प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • g९६ १०/८ pp. २२-२४
  • रमाइलो समय म कसरी प्राप्त गर्नसक्छु?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • रमाइलो समय म कसरी प्राप्त गर्नसक्छु?
  • ब्यूँझनुहोस्‌!—१९९६
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • एकसाथ कामकुरा गर्ने
  • उत्थानदायी सामाजिक जमघटहरू
  • पारिवारिक मोजमज्जा
  • जब तपाईं एक्लो हुनुहुन्छ
  • यहोवाको सेवामा “आनन्द”
  • कहिलेकाहीं रमाइलो गरेर के भो त?
    युवा जनहरूका प्रश्‍न तथा त्यसका उपयोगी जवाफ
  • स्फूर्ति दिने स्वस्थकर मनोरञ्जन
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००६
  • आफ्नो परिवारलाई विनाशकारी प्रभावहरूबाट बचाउनुहोस्‌
    पारिवारिक आनन्दको रहस्य
  • जवानहरू हो—संसारको आत्माको विरोध गर्नुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९९
ब्यूँझनुहोस्‌!—१९९६
g९६ १०/८ pp. २२-२४

युवा जनहरू सोध्छन्‌ . . .

रमाइलो समय म कसरी प्राप्त गर्नसक्छु?

“मलाई लाग्छ, हामीले निकै मोजमज्जा गर्न पाउँछौं। हाम्रो मण्डलीले एकसाथ भेला हुन साँच्चै प्रयास गर्छ। हामीले स्वास्थ्यकर मोजमज्जा गर्न पाएका छौं। संसारका अधिकांश बच्चाहरूले स्वास्थ्यकर मोजमज्जाको आनन्द उठाउन पाएका छैनन्‌।”—जेनिफर

मनोरञ्जन—बेलाबखत सबैलाई चाहिन्छ। द वर्ल्ड बूक इन्साइक्लोपीडिया भन्छ, मनोरञ्जनले “व्यक्‍तिविशेषको मानसिक तथा शारीरिक सुस्वास्थ्यमा महत्त्वपूर्ण योगदानसमेत” पुऱ्‍याउनसक्छ। ओहो! त्यसैले पो बाइबलले पनि “हाँस्ने एउटा समय” छ भन्छ। भनाइको तात्पर्य रमाउने एउटा समय छ!—उपदेशक ३:१, ४.a

“मनोरञ्जन” शब्द “हृदयको आनन्द” अर्थ लाग्ने संयुक्‍त संस्कृत शब्दबाट लिइएको हो। (संस्कृत अंग्रेजी शब्दकोश) दुःखको कुरा, “मोजमज्जा[का]” लागि युवा जनहरूले गर्ने धेरैजसो कुराहरूजस्तै जंगली पाराको भोज, अथवा लागू पदार्थ र मद्यको दुर्व्यसनी हुनु वा अवैध यौनसम्बन्ध वास्तवमा पुनःताजगी दिने त होइनन्‌ तर विनाशकारी भने पक्कै हुन्‌। तसर्थ, रमाइलो र स्वास्थ्यकर दुवै हुने मनोरञ्जनात्मक क्रियाकलापहरू भेटाउनु वास्तवमा चुनौती नै हुनसक्छन्‌। तर सुरुमै उद्धरण गरिएकी जेनिफरको भनाइअनुसार असम्भव चाहिं होइन!

एकसाथ कामकुरा गर्ने

हालै ब्यूँझनुहोस्‌!-ले यस विषयमा थुप्रै युवा जनहरूसित अन्तरवार्ता लिएको थियो। अरू युवाहरूसित एकसाथ भेला हुँदा रमाइलो लागेको कुरा धेरैजसोले बताए। के तपाईंलाई पनि त्यस्तै लाग्छ? तर के तपाईं अक्सर कुनै निम्तो नै पाउनुहुन्‍न? त्यसो भए किन आफै अघि सर्नुहुन्‍न त? उदाहरणका लागि, ली नाउँकी एउटी दक्षिण अफ्रिकी ठिटीले यसो भनिन्‌: “मलाई कुनै खास चलचित्र हेर्न मन लागिरहेको छ भने म मेरो साथीलाई फोन गर्छु अनि हामी अरू साथीहरूलाई पनि त्यसबारे बताउँछौं।” तिनीहरू अक्सर उज्यालै छँदा चलचित्र हेर्न आउँछन्‌। त्यसपछि तिनीहरूका आमाबाबु तिनीहरूलाई लिन आउँछन्‌ र एकसाथ कुनै स्थानीय भोजनालयमा साँझको खाना खान जान्छन्‌।

खेलकुदहरूले पनि स्वास्थ्यकर व्यायाम तथा संगतिका अवसरहरू प्रदान गर्छन्‌। (१ तिमोथी ४:८) जवान रोलीन भन्छिन्‌: “मलाई कहाँ जान मन लागिरहेको छ त्यसबारे सबैभन्दा पहिले म आफ्नो परिवारसित छलफल गर्छु। अनि त्यसपछि हामीसित सामेल हुन सानो समूहलाई बोलाउँछौं।” वास्तवमा मसीही जवानहरूले अरूसित मिलेर खेल्ने विभिन्‍न मन पर्दा स्वास्थ्यकर खेलकुदहरू पत्ता लगाएका छन्‌। ती हुन्‌: स्केटिङ, साइकल चढ्‌नु, बिस्तारै दौडनु अनि टेनिस, बेसबल, फुटबल र भलिबलजस्ता केही खेलहरू खेल्नु इत्यादि।

वास्तवमा रमाइलो समय प्राप्त गर्न तपाईंले भव्य सरसामान किन्‍नु वा धेरै खर्च गर्नु आवश्‍यक छैन। एक मसीही किशोरी भन्छिन्‌, “मेरा आमाबाबु, साथीभाइहरूसित मैले नजीकैका डाँडाहरू चढेर अनि जंगल डुलेर निकै रमाइला क्षणहरू बिताएका छौं। ताजा सरसराउँदो हावामा आफ्नो मिल्ने साथीहरूसित घुम्न पाउनु मात्रै पनि ज्यादै रमाइलो हुन्छ!”

उत्थानदायी सामाजिक जमघटहरू

तथापि, धेरैजसो जवानहरूका लागि मोजमज्जा गर्नुको अर्थ सामाजिक जमघटहरूमा उपस्थित हुनु पनि हो। जवान आभेड भन्छिन्‌, “खानपिन गर्न र संगीत सुन्‍न साथीहरूलाई बोलाउँदा हामीलाई ज्यादै रमाइलो लाग्छ।” मसीहीहरू माझ सामाजिक जमघटहरूको पनि उचित स्थान छ। येशू ख्रीष्ट आफैले पनि विशेष भोजन, विवाह भोज र सामाजिक जमघटहरूमा भाग लिनुभएको थियो। (लूका ५:२७-२९; यूहन्‍ना २:१-१०) त्यसैगरि भोजन र प्रोत्साहनदायी संगतिहरूबाट प्रारम्भिक समयका मसीहीहरूले रमाइला अवसरहरूको आनन्द उठाए।—यहूदा १२ तुलना गर्नुहोस्‌।

तपाईंका आमाबाबुले तपाईंलाई जमघट आयोजना गर्न अनुमति दिनुहुन्छ भने, त्यतिखेर समस्या खडा हुन नदिन र सबैले रमाइलो समयको आनन्द उठाओस्‌ भन्‍ने हेतुले तपाईं के गर्न सक्नुहुन्छ? होशियारीसाथ गरिएको योजना नै यसको कुञ्जी हो। (हितोपदेश २१:५) जस्तै: उचित ढंगले निरीक्षण गर्न सकिने मात्रामा साथीहरूलाई निम्तो दिनु बुद्धिमानी देखिन्छ। स-साना जमघटहरूमा “होहल्ला गर्दै मोजमज्जा गर्ने” वा “जंगली भोजहरू” हुने सम्भावना निकै कम हुन्छ।—गलाती ५:२१; बाइङटन।

प्रथम शताब्दीका मसीहीहरूलाई ‘बेकायदासाथ हिंड्‌नेहरूसित’ संगत नगर्नू भन्‍ने चेताउनी दिइएको थियो। (२ थिस्सलोनिकी ३:११-१५) अनि आज जमघट भताभुंग नपार्ने सर्वोत्तम तरिका हुल्लडबाज र अनियन्त्रित जवानहरूलाई ननिम्त्याउनु हो। अतः आफूले निम्त्याउने व्यक्‍तिहरू छनौट गर्न होशियार हुनुपरे तापनि सधैं उही साथीहरूलाई मात्र ननिम्त्याउनुहोस्‌। ‘ठूलो मनको’ हुनुहोस्‌ र मण्डलीका पाको जनलगायत अरूसित पनि चिनजान बढाउन अग्रसर हुनुहोस्‌।—२ कोरिन्थी ६:१३.

के तपाईं हल्का खानाको प्रबन्ध गर्नुहुनेछ? त्यसो हो भने, तपाईंका अतिथिहरूले रमाइलो मानोस्‌ भनेर ती खानाहरू भव्य वा महंगो हुनुपर्दैन। (लूका १०:३८-४२) दक्षिण अफ्रिकाकी सानचे भन्छिन्‌, “कहिलेकाहीं राती हामी पिज्जा खान बोलाउँछौं।” अतिथिहरूले पनि अक्सर स्वेच्छापूर्वक केही खानाहरू ल्याउनेछन्‌।

चुपो लागेर टिभी हेर्नु, संगीत सुन्‍नु वा कुरा गर्नुबाहेक जमघटमा तपाईंले गर्नसक्नुहुने कुरा के के हुन्‌? सानचे भन्छिन्‌, “हामी अक्सर साँझ के गर्ने, त्यसबारे पूर्वयोजना बनाउँछौं। हामीले खेलेका थियौं वा एकसाथ गीत गाउन सकोस्‌ भनेर कसैले पियानो बजाउँथ्यो।” एक दक्षिण अफ्रिकी जवान मासेन भन्छन्‌: “हामी कहिलेकाहीं तास, चेकर र चेस खेल्छौं।”

सुरुमा उद्धरण गरिएकी जेनिफरले ब्यूँझनुहोस्‌!-लाई यसो भनिन्‌: “हाम्रो मण्डलीका एक प्राचीनले हामीलाई बाइबल खेल खेल्न निम्त्याउनुहुन्छ। राम्ररी खेल्नको लागि तपाईंसित बाइबलको राम्रो ज्ञान हुनुपर्छ।” ब्यूँझनुहोस्‌!-का प्रतिनिधिले अन्य जवानहरूलाई पनि सोध्यो: “के तपाईंहरूलाई बाइबल खेल उसबेलाको खेलजस्तो लाग्दैन?” लगभग सबैले ठूलो स्वरमा जवाफ दिए, “लाग्दैन!”

“यो चुनौतीपूर्ण छ,” एउटी किशोरीले भनिन्‌। “मजा हुन्छ!” अर्कीले भनिन्‌। बाइबल खेल मजा गर्न खेलिंदा र प्रतिस्पर्धात्मक भावना नियन्त्रणमा राख्दा ती खेलहरू रमाइलो र ज्ञानवर्धक साबित हुनसक्छन्‌!—ब्यूँझनुहोस्‌! जून २२, १९७२, अंकको (अंग्रेजी) “जमघट रमाइलो र फाइदाजनक बनाउने” हेर्नुहोस्‌।

पारिवारिक मोजमज्जा

बाइबलकालीन परिवारहरूले एकसाथ केही प्रकारका मनोरञ्जनहरूबाट आनन्द उठाउनु असामान्य कुरा थिएन। (लूका १५:२५) तथापि, आमाबाबुहरूबारे बच्चाहरूको पुस्तक-का (अंग्रेजी) युवा लेखकहरूले गरेका अवलोकन यस्तो छ: “आमाबाबु तथा बच्चाहरू हिजोआज यत्ति व्यस्त छन्‌, तिनीहरूसित कामकुराहरूबारे योजना बनाउने फुर्सतै हुँदैन . . . हाम्रो विचारमा आमाबाबु तथा बच्चाहरूले मोजमज्जा गर्नको लागि मात्र प्रत्येक हप्ता एकसाथ समय बिताउन पक्का गर्नु आवश्‍यक छ।”

पाकी नाउँकी अफ्रिकी जवान भन्छिन्‌, “शुक्रबार हाम्रो पारिवारिक दिन हो। हामीहरू अक्सर एकसाथ खेल्छौं।” अनि आफ्ना दाजुभाइ दिदीबहिनीहरूलाई पनि नबिर्सनुहोस्‌। जवान ब्रान्विन यसो भन्छिन्‌: “मेरी बहिनीसित म चित्र कोर्न वा कुनै कलात्मक काम गर्न रुचाउँछु।” के तपाईं आफ्नो परिवारसित मिलेर मोजमज्जा हुने केही क्रियाकलापहरू गर्न अग्रसर हुन र सुझाउ दिनसक्नुहुन्छ?

जब तपाईं एक्लो हुनुहुन्छ

तपाईं एक्लो हुनुहुन्छ भने नि? यसको मतलब तपाईंले पट्याइँलाग्दो वा एकाकीपन महसुस गर्नुपर्छ भन्‍न खोजिएको होइन। यस्तो समयमा गर्न सकिने फलदायी र रमाइला थुप्रै कामहरू छन्‌। उदाहरणस्वरूप सोखलाई लिनसकिन्छ। बाइबल समयदेखि नै पुरुष तथा स्त्रीहरूले संगीत विद्या सिक्नु निकै समृद्धशाली पाए। (उत्पत्ति ४:२१; १ शमूएल १६:१६, १८) “म पियानो बजाउँछु,” रेचेल भन्छिन्‌। “पट्याइँ लागेको बेला तपाईं पियानो बजाउन सक्नुहुन्छ।” संगीतप्रति तपाईंको झुकाउ छैन भने तपाईं सिलाइ-बुनाइ, गोडमेल, टिकट संकलन गर्ने वा विदेशी भाषा सिकेर पनि आनन्द उठाउन सक्नुहुन्छ। अनि बोनसको रूपमा तपाईंले त्यस्ता सीपहरूको पनि विकास गर्न सक्नुहुन्छ, जुन पछि लाभदायी साबित हुनेछन्‌।

इसहाकजस्ता विश्‍वासी पुरुषहरूले मनन गर्न एकान्त ठाउँहरू खोज्थे भनी बाइबलले हामीलाई बताउँछ। (उत्पत्ति २४:६३) एक जवान अष्ट्रियन पुरुष हान्स यसो भन्छन्‌: “कहिलेकाहीं म बगैंचाको शान्त ठाउँमा जान्छु र त्यहाँ बसेर सूर्यास्त हेर्छु। यसो गर्दा म ज्यादै आनन्दित हुन्छु र यहोवा परमेश्‍वरसित अझ घनिष्ठ हुने मदत पाउँछु।”

यहोवाको सेवामा “आनन्द”

यहोवाको सेवा गर्न ख्रीष्टले “आनन्द” उठाउनुहुने थियो भनेर बाइबलले भविष्यवाणी गरेको थियो। (यशैया ११:३) अनि परमेश्‍वरलाई चढाइने पवित्र सेवा वास्तवमा मनोरञ्जन नभए तापनि यो पुनःताजगी प्रदान गर्ने र तृप्त गराउने हुनसक्छ।—मत्ती ११:२८-३०.

माथि उद्धरित हान्स अर्को आनन्ददायी अनुभव सम्झन्छन्‌। तिनी भन्छन्‌: “मेरा साथीहरू र म [उपासनाको लागि] सम्मेलन भवनको निर्माणस्थलमा हामीले काम गरेका ती सप्ताहन्तहरू सम्झन रुचाउँछौं। हामीले एकसाथ कसरी काम गर्ने, त्यो सिक्यौं र हामीले एकअर्कालाई अझ राम्ररी चिन्‍ने मौका पायौं। ती क्षणहरू सम्झँदा हामीले गरेका काम फलदायी र मज्जाको पनि थियो भनेर सन्तुष्ट हुन्छौं।”

यी मसीही जवानहरूको प्रमाणले एउटा तथ्य प्रष्टिएको छ: रमाइलो समय प्राप्त गर्ने मौका तपाईंले गुमाउनु पर्दैन। बाइबल सिद्धान्तहरू पालन गर्नुहोस्‌। कल्पनाशील हुनुहोस्‌! स्वास्थ्यकर कुराहरूमा अग्रसर हुनुहोस्‌! अनि तपाईंले आफूलाई भत्काउने होइन तर बलियो बनाउने भिन्‍नाभिन्‍नै तरिकाहरूको आनन्द उठाउन सक्नुहुनेछ।

[फुटनोट]

a हाम्रो जुलाई २२, १९९६ (अंग्रेजी) को “युवा जनहरू सोध्छन्‌ . . . अन्य युवायुवतीहरूले मात्र किन भएभरको मोजमज्जा गर्न पाएका छन्‌?” लेख हेर्नुहोस्‌।

[पृष्ठ २३-मा भएको ठूलो अक्षरको क्याप्सन]

“ताजा सरसराउँदो हावामा आफ्नो मिल्ने साथीहरूसित घुम्न पाउनु मात्रै पनि ज्यादै रमाइलो हुन्छ!”

[पृष्ठ २३-मा भएको चित्र]

साथीहरूसित रमाइलो समय बिताउन तपाईंले धेरै खर्च गर्नुपर्दैन

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने