प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • g९६ १०/८ pp. ८-१०
  • अहिल्यै आफ्नो जीवनलाई नियन्त्रण गर्नुहोस्‌!

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • अहिल्यै आफ्नो जीवनलाई नियन्त्रण गर्नुहोस्‌!
  • ब्यूँझनुहोस्‌!—१९९६
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • बाइबलको दृष्टिकोण कस्तो छ?
  • सर्वोत्तम मदत उपलब्ध छ
  • “परमेश्‍वरको वचन जीवित्‌ र प्रबल छ”
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९०
  • दोषी को हो—तपाईं या तपाईंको जीन?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००२
  • के हाम्रो चिन्ता गर्ने एउटा परमेश्‍वर हुनुहुन्छ?
    के हाम्रो चिन्ता गर्ने एउटा परमेश्‍वर हुनुहुन्छ?
  • परिवर्तनशील संसारको आत्माको विरोध गर्नुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००४
थप हेर्नुहोस्
ब्यूँझनुहोस्‌!—१९९६
g९६ १०/८ pp. ८-१०

अहिल्यै आफ्नो जीवनलाई नियन्त्रण गर्नुहोस्‌!

मानव व्यवहार र प्रेरणासम्बन्धी वैज्ञानिक अनुसन्धानबाट हामी थुप्रै तरिकामा लाभान्वित भएका छौं। यस विषयमा गहन समझ प्राप्त गरेर सम्भवतः हामीले बिमारीहरूको सामना गर्न मदत पाएका छौं। तर, संवेदनात्मक सिद्धान्त र विशेषगरि स्थापित सिद्धान्तहरूसित विरोधाभासपूर्ण देखिने सिद्धान्तहरूका सन्दर्भमा सावधानी अपनाउनु बुद्धिमत्तापूर्ण हुन्छ।

जनन प्रक्रियाहरू र व्यवहारको विषयबारे यस्ता प्रश्‍नहरू खडा हुन्छन्‌: के हामी आफ्ना जिम्मेवारीहरू लत्याउन र आफ्ना दोषहरू नकार्नसक्छौं? यस “म त होइन” पुस्ताको बढ्‌दो संख्यामा समावेश हुँदै के हामी आफ्नो दोषबाट हात झिक्न वा कुनै अविवेकी तथा गलत कार्य हुँदा अरू कोही वा अन्य कुनै चीजमाथि दोष थोपर्नसमेत सक्छौं? अवश्‍यै सक्‍तैनौं। अधिकांश मानिसले जीवनमा प्राप्त गर्ने कुनै पनि सफलताको श्रेय स्वेच्छापूर्वक लिन्छन्‌। तसर्थ, त्यसरी नै स्वेच्छापूर्वक तिनीहरूले आफ्ना दोषहरू पनि स्वीकार्नुपर्ने होइन र?

अतः हामी सोध्नसक्छौं, आज हाम्रो जीवनलाई नियन्त्रण गर्ने को वा के हो, त्यसबारे परमेश्‍वरको पवित्र वचन बाइबलले के बताएको छ?

बाइबलको दृष्टिकोण कस्तो छ?

प्रथमतः हामी सबै हाम्रा प्रथम आमाबाबु आदम र हव्वाबाट वंशानुगतप्राप्त पापसहित जन्मेका छौं भनेर बुझ्नु आवश्‍यक छ। (भजन ५१:५) त्यसबाहेक, हामी “आखिरी दिन” भनिने विशेष समयमा बाँचिरहेका छौं। त्यसबेला मानिसहरूले “डरलाग्दो समय” अनुभव गर्छन्‌। (२ तिमोथी ३:१) साधारणतया यसले के देखाउँछ भने, आफ्नो जीवनमाथि स्वास्थ्यकर नियन्त्रण जमाउन हामीले हाम्रा पूर्वजहरूले भन्दा अझ धेरै समस्याहरू झेल्नुपर्छ।

तैपनि, सबै मानवहरू व्यक्‍तिगत छनौट गर्नसक्ने स्वतन्त्र नैतिक अभिकर्ता हुन्‌। त्यसरी छनौट गर्ने हदसम्म तिनीहरूले आफ्नो जीवनलाई नियन्त्रण गर्छन्‌। यो कुरा प्रारम्भिक समयदेखि नै हुँदै आएको छ भनी यहोशूले इस्राएल राष्ट्रलाई भनेका यी शब्दहरूबाट देख्न सकिन्छ: “तिमीहरूले कसको सेवा गर्ने आजै तिमीहरूले रोज।”—यहोशू २४:१५.

शैतान अर्थात्‌ दियाबललाई स्वर्गबाट फ्याँकिएको छ र अघिभन्दा जोडतोडले सारा मानवजातिमा नराम्रो प्रभाव जमाउने प्रयास त्यसले गर्छ भनेर बाइबलले बताउँछ। यसले अझ के बताउँछ भने, प्रेरित यूहन्‍नाको समयमा पनि सारा संसार दुष्टको अधीनमै थियो। (१ यूहन्‍ना ५:१९; प्रकाश १२:९, १२) तथापि, जसरी परमेश्‍वरले हाम्रो प्रत्येक क्रियाकलापलाई नियन्त्रण अर्थात्‌ उहाँलाई मात्र थाह भएको हाम्रो अन्तबारे पूर्वनिर्धारण गर्नुहुन्‍न, त्यसरी नै आफ्ना सबै त्रुटिहरू वा असफलताहरूका लागि शैतानमाथि हामीले सोझै दोष थोपर्नु हुँदैन। सन्तुलित धर्मशास्त्रीय सत्य यस्तो छ, “हरेक मानिस आफ्नै तृष्णाबाट खिंचिई लोभिएर परीक्षामा पर्दछ। तब तृष्णा गर्भवती भएर पापलाई जन्माउँछ, र पाप पूरा बढ़ेपछि मृत्यु उत्पन्‍न गराउँछ।” (याकूब १:१४, १५) प्रेरित पावलले यी प्रेरित शब्दहरू लेखे: “धोकामा नपर, परमेश्‍वरको ठट्टा हुनेछैन, किनभने मानिसले जे रोप्तछ त्यसैको कटनी पनि गर्नेछ।”—गलाती ६:७.

त्यसैले, यहोवा परमेश्‍वरले हामीलाई हाम्रा कार्यहरूका लागि व्यक्‍तिगत तवरमा जवाफदेही ठहराउनुहुन्छ। जनन प्रक्रियाको संरचना तथा वंशानुगतप्राप्त असिद्धताको टेवा लिंदै बहाना बनाउने चेष्टा नगर्न होशियार हुनैपर्छ। परमेश्‍वरले प्राचीन सदोम र गमोराको हिंसात्मक तथा समलिंगी समुदायलाई भ्रष्ट कार्यहरूका लागि जवाफदेही ठहराउनुभयो। स्पष्टतया, उहाँले त्यहाँका बासिन्दाहरूलाई केहीले स्वीकार गर्ने जनन प्रक्रियाको त्रुटिले गर्दा दुष्ट हुन बाध्य दुःखी, अभागी प्राणी ठान्‍नुभएन। त्यस्तैप्रकार, नूहको समयमा बाँचेका मानिसहरूको चारैतिर दुष्ट प्रभावहरू व्याप्त थिए। तैपनि चाँडै आउन लागेको जलप्रलयबाट बच्ने हो भने, तिनीहरूले छनौट गरेर व्यक्‍तिगत निर्णय गर्नुपर्थ्यो। थोरैले मात्र सही छनौट गरे। अधिकांशले गरेनन्‌।

हामीले परमेश्‍वरको अनुग्रह प्राप्त गर्ने हो भने, आफैले आफैलाई नियन्त्रण गर्नु आवश्‍यक छ भनेर हिब्रू भविष्यवक्‍ता इजकिएल यसरी पुष्टि दिन्छन्‌: “तर यदि तैंले दुष्टलाई चेताउनी दिइस्‌ र त्यो आफ्नो दुष्ट्याइँ अथवा आफ्नो दुष्ट चालदेखि फर्कंदैन भने ता त्यो आफ्नो अधर्ममानै मर्नेछ, तर तैंले चाहिं आफ्नो प्राण बचाएको हुनेछस्‌।”—इजकिएल ३:१९.

सर्वोत्तम मदत उपलब्ध छ

निस्सन्देह, आफ्नो जीवनलाई नियन्त्रण गर्न हामी सबैलाई मदत चाहिन्छ र हामीमध्ये थुप्रैको लागि यो एउटा चुनौती नै हो। तर हामी निराश हुनु पर्दैन। वंशानुगतप्राप्त हाम्रा पापी झुकाउहरूलाई परमेश्‍वरले अस्वीकार गर्नुहुने भए तापनि यदि हामीले व्यवहार सुधार्न चाह्‍यौं भने उहाँले आफ्नो पवित्र आत्मा र प्रेरित सत्यको सर्वोत्कृष्ट मदत उपलब्ध गराउनुहुनेछ। हामीमा हुनसक्ने कुनै जनन प्रक्रियाद्वारा हुने पूर्वझुकाउ र हामीलाई असर गर्नसक्ने कुनै बाह्‍य प्रभावहरूको बावजूद ‘पुरानो मनुष्यत्वलाई त्यसका कामहरूसमेत त्यागेर औ नयाँ चोला धारण गरेर, आफूलाई सृष्टि गर्नेको रूपजस्तै भएर पूरा ज्ञानमा परिवर्त्तन’ हुनसक्छौं।—कलस्सी ३:९, १०.

कोरिन्थ मण्डलीका थुप्रै मसीहीहरूले आफ्ना व्यवहारहरूमा नाटकीय परिवर्तनहरू गरे। प्रेरित विवरणले हामीलाई बताउँछ: “व्यभिचारीहरू, मूर्त्तिपूजकहरू, जारी गर्नेहरू, लुच्चाहरू, मतवालाहरू, गाली गर्नेहरू, लुटाहाहरू औ तिमीहरूमा कोही कोही यस्तै थिए, तर प्रभु येशू ख्रीष्टको नाउँमा, र हाम्रा परमेश्‍वरका आत्माले तिमीहरू पखालिएका, पवित्र भएका र धर्मी ठहरिएका छौ।”—१ कोरिन्थी ६:९-११.

हामी आफ्ना असिद्धताहरूसित संघर्ष गरिरहेका छौं भने, हरेस नखाऔं। आधुनिक समयका थुप्रै मसीहीहरूले यहोवाको मदतद्वारा ‘मन परिवर्तन गर्न र परमेश्‍वरका असल, मनपर्ने र सिद्ध इच्छा जाँच्न’ सक्षम भएको प्रमाण दिएका छन्‌। तिनीहरूले आफ्नो मन सच्चा, धार्मिक, चोखा, मनपर्दा, सद्‌गुण र प्रशंसनीय कुराहरूले टम्म भर्छन्‌ अनि तिनीहरू “तिनै कुराको विचार ग[र्छन्‌]।” तिनीहरूले खँदिलो आध्यात्मिक भोजन खान्छन्‌ अनि त्यसको प्रयोगबाट खराब र असल छुट्याउनालाई ज्ञानेन्द्रिय शक्‍तिको अभ्यास गर्छन्‌।—रोमी १२:२; फिलिप्पी ४:८; हिब्रू ५:१४.

आधुनिक समयका मसीहीहरूको संघर्ष, क्षणिक असफलताहरू र अन्ततः परमेश्‍वरको पवित्र आत्माको मदतद्वारा प्राप्त सफलताबारे थाह पाउनु प्रोत्साहनदायी हुन्छ। हाम्रो व्यवहार परिवर्तन गर्नुमा अक्सर हृदय र इच्छा समावेश हुन्छ भनेर परमेश्‍वर हामीलाई विश्‍वस्त पार्नुहुन्छ: “बुद्धि तेरो मनभित्र गाड़िनेछ, र ज्ञान तेरो हृदयको आनन्द हुनेछ। विवेकले तँमाथि हेरचाहा गर्नेछ, समझ-शक्‍तिले तेरो रक्षा गर्नेछ। त्यसले तँलाई खराब चालबाट . . . जोगाउनेछ।”—हितोपदेश २:१०-१२.

तसर्थ, दुष्ट संसारका कठिनाइहरू र दुर्बल असिद्धताहरूबाट मुक्‍त अनन्त जीवन प्राप्त गर्ने लक्ष्य राख्न चाहनुहुन्छ भने, अहिल्यै आफ्नो जीवनलाई नियन्त्रण गर्न र स्वर्गबाट प्राप्त हुने ज्ञानद्वारा निर्देशित हुन ‘प्रयत्न गर्नुहोस्‌।’ (लूका १३:२४) यहोवाको पवित्र आत्माको मदत लिनुहोस्‌। त्यसो गर्नुभयो भने तपाईंले आत्मसंयमको फल फलाउन सक्नुहुन्छ। परमेश्‍वरका व्यवस्थाहरूअनुरूप जीवन ढाल्ने तृष्णा भित्री हृदयदेखि गर्नुहोस्‌ र यस सल्लाहलाई पालन गर्नुहोस्‌: “कुनै मूल्यवान वस्तुलाई भन्दा पनि आफ्नो हृदयलाई सुरक्षित राख्‌, किनभने त्यो सारा जीवनको मूल हो।” (हितोपदेश ४:२३) परमेश्‍वरले येशू ख्रीष्टको छुडौतीको बलिदानको आधारमा सबै जनन प्रक्रियाहरूको कमजोरीहरूलाई सुधार्नुहुने उहाँको नयाँ संसारमा “साच्चै जीवन” प्राप्त गर्नुहुँदा तपाईंले यस संसारमा आफ्नो जीवन नियन्त्रणको लागि गर्नुभएका सबै प्रयासहरू सार्थक हुनेछन्‌!—१ तिमोथी ६:१९; यूहन्‍ना ३:१६.

[पृष्ठ ९-मा भएको चित्र]

बाइबल अध्ययनले हामीलाई गहिरोसित जरा गाडेर बसेको कमजोरीहरूमाथि विजय हासिल गर्न मदत दिनसक्छ

[पृष्ठ ९-मा भएको चित्र]

बाइबल अध्ययनले हामीलाई परमेश्‍वरका नैतिक स्तरहरू बलियोसित पक्रिन मदत गर्नसक्छ

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने