ला क्रुजमा भएको सभाभवन। सभाभवनको आधा भागसम्म बाढी पसेर छेकबारलाई नै ढाक्न लागेको छ।

ला क्रुजमा बाढी पसेपछिको सभाभवन।

तेस्रो रात ला क्रुजका मेयर ती साक्षीहरूसँग भेट्‌न आए। बाढी आइरहेको नदीमा चलाउन सकिने बलियो डुङ्‌गा स्टुरी याम्नी मात्र थियो। त्यसैले बाढी प्रभावित इलाकाका मानिसहरूलाई मदत गर्न उद्धारकर्मीहरूलाई त्यहाँसम्म पुऱ्‍याइदिन तिनले साक्षीहरूलाई अनुरोध गरे। तिनीहरूले खुसीसाथ त्यो अनुरोध स्विकारे।

भोलिपल्ट बिहान तीन जना साक्षी उद्धारकर्मीहरूको टोलीसँगै गए। स्टेफन भन्छन्‌: “जरैसमेत उखेलिएका बडेमाका रूखहरू नदीले बगाउँदै थियो, ठूलठूला भुमरीहरू बनेका थिए र नदी प्रति घण्टा १८ किलोमिटरभन्दा तेज रफ्तारमा बगिरहेको थियो।” त्यस्तो गाह्रो परिस्थिति भए पनि तिनीहरू त्यो डुङ्‌गा चढेर तीन वटा गाउँमा पुग्न सफल भए।

ती तीन जना साक्षीले मौकाको सदुपयोग गर्दै गाउँलेहरूलाई आवश्‍यक सान्त्वना दिए। तिनीहरूले २०१७ को “विपत्ति आइपर्दा—जोगिन चाल्नै पर्ने कदमहरू” शीर्षकको ब्यूँझनुहोस्‌! पत्रिकाका थुप्रै प्रति पनि बाँडे।

नदीको छेउछाउमा बस्ने मानिसहरूले साक्षीहरूको व्यावहारिक र आध्यात्मिक मदतको लागि हृदयदेखि कृतज्ञता व्यक्‍त गरे। केही गाउँलेहरूले यसो भने: “कठिन समयमा पनि तिनीहरू मदत गर्न इच्छुक छन्‌।” अरूले यसो पनि भने: “तिनीहरू छिमेकीहरूलाई साँच्चै माया गर्दा रहेछन्‌।” सङ्‌गी भाइबहिनीहरू र अरूलाई मदत गर्न तिनीहरूले गरेको प्रयास देखेर थुप्रै गाउँलेहरू बाइबलको सान्त्वनादायी सन्देश सुन्‍न इच्छुक भएका छन्‌।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • गोपनियता सेटिङ
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने