हिमशिखरहरू सृष्टिका उत्कृष्ट नमूनाहरू
एण्डिस, कास्केड, हिमालय, रक्की, आल्प्स् र उराल्स्—पृथ्वीका हिमशिखरहरूमध्ये केही मात्र हुन्। यी हिमशिखरहरूका बृहत् आकारले तपाईंलाई मुग्ध पारिदिन्छ।
सगरमाथाको अगिल्तिर उभिरहेको कल्पना गर्नुहोस्। पृथ्वीको यो सुन्दर सजावट ८,८४८ मिटर अग्लो छ—झण्डै नौ किलोमिटरको अग्लो स्मारक! यो शिखर भव्य हिमालयको सानो भाग मात्र हो। छ हजार चार सय मिटर अग्ला ७० भन्दा अधिक शिखरहरूको यस श्रृङ्खला युरोपको आल्प्स्भन्दा दोब्बर अग्ला छन्!
अद्वितीय कटिबन्ध क्षेत्रहरू
प्रात्येक ३०० मिटरको उँचाइमा १.८ डिग्री सेल्सियसको अनुपातले तापक्रम घट्ने हुँदा अधिकांश हिमशिखरहरूका कटिबन्ध वा वातावरण भिन्दा भिन्दै हुन्छ। पानी, माटो र वायुको विविधताले पनि प्रात्येक क्षेत्रलाई अद्वितीय बनाउँछ।
यसप्राकारको वातावरणीय विविधताको उदाहरण अरिजोना, स.रा.अ.का सान फ्रान्सिस्को शिखरहरूमा पाइन्छ। ती त्यस प्रान्तका सबैभन्दा अग्ला हिमशिखरहरू हुन्। त्यस हिमशिखरको फेद कोकोनिकू पठारबाट चढ्न सुरु गरेर सान फ्रान्सिस्कोका शिखरहरूमध्ये एउटामा पुग्नु हुँदा त्यहाँ तपाईंले सबैभन्दा पहिले मरुभूमिमा पाइने माउसुली र क्याक्टिस समाविष्ट भएको प्राकृतिक समुदाय देख्न सक्नु हुनेछ। बिस्तारै बिस्तारै तपाईं पहाडी बोका बस्न सक्ने र स्प्रासू रूखहरू उम्रने चिसो क्षेत्रतिर आइपुग्नु हुनेछ। अन्तत: त्यसको चुलीमा हुने उत्तर हिमाली वातावरण पनि तपाईंले महसुस गर्न सक्नु हुनेछ। मेक्सिकोदेखि क्यानाडाको समुद्री सतहमा पर्ने भित्री क्षेत्रहरूमा देखिने जीवजन्तु र वातावरण, तपाईंले यो हिमशिखरमा देख्नुहुनेछ!
हिमशिखरको चिसो निर्मल हावामा स्वास फेर्दा के तपाईं प्राफुल्लित हुनुभएको छ? वायुको कम ताप यस अनुभूतिको एउटा कारण हो। नजिकै शहरहरू नभएका स्थानहरूमा हिमशिखरको हावा निर्मल र स्वच्छ हुनसक्छ। दुई हजार मिटर उँचाइमा वायुको प्रात्येक क्युबिक सेन्टिमिटरमा २,५०० मसिनो धूलो, परागहरू र यस्तै अरू कणहरू हुनसक्छन्। वायुको यत्ति नै परिमाणमा १,५०,००० भन्दा बढी यस्ता कणहरू हुने ठूल-ठूला शहरको हावासित यसको तुलना गर्नुहोस्! त्यसैकारण नक्षत्र अवलोकनका लागि स्वच्छ, सुख्खा हावा बहने यस्ता वातावरण भएका हिमशिखरहरूमा आज आधुनिक वेधशालाहरू निर्माण गरिएका छन्।
वायुको चाप र अक्सिजनको तह घट्ने, सौर्य विकिरण बढ्ने र हुरीबतासले तापक्रम एक्कासि झर्ने हुँदा हिमशिखरहरूका उँचाइ त्यति बस्न योग्य हुँदैनन्। आश्चर्यलाग्दो कुरा, यस्ता परिस्थितिहरूमा पनि केही जीव बाच्न अझै सङ्घर्ष गर्दैछन्। उदाहरणको लागि सूक्ष्म साल्टिसाइड वा उफ्रिने माकुरोलाई विचार गर्नुहोस्। पहाडमा पाइने यी जीवहरू ६,००० मिटर अग्ला हिमालयमा पनि जीवितै छन्! यो प्राणी कसरी बाँच्न सक्यो, वैज्ञानिकहरूले बुझ्नै सकेका छैनन्।
मानिसमा परेका प्राभावहरू
सम्पूर्ण मानवजातिमा हिमशिखरहरूले गहिरो प्राभाव पारेको छ। उदाहरणको लागि विश्व मानचित्रलाई हेर्नुहोस्। तीन हजार मीटर अग्ला शिखरहरू भएका पइरिनिजले स्पेनलाई फ्रान्स र युरोपबाटै कसरी छुट्याएको छ, यसो विचार गर्नुहोस्। यस्तै अन्य राजनैतिक भू-भागहरूलाई ठूल-ठूला हिमश्रृङ्खलाहरूले छुट्याएको तपाईंले देख्नुहुनेछ। भिन्दा भिन्दै भाषा र संस्कृति हुने मानिसहरूबीच पारवहन तथा व्यापारलाई यी राजनैतिक सिमानाहरूले सीमित पारेको छ। तसर्थ, हिमशिखरहरूले तपाईंको देशको आकारप्राकार, तपाईंले बोल्नु हुने भाषा र तपाईंको देशको संस्कृतिमा अपरिवर्तनीय प्राभाव पार्छ।
उच्च हिमशिखरहरूले वायुको प्रावाहलाई पनि अवरूद्ध गर्छ। यसले वर्षा, हिमपात, वायु तथा तापक्रममा असर गर्छ। फलस्वरूप यसले तपाईंले खाने खाना, लगाउने लुगा, शायद तपाईंको घरको आकारलाई समेत असर गर्न सक्छ।
उदाहरणको लागि, मध्य एसियाको कुनलुन, टेइन शान, हिन्द कुश, हिमालय र अन्य हिमश्रृङ्खलाहरू पूर्वदेखि पश्चिमसम्म फैलिएका छन्। यी शान्त भिमकाय हिमश्रृङ्खलाहरूले साइबेरियाबाट तल झर्ने चिसो, सुख्खा बतास छेकेर हिन्द महासागरबाट माथि बहने न्यानो, ओसिलो बतासलाई रोक्छ। यसरी यी हिमशिखरहरूको उत्तरी भेगमा हुने वातावरण दक्षिणभन्दा ठीक विपरीत हुन्छ र त्यसले लाखौंको जीवनलाई असर गर्छ।
वातावरणलाई खतरा?
छक्कलाग्दो कुरा, मानिसहरूले हिमशिखरहरूको सुन्दरता र रौनकलाई हानि पुऱ्याइरहेका छन्। एकताका आल्प्स्मा डुलेर हिंड्ने वन बिरालो र भालूहरू अनियन्त्रित शिकारको कारण लोप भइसके। जथाभावी जङ्गल फडानीले गर्दा भीरपाखाका मलिलो माटो बगेका छन्। औद्योगिक प्रादूषण र अत्यधिक पर्यटकका कारण पनि केही हिमशिखरहरूका कोमल पर्यावरण संतुलनमा नराम्रो असर परिरहेको छ।
खुशीको कुरा, पृथ्वीका स्थायी दृश्यहरू मध्ये हिमशिखरहरू पनि हुन्। (उत्पत्ति ४९:२६ तुलना गर्नुहोस्।) बाइबलले आउँदै गरेको नयाँ संसारलाई एउटा पहाडसित गाँसेको तथ्य पनि विचारणीय छ। यस पृथ्वीमा गरिएका जस्तोसुकै विनाशको क्षतिपूर्ति यस पहाडरूपी सरकारले गर्नेछ। (दानियल २:३५, ४४, ४५) अतः सृष्टिको यस नमूनाको आनन्द सदासर्वदा उठाउन सक्छौं भनी हामी निश्चिन्त छौं। (g94 10/8)
[पृष्ठ २१-मा भएको चित्र]
फ्रान्सको मोन्टि ब्लाँ, ४,८१० मिटर
[चित्रको स्रोत]
M. Thonig/H. Armstrong Roberts
[पृष्ठ २२-मा भएको चित्र]
जापानको माउन्ट फुजी, ३,७७८ मिटर
[चित्रको स्रोत]
A. Tony/H. Armstrong Roberts