प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • g९५ १०/८ pp. १५-१८
  • स्थानान्तरणका रहस्यहरू केलाउँदै

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • स्थानान्तरणका रहस्यहरू केलाउँदै
  • ब्यूँझनुहोस्‌!—१९९५
  • उपशीर्षकहरू
  • “हे गौंथली, तिमी किन आफ्नो गुँड छोडेर जान्छौ?”
  • केही जवाफहरू
  • “चराहरूको मानचित्रको” रहस्य
  • रहस्य पछाडिको दिमाग
ब्यूँझनुहोस्‌!—१९९५
g९५ १०/८ pp. १५-१८

स्थानान्तरणका रहस्यहरू केलाउँदै

स्पेनका ब्यूँझनुहोस्‌! संवाददाताद्वारा

एउटा पुरानो गीतमा सं.रा.अ.-को क्यालिफोर्नियास्थित सान युआन कापिस्ट्रानोको पुरानो मिशन सान युआन कापिस्ट्रानोमा फर्कने गौंथलीहरूबारे उल्लेख गरिएका छन्‌। भनिन्छ, सालिन्दा तिनीहरू मार्च १९ कै दिन त्यहाँ आफ्ना गुँडहरूमा फर्कन्छन्‌।

यूरोपेली गौंथलीहरूको पनि त्यस्तै प्रकारको तालिका छ। एउटा स्पेनी भनाइअनुसार मार्च १५ तारिख गौंथलीको गीत पुनः सुनिनेछ।

उत्तरी गोलार्धका गाउँलेहरूले गौंथलीको पुनरागमनलाई वसन्त ऋतुको परम्परागत अग्रदूतको रूपमा सधैं खुशीसाथ स्वागत गर्छन्‌। तर कौतूहल मानिसहरूले भने तिनीहरू जाडो मौसममा कहाँ गए भनी सधैं प्रश्‍न गर्ने गर्छन्‌। केहीले तिनीहरू शीतनिद्रामा हुन्छन्‌ भनी सोचेका थिए। अरूले भने तिनीहरू चन्द्रमामा गए होलान्‌ भन्ठाने। कसै कसैको अनुमानअनुसार तिनीहरूले त्यो दूरी दुइ महिनामा पार गर्न सक्थे। एक सोह्रौं शताब्दीका आर्चविशपले यस्तो दाबी गरे, गौंथलीहरू हिउँदमा ताल तथा दलदलहरूको पींधमा गुटमुटिएर बस्छन्‌। तिनको लेखमा जलाहारीहरूले जालभरि गौंथलीहरू समातेको चित्रसमेत देखाइएको थियो। यी विचारधाराहरू अहिले असाध्यै विचित्र देखिए तापनि सत्य त्यत्ति नै काल्पनिक थियो।

यस शताब्दीका पक्षी विशेषज्ञहरूले गौंथलीहरूको विषयमा अध्ययन गर्न हजारौं गौंथलीहरूको खुट्टामा स-साना रिंगहरू लगाए। यसरी रिंग लगाइएकाहरूमध्ये थोरै तर उल्लेखनीय मात्रामा चिसो क्षेत्रहरूमा भेटिए। यो अविश्‍वसनीयजस्तो लाग्ला तर बेलाइत र रूसका गौंथलीहरू आफ्नो घरभन्दा हजारौं किलोमिटर टाढा, अफ्रिकी महादेशको दक्षिणपूर्वी क्षेत्रमा भेटाइए। उत्तरी अमेरिकाका केही गौंथलीहरू भने सुदूर दक्षिणी क्षेत्र, अर्जेन्टिना वा चिलीसम्म जाने गर्छन्‌। त्यस्ता वीरतापूर्ण यात्रा गर्ने चराहरू गौंथली मात्र होइनन्‌। उत्तरी गोलार्धका करोडौं चराहरू हिउँदमा दक्षिणी गोलार्धमा जान्छन्‌।

गौंथलीजस्ता साना चराहरूले पनि हरेक साल वसन्त ऋतुमा आ-आफ्नो गुँडमा फर्किनुअघि २२,५०० किलोमिटरको दूरी आवतजावत गर्दो रहेछन्‌ भनी थाह पाउँदा पक्षी विशेषज्ञहरू छक्कै परे। गौंथलीहरू कहाँ जाँदो रहेछन्‌ भनी थाह पाउँदा झनै उदेकलाग्दा प्रश्‍नहरू खडा भए।

“हे गौंथली, तिमी किन आफ्नो गुँड छोडेर जान्छौ?”

कुन कारणले गर्दा चराहरू पृथ्वीको एक छेऊदेखि अर्को छेऊसम्म यात्रा गर्छन्‌? अथवा एक स्पेनी उखानले भनेझैं, “हे गौंथली, तिमी किन आफ्नो गुँड छाडेर जान्छौ?” जाडो छल्न वा चारो खोज्न? निस्सन्देह, तिनीहरू स्थानान्तरण गर्नुको प्रमुख कारण, जाडो छल्नुभन्दा चारो पाउने भरपर्दो स्रोत भेटाउन हो। किनभने हिउँदमा बाँच्न मुस्किल पर्ने थुप्रै स-साना चराहरू स्थानान्तरण गर्दैनन्‌। तर स्थानान्तरण गर्नुको कारण चारो खोज्न भौंतारिनु मात्रै होइन। यो मानिसहरूको बसाइँ सराइजस्तो होइन किनभने परिस्थिति अनुकूल नभएसम्म तिनीहरू पर्खिरहँदैनन्‌।

वैज्ञानिकहरूले पत्ता लगाएअनुसार दिन छोटो हुने समयमा तिनीहरूको स्थानान्तरण गर्ने इच्छा उत्तेजित हुन्छ। शरद्‌ ऋतुमा दिन छोटो हुँदै जाँदा पिंजडाका चराहरू छट्‌पटिन थाल्छन्‌। सूर्यले दिने प्रकाशको जस्तै प्रभाव पारेर अन्वेषकहरूले हुर्काएका चराहरू भए तापनि त्यसको असर एउटै हुन्छ। पिंजडाको चरा सहज ज्ञानले गर्दा आफू जुन दिशातर्फ बसाइँ सर्नुपर्ने हो, त्यसैतर्फ फर्कन्छ। स्पष्टतः वर्षको निश्‍चित समयमा एउटै दिशातर्फ स्थानान्तरण गर्ने इच्छा जन्मजात आएको हुन्छ।

चराहरूले त्यस्तो टाढा टाढासम्म पनि कसरी सफलतापूर्वक यात्रा गर्छन्‌? धेरैजसो चराहरू अथाह समुद्र तथा मरूभूमि हुँदो दिनरात उड्‌छन्‌। कतिपय जातका पक्षीहरूका बचेराहरू अनुभवी माऊको मदतबिना यात्रा गर्छन्‌। तिनीहरू आँधीबेह्री वा हुरीबतास चले पनि जसोतसो आफ्नो निश्‍चित मार्ग पछ्याउँछन्‌।

विशेषगरि विशाल समुद्र वा मरूभूमि हुँदो यात्रा गर्नु पटक्कै सजिलो हुँदैन। यस कार्यमा निपुण हुन मानिसलाई हजारौं वर्ष लाग्यो। निस्सन्देह, क्रिस्टोफर कोलम्बससित आस्ट्रोल्याब र चुम्बकीय कम्पासजस्ता नौयात्रासम्बन्धी सहायकहरू नहुँदो हो त तिनले त्यति टाढासम्म समुद्री यात्रा गर्ने आँट गर्नेथिएनन्‌ होला।a तरैपनि, तिनको प्रथम यात्राको अन्ततिर तिनलाई बहामास जाने बाटो चराहरूले देखाएका थिए। दक्षिणपश्‍चिम दिशामा चराहरू उडिरहेको देखेपछि तिनले आफ्नो मार्ग परिवर्तन गरेर त्यसै दिशातर्फ लागे। यसप्रकार तिनले पुरातन नाविकहरूको चलनलाई पछ्याए।

सफलतापूर्वक नौयात्रा गर्न एउटा निश्‍चित मार्ग तय गर्ने साथै आफ्नो स्थान निर्धारण गर्ने प्रणाली आवश्‍यक पर्छ। सरल अर्थमा भन्‍ने हो भने, तपाईंको लक्ष्य कुन दिशामा पर्छ र त्यहाँ पुग्न कुन दिशा पछ्याउनुपर्छ भनी तपाईंलाई थाह हुनुपर्छ। हामी मानवहरू उपकरणबिना त्यो कार्य गर्न सक्षम छैनौं तर चराहरूले भने सक्छन्‌। चराहरूले आफू उड्‌नुपर्ने सही दिशा कसरी निर्धारण गर्छन्‌ भनी पत्ता लगाउन वैज्ञानिकहरूले धैर्यतापूर्वक एक दुइटा गरी थुप्रै तथ्यहरू संकलन गरेका छन्‌।

केही जवाफहरू

चराको यात्रासम्बन्धी रहस्यहरू खोतल्न वैज्ञानिकहरूले टाढा टाढाबाट पनि आफ्नो घर फर्कने परेवाहरूलाई विभिन्‍न “परीक्षण”-को लागि प्रयोग गरेका छन्‌। धीरजी परेवाहरूले निर्दिष्ट संकेतहरू नदेखोस्‌ भनेर तिनीहरूलाई धमिलो “चश्‍मा” लगाइदिए। कतिलाई चाहिं पृथ्वीको चुम्बकीय क्षेत्र प्रयोग नगरोस्‌ भनेर तिनीहरूको ढाडमा चुम्बक जडान गरियो। तिनीहरूले मार्ग पत्ता लगाउन नसकोस्‌ भनेर केहीलाई भने औषधिले लट्ठसमेत पारे। यी चतुर परेवाहरूले यी अवरोधहरूलाई बेग्लाबेग्लै तवरमा सामना गरे। तर यी सबै अवरोधहरू एकै चोटि सामना गर्नुपर्दा तिनीहरूलाई सफलतापूर्वक घर फर्कन भने अवश्‍य गाह्रो पऱ्‍यो। स्पष्ट छ, चराहरू यात्रा गर्दा एउटै मात्र प्रणालीमा भर पर्दैनन्‌। तिनीहरूले कस्ता कस्ता तरिकाहरू प्रयोग गर्छन्‌?

कृत्रिम सूर्य तथा ताराहरू प्रयोग गरिएका परीक्षणहरूले के देखायो भने, चराहरूले दिउँसो सूर्य र राती ताराहरूको मदतद्वारा यात्रा गर्नसक्छन्‌। बदली मौसम छ भने नि? आफ्नो शरीरभित्र अन्तरनिहित कम्पास भएजस्तो गरी चराहरूले पृथ्वीको चुम्बकीय क्षेत्र प्रयोग गरेर यात्रा गर्नसक्छन्‌। एउटै गुँड वा घरमा फर्कन भने चराहरूले पहिले परिचित संकेतहरूलाई चिन्‍न सक्नुपर्छ। यसबाहेक, अन्वेषकहरूले यो कुरा पनि पत्ता लगाएका छन्‌, मानिसहरूभन्दा पक्षीहरू आवाज तथा गन्धहरूप्रति निकै संवेदनशील हुन्छन्‌। तर यात्रा गर्दा यो क्षमता कुन हदसम्म प्रयोग हुन्छ, त्यो भने तिनीहरूलाई थाह छैन।

“चराहरूको मानचित्रको” रहस्य

चराहरू एउटा निर्दिष्ट दिशामा उड्‌न कसरी सफल हुन्छन्‌ भनी पत्ता लगाउन यी अनुसन्धानहरू निकै मदतकारी भए तापनि एउटा बुझ्नै नसकिने कुरा यथावतै छ। भरपर्दो कम्पास हुनु एउटा कुरा हो तर घर फर्कन मानचित्र पनि चाहिन्छ। सर्वप्रथम तपाईं कहाँ हुनुहुन्छ, त्यो निर्धारण गर्न अनि त्यसपछि सर्वोत्तम मार्ग पत्ता लगाउन।

“चराहरूको मानचित्र” कस्तो हुन्छ? आफ्नो घरभन्दा सयौं किलोमिटर टाढा अपरिचित ठाउँमा छोडिदिंदा पनि आफू कहाँ छन्‌ भनेर तिनीहरूले कसरी थाह पाउँछन्‌? आफूलाई डोऱ्‍याउन कुनै मानचित्र वा संकेतहरू नहुँदासमेत तिनीहरूले सर्वोत्तम मार्ग कसरी निर्धारण गर्छन्‌?

जीवशास्त्री जेम्स्‌ एल. गोल्डले भनेअनुसार चराहरूको “मानचित्र पछ्याउनसक्ने क्षमता नै पशुपक्षीहरूको स्वभावको सबैभन्दा अस्पष्ट तथा छक्कलाग्दो रहस्यजस्तो देखिन्छ।”

रहस्य पछाडिको दिमाग

एउटा कुरा भने स्पष्ट छ, स्थानान्तरण गर्नु सहज ज्ञान हो। धेरै जातका पक्षीहरूसित वर्षको खास समयमा स्थानान्तरण गर्ने वंशाणुगत गुन हुन्छन्‌। अनि तिनीहरूसित सफलतापूर्वक यात्रा गर्ने जन्मजात दक्षता तथा सहजबुद्धि हुन्छ। तिनीहरूले त्यो सहजबुद्धि कसरी पाए?

पक्षीहरूको वंशाणुगत कोडलाई “नियोजित” गर्न सक्नुहुने बुद्धिमान सृष्टिकर्ताबाट मात्र त्यस्तो सहजबुद्धि प्राप्त भएको हुनसक्छ भन्‍नु तर्कसंगत छ। परमेश्‍वरले कुलपिता अय्यूबलाई यो सान्दर्भिक प्रश्‍न सोध्नुभयो: “के बाजलाई त्यसको पखेटा चलाउन र दक्षिण दिशामा त्यसका पखेटा फैलाउन तेरो बुद्धिले सिकाएको हो?”—अय्यूब ३९:२६.

पक्षीहरूको स्थानान्तरणबारे वर्षौंसम्म तीव्र अनुसन्धान गरिसकेपछि वैज्ञानिकहरूले चराहरूको सानो मस्तिष्कलाई मूल्यांकन गर्न थालेका छन्‌। ती चराहरूले स्थानान्तरण गर्दा पछ्याउने प्रमुख मार्गहरू पत्ता लगाएपछि चराहरूले त्यस्तो लामो यात्रा गरेकोमा वैज्ञानिकहरूले तिनीहरूको तारिफ नगरी बस्नै सक्दैनन्‌। पुस्तौंदेखि हरेक वसन्त तथा शरद ऋतुमा यी करोडौं चराहरू पृथ्वीको एक छेऊदेखि अर्को छेऊसम्म स्थानान्तरण गर्छन्‌। तिनीहरू दिउँसो सूर्य अनि राती ताराहरूको मदतद्वारा यात्रा गर्छन्‌। तिनीहरूले बदली मौसममा पृथ्वीको चुम्बकीय क्षेत्रको प्रयोग गर्छन्‌ र परिचित दृश्‍यहरू चिन्‍न छिट्टै सिकिहाल्छन्‌। सम्भवतः तिनीहरूले गन्ध वा अदृश्‍य तरंगहरूद्वारा पनि आफ्नो बाटो पत्ता लगाउँछन्‌।

तिनीहरूले आफ्नो यात्राको “मानचित्र” कसरी बनाउँछन्‌ भन्‍ने कुरा अझै पनि रहस्य नै छ। ती गौंथलीहरू कहाँ जान्छन्‌ भनेर हामीलाई थाह छ; तिनीहरू त्यहाँ कसरी जान्छन्‌, त्यो चाहिं हामीलाई थाह छैन। तरैपनि, हामीले शरद्‌ ऋतुमा एक जमात गौंथलीहरू उडिरहेको देख्दा यसरी स्थानान्तरण गर्न सम्भव पार्नुहुने परमेश्‍वरको बुद्धिलाई तारिफ नगरी बस्न सक्दैनौं।

[फुटनोट]

a अक्षांश गणना गर्न आस्ट्रोल्याब प्रयोग गरिन्थ्यो।

[पृष्ठ ८-मा भएको पेटी]

स्थानान्तरण गर्ने विश्‍व विजेताहरू

दूरी। सन्‌ १९६६ को उत्तरी ग्रीष्म ऋतुमा स्टर्ना पाराडिसेया नामक एक प्रकारको चरालाई नर्थ वेल्स्‌, बेलाइतमा छँदा त्यसको खुट्टामा रिंग लगाइएको थियो। त्यसै सालको डिसेम्बर महिनामा यो चरा न्यु साउथ वेल्स्‌, अस्ट्रेलियामा देखा पऱ्‍यो। यसले छ महिनामा १८,००० किलोमिटरभन्दा लामो दूरी पार गरिसकेको थियो। ती चराहरूको लागि यस्तो वीरतापूर्ण कार्य सामान्य कुरा हो। एक वर्षभित्र यीमध्ये केही चराहरूले पृथ्वीको एक छेऊदेखि अर्को छेऊसम्म ४०,००० किलोमिटर यात्रा गरिसकेका हुन्छन्‌।

गति। अमेरिकी सुनौला टिकटिके शायद सबैभन्दा द्रुत गतिमा स्थानान्तरण गर्ने चरा होला। यीमध्ये केही चराहरूले हवाइ र अलास्काका आल्युशियन टापूहरूलाई छुट्याउने ३,२०० किलोमिटर लामो समुद्री यात्रा केवल ३५ घण्टामा पार गरेका छन्‌। तिनीहरूले यो यात्रा प्रति घण्टा ९१ किलोमिटरको दरमा गरे!

धीरज। उत्तर अमेरिकाका ब्लाक्‌पोल भ्याकुरोहरूको वजन केवल २० ग्राम हुन्छ तर तिनीहरू सबैभन्दा द्रुत गतिमा उड्‌न सक्ने चराहरू हुन्‌। तिनीहरूले कतै पनि नरोकी दक्षिण अमेरिकातर्फ आन्द्र महासागर हुँदो ३,७०० किलोमिटर लामो यात्रा केवल साढे तीन दिनमा पूरा गर्छन्‌। यसप्रकार धीरजको असामान्य जाँचलाई कतै नरोकी चार मिनेटमा १ किलोमिटरको दूरी १,९०० चोटि दौड्‌ने धावकसित तुलना गरिएको छ। यो उडान आफ्नो शरीरको वजनबारे सजग व्यक्‍तिको उत्कट इच्छा पनि हो। भ्याकुरोले आफ्नो शरीरको झण्डै आधाजति वजन बराबरको शक्‍ति त्यस उडानमा प्रयोग गर्छ।

समयनिष्ठ। गौंथलीबाहेक (माथि देखाइएको) सारसले पनि समयनिष्ठ पक्षी भनेर ख्याति कमाएको छ। अगमवक्‍ता यर्मियाले सारसलाई ‘आफ्नो समय’ र ‘फर्कने समय’ जान्‍ने पक्षी भनेर वर्णन गरे। (यर्मिया ८:७) झण्डै पाँच लाख सारसहरू अहिले पनि हरेक साल वसन्त ऋतुमा इजरायल हुँदो उड्‌छन्‌।

नौयात्रासम्बन्धी दक्षताहरू। थुप्रै शेरवटर्सलाई आफ्नो घर सबैभन्दा प्रिय लाग्छ। बेलाइतबाट ल्याइएको पोथी चरालाई ५,००० किलोमिटर टाढा सं.यु.रा.-को बस्टन क्षेत्रमा छोडियो। तिनले साढे बाह्र दिनमा आन्द्र महासागर पार गरे। तिनलाई मुक्‍त गरेको खबरसहितको हवाई पत्र पुग्नुभन्दा अघि नै त्यो पुग्यो। यो कार्य निकै अद्‌भुत थियो किनभने यी चराहरू उत्तरी आन्द्र महासागरको बाटो हुँदै स्थानान्तरण गर्दैनन्‌।

[पृष्ठ १६-मा भएको चित्र]

समयनिष्ठ भएर सारस हरेक साल आफ्नो गुँडमा फर्कन्छ

[पृष्ठ १७-मा भएको चित्र]

स्थानान्तरण गरिरहेका कऱ्‍यांकुरूंगहरूको अंग्रेजी अक्षर भी जस्तो आकृति

[पृष्ठ १५-मा भएको चित्रको स्रोत]

Photo: Caja Salamanca y Soria

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने