प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • g94 १०/८ pp. ७-११
  • शिष्टाचार “नयाँ नैतिकताद्वारा” तिरष्कृत?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • शिष्टाचार “नयाँ नैतिकताद्वारा” तिरष्कृत?
  • ब्यूँझनुहोस्‌!—१९९४
  • मिल्दोजुल्दो सामग्री
  • शिष्टाचार—ईश्‍वरभक्‍त मानिसहरूको गुण
    हाम्रो राज्य सेवकाई—२००१
  • परमेश्‍वरका सेवकहरूले असल बेहोरा देखाउनुपर्छ
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००९
  • शिष्टाचारमा ह्रास
    ब्यूँझनुहोस्‌!—१९९४
  • एक्कासी नैतिक पतन हुँदा
    ब्यूँझनुहोस्‌!—२००७
थप हेर्नुहोस्
ब्यूँझनुहोस्‌!—१९९४
g94 १०/८ pp. ७-११

शिष्टाचार “नयाँ नैतिकताद्वारा” तिरष्कृत?

‘धिक्कार तिनीहरूलाई, जसले खराबलाई असल र उज्यालोलाई अध्याँरो, तीतोलाई मिठोको निम्ति लिन्छन्‌।’—यशैया ५:२०.

बीसौं शताब्दीले शिष्टता र नैतिकतामा ठूला परिवर्तनहरू देख्यो। दुई विश्‍वा–युद्धपश्‍चात्‌, नैतिक मूल्यको पुरानो परिपाटी क्रमशः अस्वीकार्य हुँदै गयो। मानव आचरण र विज्ञानका क्षेत्रहरूमा आएका परिवर्तित स्थिति तथा नयाँ सिद्धान्तहरूले गर्दा मूल्य र मान्यताको पुरानो परिपाटी अब काम लाग्दैन भनी धेरै मानिसहरू विश्‍वास्त भए। कुनै समय उच्च मानिएका शिष्टाचारलाई नचाहिंदो बोझ सम्झी लत्याइयो। कुनै समय सम्मानको दृष्टिले हेरिने बाइबलका निर्देशन पुराना भए। बीसौं शताब्दीका अत्याधुनिक व्यक्‍तिविशेषको अनियन्त्रित, स्वतन्त्र समाजका लागि त्यो ज्यादै कडा भयो।

मानव इतिहासमा आएको यस्तो परिवर्तन देख्ने वर्ष, १९१४ थियो। त्यस वर्ष र पहिलो विश्‍वा–युद्धबारे इतिहासकारहरूले लेखेका लेखहरू त्यस्ता अवलोकनहरूले भरिपूर्ण छन्‌ जसले सन्‌ १९१४ सारगर्भित परिवर्तन र मानव इतिहासलाई अर्को नयाँ युगमा विभाजन गर्ने वर्ष थियो भनी बताउँछ। तुरुन्त युद्धपश्‍चात्‌ १९२० को आमोद-प्रामोदले भरिपूर्ण दशक सुरु भयो। मानिसहरू युद्धकालीन समयमा आफूले गुमाएका आनन्दको क्षतिपूर्ति गर्नतर्फ लागे। मोजमस्तीमा चुर्लुम्म डुब्न मानिसहरूले पुराना मूल्य र मान्यता तथा असुविधाजनक नैतिक प्रातिबन्धहरूलाई एकातर्फ सारे। नयाँ नैतिकता, शारीरिक लालसाहरू पूरा गर्ने परिपाटी अर्थात्‌ जे गरे पनि हुन्छ भन्‍नो मनोवृत्ति अनौपचारिक रूपमा स्थापित भयो। यस्तो नयाँ नैतिक सिद्धान्तले शिष्टाचारमा अवश्‍यम्भावी परिवर्तन ल्यायो।

यस सम्बन्धमा इतिहासकार फ्रेडरिक लुइस एलेन यस्तो टिप्पणी गर्छन्‌: “क्रान्तिको अर्को नतिजा, शिष्टाचारमा आएको परिवर्तन थियो, जो केवल परिवर्तन मात्र थिएन, केही वर्षसम्म शिष्टाचार नै अशिष्ट भयो। . . . यस दशकको दौडान परिचारिकाहरूले आफ्ना पाहुनाहरूले आउँदा वा जाँदा आफूसँग कुरा गर्न प्रायत्न नै नगरेको भेट्टाए; ‘अनुमति वा टिकटबिना’ नाच समारोहमा सरिक हुनु स्वीकार्य चलन भयो, ‘भोजनका लागि आमन्त्रित गर्दा समयमा नपुग्नु’ मानिसहरूको निम्ति फेसन भयो, चुरोटको ठूटो ननिभाइ फ्याँक्न र जथाभावी चुरोटको खरानी खसाल्न थाले। मानिसहरूले आफ्नो गल्तीको माफी माग्न छाडे। पुराना प्रातिबन्धहरू तोडिए तर नयाँ बनाइएनन्‌। सुङ्‌गुर जस्ता अभद्र मानिसहरूले मनपरी गर्ने छुट पाए। शायद कुनै दिन, युद्धपश्‍चात्‌का दश वर्षहरूलाई अशिष्टताको दशक भन्‍नो सुहाउँदो नाउँ दिइएला। . . . त्यो दशक अशिष्ट त थियो नै तर त्यो दुःखदायी पनि थियो। पुरानो रीतिरिवाज सँगसँगै भरपूर र अर्थपूर्ण जीवन बनाउने नैतिक मूल्य पनि हराए तर त्यसको ठाउँमा वैकल्पिक मूल्य र मान्यताहरू सजिलै भेट्टाइएनन्‌।”

जीवनलाई भरपूर र अर्थपूर्ण बनाउने अन्य वैकल्पिक मूल्य र मान्यताहरू कहिल्यै भेट्टाइएनन्‌। त्यसको कुनै खोजीनिती गरिएन। सन्‌ १९२० को आमोद-प्रामोदले भरिएको दशकको रोमाञ्चकारी, मनमौजी जीवनशैलीले मानिसहरूलाई नैतिक प्रातिबन्धदेखि मुक्‍त गऱ्‍यो र वास्तवमा तिनीहरूलाई चाहिएको स्वतन्त्रता पनि त्यस्तै थियो। तर वास्तवमा तिनीहरूले नैतिकता पन्छ्याइरहेका थिएनन्‌; तिनीहरूले केवल नैतिक प्रातिबन्धको नवीकरण गरेर त्यसलाई खुकुलो पार्दैथिए। समयमा तिनीहरूले त्यसलाई नयाँ नैतिकता भन्‍नो नाउँ दिए। नयाँ नैतिकताअनुसार चल्ने मानिसले आफ्नो दृष्टिमा जे ठीक लाग्यो त्यही गर्छ। उसको जीवनमा पहिलो प्राथमिकता पाउने व्यक्‍ति ऊ आफै हुन्छ। जे इच्छा लाग्छ उसले त्यही गर्छ। ऊ स्वाधीनताको मार्गमा हिंड्‌छ।

अथवा उसले त्यस्तो विचारधारा राख्छ। वास्तवमा, आजभन्दा तीन हजार वर्षअघि, बुद्धिमान राजा सुलेमानले यसो भनेका थिए: “संसारमा कुनै कुरो नयाँ छैन।” (उपदेशक १:९) यसअघि न्यायकर्त्ताहरूको समयमा पनि इस्राएलीहरूले परमेश्‍वारको व्यवस्था मान्‍नो वा नमान्‍नो सम्बन्धमा निकै स्वतन्त्रता पाएका थिए: “त्यस बेला इस्राएलमा कुनै राजा थिएन, औ हरेक मानिसले आफ्नो दृष्टिमा जे ठीक लाग्यो त्यही गर्दथियो।” (न्यायकर्त्ता २१:२५) अधिकांश व्यक्‍तिहरूले व्यवस्था पालन गर्ने इच्छुकता देखाएनन्‌। फलस्वरूप सयौं वर्षसम्म तिनीहरूले देशव्यापी विपत्तिहरूको सामना गर्नुपऱ्‍यो। वर्तमान समयका राष्ट्रहरूले पनि त्यस्तैगरि शताब्दीयौंसम्म पीडा र कष्टहरूको कटनी गरेका छन्‌ र अझै डरलाग्दो कुरा त आउन बाँकि नै छ।

नयाँ नैतिकतालाई अझ स्पष्टसँग परिचित गराउने अर्को शब्द छ, त्यो हो, “सापेक्षवाद।” वेब्सटर्स नाइन्थ न्यु कोलिजिएट डिक्सनरीले यसलाई यसरी परिभाषित गर्छ: “नैतिक सत्यता पालन गर्ने व्यक्‍ति र समूहमा भर पर्ने कुरा हो भन्‍ने दृष्टिकोण।” सङ्‌क्षेपमा भन्‍नो हो भने, सापेक्षवादका अनुयायीहरूले आफूलाई जे असल लाग्यो त्यो नै आफ्नो लागि नैतिक छ भनेर तर्क गर्छन्‌। सापेक्षवादलाई अझ विस्तृत पार्दै एक लेखकले यसो भने: “धेरै अघिदेखि पर्दापछाडि लुकेर बसेको सापेक्षवाद सत्तरीको ‘म-वाद दशकको’ सर्वव्यापी दर्शनको रूपमा देखा पऱ्‍यो; थुप्रो पैसा कमाएर महङ्‌गो सरसामान र क्रियाकलापहरूमा खर्च गर्ने अस्सी दशकका मध्यम वर्गीय युवाहरूमा यो प्रावृत्ति अझै पनि पाइन्छ। चलनचल्तीमा आएका मूल्य र मान्यताहरूलाई हामी ओठको सेवा त चढाउँछौं तर व्यवहारमा आफूलाई जे असल लाग्यो त्यो नै हाम्रो लागि सही छ।”

अनि यसमा यस्तो शिष्टाचार पनि समावेश छ—‘मलाई मन पऱ्‍यो भने गर्छु नत्रता गर्दिनँ। तिम्रो लागि त्यो शिष्ट थियो भने पनि मेरो लागि त्यो ठीक छैन। म र मेरो हक मेरो लागि सबैभन्दा महत्त्वपूर्ण अनि बन्धनमुक्‍त छ, त्यसकारण म त्यसमा दखल दिन चाहन्‍ना, त्यसले मलाई कमजोर र कातर बनाउँछ।’ सम्भवतः त्यस्ता मानिसहरूका लागि यो कुरा अभद्र व्यवहारहरूमा मात्र लागू हुँदैन तर ‘कृपया, माफ गर्नुहोस्‌, धन्यवाद, म ढोका खोली दिन्छु, मेरो ठाउँमा बस्नुहोस्‌, तपाईंको झोला म बोकिदिन्छु’ जस्ता दैनिक बोलीचालीका सरल तथा मिठा अभिव्यक्‍तिहरू बोल्ने सम्बन्धमा समेत लागू हुन्छ।’ यी लगायत अन्य वाक्यांशहरू मानव सम्बन्धहरूलाई सुगम र आनन्ददायी बनाउने सौम्य तेल समान छन्‌। शायद म-वादी व्यक्‍तिले यसरी आपत्ति गर्ला, ‘मैले त्यसरी अरूसित शिष्ट व्यवहार गरें भने त्यसले मेरो जीवन र नम्बर एकको रूपमा मैले बनाउन चाहेको व्यक्‍तित्वमा नकरात्मक असर गर्दैन र।’

समाजशास्त्री जेम्स क्यू. विलसन, बढ्‌दो वैमनस्यता र अपराधी आचरणलाई “उपहासपूर्ण ढङ्‌गमा नामाकरण गरिएको ‘मध्यम वर्गीय नैतिक मूल्य’को पतन- सित” जोड्‌दै अगाडि यसो भन्छन्‌: “यस्ता नैतिक मूल्यहरूको कमी र बढ्‌दो सापेक्षवादको वृद्धिको बढ्‌दो अपराध दरसँग प्रात्यक्ष सम्बन्ध छ जस्तो देखिन्छ।” चाहे जति नै अभद्र वा अपमानजनक किन नहोस्‌, कुनै नियन्त्रणबिना व्यक्‍त गरिने वर्तमान आत्मा अभिव्यक्‍तिसँग अवश्‍य त्यसको प्रात्यक्ष सम्बन्ध हुनुपर्छ। यो कुरा अर्को समाजशास्त्री जरेद टेलरले भनेको कुरासित मिल्छ: “हाम्रो समाज आत्म-संयमबाट आत्मा अभिव्यक्‍तितर्फ लगातार बढ्‌दैछ र थुप्रौ व्यक्‍तिहरूले पुरानो फेसनका मूल्य र मान्यताहरूलाई दमनकारी सम्झी लत्याउँछन्‌।”

सापेक्षवादको अभ्यास गर्ने व्यक्‍तिले आफैलाई आफ्नो व्यक्‍तिगत आचरणको न्यायकर्त्ता बनाउँछ र परमेश्‍वार लगायत अरू कसैको निर्णयलाई उसले वास्ता गर्दैन। अदनको बगैंचामा प्राथम मानव दम्पतीले परमेश्‍वारको शासनलाई इन्कार गरेर आफ्नो लागि के असल के खराब आफैले निर्णय गरेजस्तै उसले पनि आफ्नो लागि असल-खराब आफै निर्णय गर्छ। हव्वाले परमेश्‍वारको आज्ञा उल्लङ्‌घन गरेर प्रातिबन्धित फल खाइन्‌ भने आफूले भनेझैं हुनेछ भनी शैतानले बहकाएको थियो: “तिमीहरूका आँखा खुल्नेछन्‌, र असल र खराबको ज्ञान पाएर तिमीहरू पनि परमेश्‍वारजस्तै हुनेछौ।” अतः हव्वाले त्यस रूखको फल टिपेर खाइन्‌ र केही भाग आदमलाई पनि दिइन्‌ र तिनले पनि खाए। (उत्पत्ति ३:५, ६) आदम र हव्वाले फल खान गरेको निर्णय तिनीहरूको निम्ति अनर्थकारी थियो भने तिनीहरूका सन्तानका लागि विपत्तिजनक।

राजनीतिज्ञ, व्यापारी, खेलाडी, वैज्ञानिक, नोबेल पुरस्कार विजेता र पादरीहरूबीच भ्रष्टाचारको लामो विवरण भेटेपछि एक अवलोकनकर्त्ताले हारवर्ड बिजनेस स्कूलमा यस्तो भाषण दिए: “मलाई लाग्छ आज हाम्रो देशमा हामी सङ्‌कटको सामना गरिरहेका छौं, जसलाई म चरित्र सङ्‌कट भन्‍ना रुचाउछु। पश्‍चिमी सभ्यताद्वारा हामीले क्रमशः गुमाउँदै गरेको यस कुरालाई कुनै समय, हाम्रा नीच अभिलाषाहरू पूरा गर्न हामीलाई रोक्ने आन्तरिक नियन्त्रण र आन्तरिक सद्‌गुण मानिन्थ्यो।” तिनले त्यस्ता शब्दहरूबारे पनि बताए “जसको उच्चारण गर्दा यस किसिमको वातावरणबीच हुने कसैले बुझ्नेछैनन्‌। मनोबल, सम्मान, कर्तव्य, जिम्मेवारी, सहानुभूति, सभ्यता जस्ता शब्दहरू लगभग प्रायोग हुनै छाडिसके।”

साठी दशकतिर विश्‍वाविद्यालयहरूमा केही विवादहरू फुटेका थिए। ‘परमेश्‍वार छैन, परमेश्‍वार मरिसक्नु भयो, उत्कृष्ट मूल्य र मान्यता भन्‍नो कुनै कुरा छैन, जीवन पूर्णतया अर्थहीन छ, निर्भयी व्यक्‍तित्ववादद्वारा मात्र जीवनको शून्यतामाथि विजय प्राप्त गर्न सकिन्छ’ भनेर धेरैले दाबी गरे। प्रोम, शान्ति, सुन्दरताको समर्थन गर्ने हिप्पीहरूले यसलाई अघि बढ्‌ने सङ्‌केतको रूपमा लिए र जीवनको शून्यतामाथि विजय प्राप्त गर्न तिनीहरूले ‘कोकिन सुँघे, गाँजा ताने, विवाहबिना स्वैच्छिक यौनसम्बन्ध राखे र व्यक्‍तिगत शान्ति खोज्न प्रायत्न गरे।’ तर तिनीहरूले कहिल्यै व्यक्‍तिगत शान्ति पाएनन्‌।

साठीकै दशकमा विरोध आन्दोलनहरू पनि भए। त्यस्ता आन्दोलनहरू एक किसिमको फेसन मात्र नभइ तत्कालीन अमेरिकी संस्कृतिले समेत त्यसलाई अँगाल्यो। फलतः सन्‌ १९७० को म-दशक सुरु भयो। यसप्राकार हामी “म-वादको दशक” भनी सामाजिक समालोचक टम वुल्फले नामाकरण गरेका दशकमा प्रावेश गऱ्‍यौं। क्रमशः परिवर्तन हुँदै यो दशक, कटुतापूर्वक “लोभको सुनौलो युग” भनी कहलिएको सन्‌ १९८० को दशकमा प्रावेश गऱ्‍यो।

तर यी सबै कुराको शिष्टाचारसँग के सम्बन्ध? किनकि यी कुराहरू आफैलाई प्राथम स्थानमा राख्नुसित सम्बन्धित छ। जब तपाईंले आफैलाई प्राथम स्थानमा राख्नुहुन्छ, तब अरूसमक्ष तपाईं सजिलै झुक्न सक्नुहुन्‍ना, अरूलाई प्राथम स्थानमा राख्न सक्नुहुन्‍ना र अरूसँग शिष्ट व्यवहार गर्न सक्नुहुन्‍ना। वास्तवमा आफैलाई प्राथम स्थानमा राखेर तपाईं एक किसिमको आत्मउपासना, म-वादको उपासनामा लागिरहेको हुनसक्छ। यस्तो गर्ने व्यक्‍तिबारे बाइबलले के भन्छ? “लोभी मानिस . . . जो मूर्तिपूजक हो,” र “लोभ, जो मूर्तिपूजा हो।” (एफिसी ५:५; कलस्सी ३:५) त्यस्ता मानिसहरूले कसको सेवा गर्छन्‌? “तिनीहरूको ईश्‍वार पेटै हो।” (फिलिप्पी ३:१९) नैतिक तवरमा आफ्नो लागि ठीक छ भनी थुप्रौ मानिसहरूले स्वीकारेको घृणित वैकल्पिक जीवन–शैली र त्यसको विपत्तिजनक, मृत्युदायी नतिजाहरूले वास्तवमा यर्मिया १०:२३ को यस वास्तविकतालाई मात्र प्रामाणित गर्छ: “हे परमप्राभु, मलाई थाह छ, कि मानिसहरूको मार्ग त्यो आफैमा छैन। आफ्नो पाइलालाई ठीक मार्गमा हिंड़ाउने शक्‍ति मानिसमा छैन।”

बाइबलले यी सब कुराहरूको पूर्वदर्शन पाइसकेको थियो र २ तिमोथी ३:१-५, न्यु इङ्‌गलिस बाइबलको रेकर्डअनुसार “आखिरी दिन[को]” चेतावनीमूलक चिह्नस्वरूप त्यसको अगमवाणी गरिसकेको थियो: “तिमीहरू सबैले यी कुराहरूको सामना गर्नैपर्छ: यस संसारको आखिरी समय, सङ्‌कटहरूको समय हुनेछ। मानिसहरूले केवल पैसा र आफैलाई प्रोम गर्नेछन्‌; तिनीहरू हठी, अहंकारी र निन्दक हुनेछन्‌; तिनीहरूले आमाबाबुको आदर गर्नेछैनन्‌, बैगुणी, भक्‍तिहीन, स्वाभाविक प्रोमरहितका हुनेछन्‌; तिनीहरू निष्ठूर, काण्ड मच्चाउने, उत्ताउला, असंयमी, असल नरूचाउने, विश्‍वासघाती, दुस्साहसी, आत्म महत्त्वले फुल्ने हुनेछन्‌। तिनीहरू परमेश्‍वारभन्दा सुख-विलास निको मान्‍नो हुनेछन्‌, तिनीहरूले भक्‍तिको भेष चाहिं लिनेछन्‌ तर त्यसको शक्‍तिलाई भने इन्कार गर्नेछन्‌। यस्ता मानिसहरूबाट पर बस।”

परमेश्‍वारको स्वरूपमा सृजिएको भए तापनि हामी त्यसबाट निकै टाढा पुगिसकेका छौं। हामीभित्र अझै पनि प्रोम, बुद्धि, न्याय र शक्‍ति जस्ता गुणहरू प्रादर्शन गर्ने क्षमता छ तर तिनीहरू असन्तुलित तथा विकृत भएका छन्‌। पहिलेकै स्वरूपमा फर्किने पहिलो कदम, माथि उद्धृत बाइबल पदको अन्तिम हरफमा प्राकट गरिएको छ: “यस्ता मानिसहरूबाट पर बस।” तपाईंको आन्तरिक अनुभूतिहरू समेत परिवर्तन गर्न सक्ने नयाँ वातावरण खोज्नुहोस्‌। वर्षौंअघि डोरोथी थम्पसनको द लेडिज होम जर्नलमा लेखिएका शब्दहरूले यस सम्बन्धमा राम्रो निर्देशन दिन्छ। बाल अपराधको समस्यामाथि विजय पाउने हो भने केटाकेटीहरूको दिमागलाई नभई अनुभूतिलाई शिक्षित गराउनुपर्छ भन्‍नो घोषणाका साथ तिनको उद्धरण सुरु हुन्छ:

“केटाकेटी छँदा गर्ने व्यवहार र मनोवृत्तिले वयस्क जीवनमा उसले गर्ने व्यवहार र मनोवृत्तिमाथि ठूलो असर पार्छ। तर यी सबै कुरा उसको दिमागको उत्प्रोरणाले नभई उसको अनुभूतिहरूले गर्दा हुने कुरा हो। उसलाई जे कुरा प्रोम, प्राशंसा, उपासना, कदर र त्याग गर्न प्रोत्साहित वा प्राशिक्षित गरेको छ त्यस्तै व्यक्‍ति ऊ बन्छ। . . . यी सबै कुरामा शिष्टाचारले ठूलो भूमिका खेल्छ, किनकि शिष्टाचार भनेको अरूको ख्याल राख्न व्यक्‍त गरिने अभिव्यक्‍तिहरू हुन्‌। . . . बाह्‍य व्यवहारमा आन्तरिक अनुभूतिहरू झल्किन्छन्‌ तर बाह्‍य व्यवहारले आन्तरिक अनुभूतिहरूको वृद्धि गर्ने कुरामा योगदान दिन्छ। मनभित्र आक्रामक भावना राखेर अरूप्राति विचारशील भएजस्तै अभिनय गर्नु कठिन छ। असल शिष्टाचार सुरु गर्दा त्यो सतही मात्र होला तर सधैंभरि त्यो त्यस्तै भइरहँदैन।”

ज्यादै कम परिस्थितिहरूमा बाहेक, “दिमागले नभइ भावनाहरूले” नै असल खराब बनाउने गरेको पनि तिनले अवलोकन गरिन्‌। तिनको अवलोकनअनुसार “धमनी कठोर भएर नभइ मुटु कठोर भएर मानिसहरू अपराधी बन्छन्‌।” हाम्रो मन, हामीलाई प्राशिक्षित गरिएको ढङ्‌ग, हाम्रो व्यवहारले भन्दा हाम्रो भावनाले हाम्रो चालचलनमाथि बढी नियन्त्रण गर्छ र सुरुमा बलजफती नै गऱ्‍यौं भने पनि त्यसले हाम्रो आन्तरिक अनुभूतिलाई प्राभावित गर्छ र मनलाई पनि परिवर्तन गर्छ भनेर तिनले जोड दिईन्‌।

तथापि, मनभित्रको भित्री व्यक्‍तित्व परिवर्तन गर्ने प्रोरित सूत्र दिने सम्बन्धमा कसैले बाइबललाई मात गर्न सक्दैन।

पहिलो सूत्र हो, एफिसी ४:२२-२४: “तिमीहरूले अघिअघिको आचरणअनुसारको पुरानो मानिसलाई जो छलको लालसाअनुसार भ्रष्ट भएर जानेहुन्छ, त्याग, र आफ्नो मनको आत्मामा नयाँ होओ र नयाँ मानिसलाई धारण गर, जो परमेश्‍वारअनुसार धार्मिकता र सत्यको पवित्रतामा सृष्टि भएको छ।”

अनि दोस्रो सूत्र, कलस्सी ३:९, १०, १२-१४: “पुरानो मनुष्यत्वलाई त्यसका कामहरूसमेत . . . [त्याग] औ नयाँ चोला [मनुष्यत्व, न्युव] धारण गरेर, आफूलाई सृष्टि गर्नेको रूपजस्तै भएर पूरा ज्ञानमा परिवर्त्तन भएका छौ, यसकारण परमेश्‍वारका चुनिएकाहरूझैं पवित्र र प्रिय, सहानुभूतिको हृदय, दया, नम्रता, विनय, सहनशीलता, धारण गर। एउटाले अर्कोलाई सहेर, कुनै मानिसको विरुद्धमा केही दोषको कारण छ भने, एउटाले अर्कोलाई क्षमा गर, जसरी प्राभुले पनि तिमीहरूलाई क्षमा गर्नुभयो, त्यसरी तिमीहरूले पनि क्षमा गर, र यी सबै कुराहरूभन्दा बढ़ी प्रोम धारण गर, जो सिद्धताको गाँठो हो।”

इतिहासकार विल डुरान्टले यसो भने: “हाम्रो समयको सबैभन्दा ठूलो विवाद, साम्यवाद र व्यक्‍तिवाद, युरोप र अमेरिका अनि पूर्व र पश्‍चिमबीचको झगडा होइन; त्यो हो, मानिसहरू परमेश्‍वारबिना बाँच्न सक्छन्‌ कि सक्दैनन्‌।”

आफ्नो जीवनलाई सफल बनाउन हामीले उहाँको सल्लाह मान्‍नौ पर्छ: “हे मेरो छोरो, मेरो अर्तीलाई नभूल्‌, तर मेरो आज्ञालाई तेरो हृदयमा जोगाइराख्‌। किनभने त्यसले तँलाई दीर्घायु र धेरै वर्ष र तँलाई उन्‍नाति पनि दिन्छन्‌। तेरो दृढ़ विश्‍वास र भक्‍तिले तँलाई कहिल्यै नछोडून्‌, तर ती तैंले आफ्नो गलामा बाँधिराख्‌। यसरी परमेश्‍वार र मानिसको दृष्टिमा तैंले निगाह र सफलता प्राप्त गर्नेछस्‌। तेरो सारा भरोसा परमेश्‍वारमा राख्‌, र तेरो आफ्नै समझ-शक्‍तिमा भरोसा नगर्‌। आफ्नो सबै चालमा उहाँलाई सम्झी र उहाँले तेरा बाटोहरू सुगम तुल्याइदिनुहुनेछ।”—हितोपदेश ३:१-६.

शताब्दीयौंदेखि चल्दै आएको दयालु र विचारशील असल शिष्टाचार काम नलाग्ने बोझ होइनन्‌। वास्तवमा भन्‍नो हो भने, जीवन यापनका लागि बाइबलले प्रादान गर्ने निर्देशन पुरानो भएको छैन बरु त्यसले मानिसजातिलाई अनन्त छुटकारा दिनेछ। यहोवाबिना मानिस सधैंभरि बाँच्न सक्दैन किनकि ‘जीवनको मूल उहाँ नै हुनुहुन्छ।’—भजनसंग्रह ३६:९. (g94 7/22)

[पृष्ठ ११-मा भएको ठूलो अक्षरको क्याप्सन]

सुरुमा बलजफती नै गऱ्‍यौं भने पनि त्यसले हाम्रो आन्तरिक अनुभूतिलाई प्राभावित गर्छ र मनलाई पनि परिवर्तन गर्छ

[पृष्ठ १०-मा भएको पेटी]

भोजन खाँदा मानिसहरूले नक्कल गर्न सक्ने त्रुटिरहित शिष्टाचार

पाकेको काफलले लटरम्म ढाकेको ठूलो झ्याङ्‌गमा सुन्दर, असल शिष्टाचार भएको, ज्यादै मिलनसार सेडार वाक्सविङ्‌गस चराहरू एकसाथ मिलेर खाँदैछन्‌। हाँगामा लहरै बसेर तिनीहरूले फल खान्छन्‌ तर पेटूले जस्तो होइन। सबैलाई टन्‍ना खान नपुगेसम्म तिनीहरू आफ्नो चुच्चोले एक अर्कोलाई काफल दिन्छन्‌। तिनीहरूले आफ्नो “केटाकेटीलाई” कहिल्यै बिर्सदैनन्‌, सबैको पेट नभरुन्जेल लगातार एक-एक वटा काफल ल्याएर तिनीहरूको मुखमा हाल्छन्‌।

[पृष्ठ ८-मा भएको चित्र]

केही व्यक्‍तिहरू भन्छन्‌: ‘बाइबल र त्यसका मूल्य र मान्यताहरूलाई मिल्काइदेऊ’

[पृष्ठ ९-मा भएको चित्र]

“परमेश्‍वार मरिसक्नु भयो।” “जीवनको कुनै अर्थ छैन!” “गाँजा तान, कोकिन सुँघ”

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने