प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • g९६ ४/८ पृ. २५-२७
  • परमेश्‍वरद्वारा सन्तुलनको उपहार

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • परमेश्‍वरद्वारा सन्तुलनको उपहार
  • ब्यूँझनुहोस्‌!—१९९६
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • यो के हो? यसले कसरी कार्य गर्छ?
  • कर्णनली प्रणालीका खराबीहरू
  • कारण र उपचारहरू
  • तपाईंको श्रवण शक्‍ति—मूल्यांकन गर्नुपर्ने उपहार
    ब्यूँझनुहोस्‌!—१९९७
ब्यूँझनुहोस्‌!—१९९६
g९६ ४/८ पृ. २५-२७

परमेश्‍वरद्वारा सन्तुलनको उपहार

“मेरो साथीले मलाई भने, “जहाजको यात्राले यस्तो भएको हो, अनि यो धेरै दिनसम्म रहनसक्छ।” यो कुरा अक्टोबर १९९० को हो, जुन बेला केरिबियनको सात दिने जहाज यात्रापछि सुखा भूमिमा भर्खरै पाइला टेकेको थिएँ। यो अवस्था केही दिनसम्म मात्र रहनेछ भनेर सोचेको थिएँ। तथापि, धेरै महिना बितिसक्दा पनि त्यो स्थिति त्यतिकै छ। मलाई आफू त्यो जहाजबाट उत्रेकै छैन जस्तो लाग्थ्यो। मेरो कर्णनली प्रणालीमा केही खराबी भएको थियो। मस्तिष्कसित मुख्य सम्बन्ध भएको यो प्रणाली भित्री कानको जटिल सन्तुलन प्रणाली हो।

यो के हो? यसले कसरी कार्य गर्छ?

तपाईंलाई सन्तुलनमा राख्ने संयोजन केन्द्र मस्तिष्कको फेदमा पाइन्छ। यस भागलाई ब्रेन स्टेम भनिन्छ। तपाईं स्वस्थ हुनुहुँदा आफ्नो सन्तुलन राख्न सक्नुहुन्छ। किनभने आफ्ना आँखा, मांशपेशी तथा कर्णनली प्रणालीद्वारा तपाईंले अनगिन्ती संवेगहरू प्राप्त गर्नुहुन्छ।

देखेका कुराहरूबारेका जानकारीहरू तपाईंका आँखाले ब्रेन स्टेमलाई दिन्छ। तपाईंका मांशपेशीहरूमा भएको प्रोप्रायोसेप्टर्स नामक संवेदन ग्राहकले तपाईं कस्तो सतहमा हिंड्‌दै हुनुहुन्छ वा के छुनुहुँदैछ त्योबारे तपाईंको मस्तिष्कलाई सूचना दिन्छ। तर तपाईंको यो कर्णनली प्रणालीले आन्तरिक निर्देशन प्रणालीको रूपमा कार्य गर्छ। त्यसले पृथ्वी र यसको गुरुत्वाकर्षण शक्‍तिबीचको कुन अन्तरमा तपाईंको शरीर छ त्यो कुरा मस्तिष्कलाई बताउँछ।

सन्तुलन कायम राख्ने पाँच भागहरूद्वारा कर्णनली प्रणाली बनिएको छ। ती हुन्‌: तीनवटा अर्धवृत्ताकार नलीहरू अनि दुइटा थैलीहरू। अर्धवृत्ताकार नलीहरूलाई उत्कृष्ट नली, अनुप्रस्थ नली र निम्न नली भनेर नामाकारण गरिएको छ। दुइटा थैलीहरूलाई युट्रिकल र स्याकुल भनिन्छ।

ती अर्धवृत्ताकार नलीहरू कोठाको कुनामा भुइँ र भित्ता जोडिएझैं एकअर्कामा समकोण भएर रहन्छन्‌। यी नलीहरू कञ्चट हाड भनिने खप्परको कडा हाडमा लुकेको अन्तरकर्णका मार्गहरू हुन्‌। यो हाडयुक्‍त भुलभुलैयाभित्र अर्को अन्तरकर्ण हुन्छ। त्यसलाई झिल्लीदार अन्तरकर्ण भनिन्छ। प्रत्येक झिल्लीदार अर्धवृत्ताकार नलीको अन्तमा फुलेको जस्तो देखिने पोको हुन्छ। त्यसलाई एम्पुला भनिन्छ। झिल्लीदार अन्तरकर्णको भित्र इन्डोलिम्फ भनिने विशेष तरल पदार्थ हुन्छ। अनि झिल्लीको बाहिरपट्टि पेरिलिम्फ नामक अर्को तरल पदार्थ हुन्छ। यद्यपि, यसको रासायनिक संरचना बेग्लै हुन्छ।

नलीको यो फुलिएको भाग एम्पुलाभित्र मुठाको रूपमा केशजस्ता विशेष कोशिकाहरू हुन्छन्‌। यी कोशिकाहरू क्युपुला भनिने च्यापच्याप टाँसिने द्रव्यमा जडिएको हुन्छ। शिर घुमाउँदा हाम्रो शिरसँगै नलीहरू एक्कासि अर्को दिशातर्फ मोडिन्छ तर इन्डोलिम्फाटिक तरल तुरुन्तै त्यही गतिमा मोडिन सक्दैन। फलतः यसभित्र भएको क्युपुला र केशलाई दबाब दिएर बंग्याउँछ। यो मुठाको गतिले केशजस्ता कोशिकाहरूको विद्युतीय गुनहरूमा परिवर्तन हुन्छ। फलस्वरूप यसले स्नायु कोशिकाको माध्यमद्वारा तपाईंको मस्तिष्कलाई सन्देश दिन्छ। यो प्रत्येक केशजस्ता कोशिकाहरूबाट मात्र एफरेन्ट स्नायुहरूको माध्यमद्वारा मस्तिष्कमा सन्देशहरू आउँदैन। तर मस्तिष्कले पनि यही एफरेन्ट स्नायुहरूको माध्यमद्वारा प्रत्येक केशजस्ता कोशिकाहरूलाई आवश्‍यक पर्दा सन्देशहरू पठाउँछ।

अर्धवृत्ताकार नलीहरूले तपाईंको शिर कुन कोणमा वा कुन दिशामा मोडिंदैछ पत्ता लाउँछन्‌। जस्तै, अगाडि झुकाउनु वा पछाडि ढल्काउनु, दायाँ वा बायाँ ढल्काउनु, वा घुमाउनु।

अकोतर्फ, युट्रिकल र स्याकुलले सोझो गति पत्ता लाउँछन्‌। तसर्थ तिनीहरूलाई गुरुत्वाकर्षण संवेदक भनिन्छ। तिनीहरूमा पनि कोशिकाहरू हुन्छन्‌ जसमा म्याकुला हुन्छ। उदाहरणका लागि, तपाईं लिफ्टमा चढ्‌नुहुँदा स्याकुलले मस्तिष्कलाई ऊर्ध्वगतिको सन्देश दिन्छ। युट्रिकल मुख्य संवेदक हो। तपाईं गाडी चढ्‌नुहुँदा तथा त्यसले अकस्मात्‌ गति बढाउँदा यसले प्रतिक्रिया देखाउँछ। यसले तपाईंको मस्तिष्कलाई तपाईं अघिल्तिर वा पछिल्तिर धकेलिनुभएको संवेदनद्वारा सन्देश दिन्छ। त्यसपछि तपाईंको मस्तिष्कले निर्णय गर्न यो सन्देशलाई अरू संवेदनहरूसित मिलाउँछ। जस्तै, तपाईंको प्रत्यक्ष गतिको प्रतिक्रियामा कसरी आँखा तथा अंगहरू चलाउनु। यसले तपाईंलाई तपाईंको स्थिति निर्धारण गर्न सहायता गर्छ।

यो अद्‌भुत प्रणालीले यसका सृजनहार, यहोवा परमेश्‍वरको महिमा गर्छ। खोजबिन गर्ने वैज्ञानिकहरूले यसबारे सहायता दिन नसके तापनि तिनीहरू यसको बनोटबाट प्रभावित भएका छन्‌। जीवविज्ञान तथा शरीर विज्ञानका प्राध्यापक ए. जे. हड्‌सपेथले साइन्टिफिक अमेरिकन पत्रिकामा यसरी लेखे: “तथापि, अब गरिने कार्यले यस जैविक सूक्ष्म रचनाको संवेदनशीलता र जटिलतालाई अझ आश्‍चर्यलाग्दो मात्र बनाउनसक्छ।”

कर्णनली प्रणालीका खराबीहरू

ती तपाईंको सन्तुलन प्रकियालाई बिगार्ने थुप्रै कुराहरू हुनसक्छन्‌। मेरो चाहिं भित्री-कानमा ओटोस्पन्जायोसिस्‌ वा ओटोस्क्लेरोसिस्‌ भनिने खराबी भएको रहेछ। यो अवस्थामा कर्णनली प्रणालीको हड्डी कोमल वा स्पंजजस्तो हुन्छ। साधारणतया यो हड्डी शरीरको अरू भागका हड्डीहरूभन्दा पनि कडा हुन्छ। यो कोमल हुने प्रक्रियाबारे के सोचिएको छ भने, इन्जाइम उत्पादन भएर भित्री कानको तरल पदार्थमा रसिन्छ। यसले त्यो तरल पदार्थलाई रासायनिक प्रक्रियाद्वारा बिगार्छ वा विषालु बनाउँछ। फलतः तपाईं उभिरहनुभएको होस्‌ या सुतिरहनुभएको होस्‌, यसले निरन्तरसित अनौठो संवेदन उत्पन्‍न गराउँछ।

मलाई कस्तो लाग्यो भने, भुइँमा भएको मेरो खुट्टा समुद्रको तरंगमा लहराइरहेको छ। कहिलेकाहीं त तीन मिटरभन्दा अग्लो तरंगमा लहराएको जस्तो लाग्थ्यो। सुत्दाखेरि आफूलाई एक मिटर अग्लो समुद्रको तरंगबीच ख्याउने नाउको तहमा सुतिरहेको छु जस्तो लाग्थ्यो। मानसिक असन्तुलनमा जस्तो कहिले अनुभूति हुने र कहिले नहुने नभएर मलाई यस्तो भान चौबीसै घण्टा, महिनौंसम्म रह्‍यो। निदाएको बेलामा मात्र आराम पाउँथें।

कारण र उपचारहरू

ओटोस्पन्जायोसिस्‌/ओटोस्क्लेरोसिस्‌ वंशानुगत कारणले हुनसक्ने भए तापनि त्यसको खास कारण अझसम्म पत्ता लागेको छैन। चिकित्सा विज्ञानलाई यसको अध्ययन गर्न कठिन भएको छ। किनभने यो अवस्था असामान्य देखिन्छ। पशुहरूमा यो विरलै देखिन्छ। ओटोपन्जायोसिस्‌को कारण कान बज्ने, टाउको फुलेको भान हुने, रिंगटा लाग्ने, सन्तुलन हराउने वा विभिन्‍न प्रकारले चक्कर लाग्ने हुन्छ। यो अवस्थाले गर्दा मध्य कानको हड्डी स्थिर भएर संचारणद्वारा सुन्‍ने क्षमता गुम्छ। ओटोस्पन्जायोसिस्‌ कानको भित्री नलीमा पुगेमा यसले स्नायु कार्यलाई असंवेदनशील बनाउँछ। फलतः संवेदनात्मक सुन्‍ने शक्‍ति गुम्न- सक्छ।

यसका उपचारहरू छन्‌। केहीलाई शल्यक्रियाको आवश्‍यकता पर्छ। (हेर्नुहोस्‌ ब्यूँझनुहोस्‌!, [अंग्रेजी] जुलाई ८, १९८८, पृष्ठ १९) अरूले चाहिं क्याल्सियम र फ्लोराइड प्रयोग गरेर हड्डीलाई बिग्रनुबाट जोगाउने प्रयास गर्छन्‌। कहिलेकाहीं चिनी प्रशस्त भएको खानेकुरा खाने सुझाउ दिइन्छ। किनभने भित्री कानलाई अधिक रक्‍त ग्लुकोज चाहिन्छ। वास्तवमा मस्तिष्कलाई भन्दा तीन गुना बढी ग्लुकोज भित्री कानलाई चाहिन्छ। खराबी नभएको कानले रक्‍तमा ग्लुकोजलाई एकदमै राम्रोसित घटबड गराउँछ। तपाईंको भित्री कान खराब भयो भने, चिया-कफी तथा रक्सीले समेत हानि पुऱ्‍याउनसक्छ। यस लेखको सुरुमा उल्लेख गरिएको जहाज-यात्राको कारण मलाई यस्तो समस्या भएको थिएन। सम्भवतः तापक्रमको परिवर्तन, आर्द्रता तथा खाने बानीले सन्तुलन बिगार्नसक्छ।

तपाईंको भित्री कानले सुन्‍ने कार्यको अलावा अझ धेरै कार्य गर्छ। अद्‌भुत र आश्‍चर्यलाग्दो ढंगमा यसले तपाईंलाई सन्तुलन राख्ने मदत दिन्छ। हाम्रा सृष्टिकर्ताको यस्तो हस्तकलाले हामीलाई अचम्म पार्छ। अनि यसले हामीलाई सृष्टिकर्ताप्रति गहिरो मूल्यांकन गर्न लाउनुपर्ने हो।—सौजन्यप्राप्त।

[पृष्ठ २६-मा भएको रेखाचित्र/चित्र]

(ढाँचा मिलाएर राखिएको शब्दको लागि प्रकाशन हेर्नुहोस्‌)

तपाईंको अचम्मलाग्दो कर्णनली प्रणाली

उत्कृष्ट नली

अण्डाकार प्वाल

कक्लिया

कञ्चट हाड

झिल्लीदार अन्तरकर्ण

एम्पुला

स्याकुल

क्रिस्टा

अनुप्रस्थ नली

निम्न नली

गोलाकार प्वाल

कक्लिया

म्याकुला

युट्रकिल

क्रिस्टा

बाह्‍य झलक

कोणीय गति नाप्ने

उर्ध्व गति पत्ता लाउने

आन्तरिक झलक

श्रवण अंग

अनुप्रस्थ गति पत्ता लाउने

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने