प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • g९७ ४/८ p. ३१
  • हार्दिक अनुरोध

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • हार्दिक अनुरोध
  • ब्यूँझनुहोस्‌!—१९९७
  • मिल्दोजुल्दो सामग्री
  • बच्चा जन्मेपछि वैवाहिक जीवनमा आउने परिवर्तनहरू
    सुखी परिवार तर कसरी?
  • बच्चाहरूको आवश्‍यकता र चाहना
    ब्यूँझनुहोस्‌!—२००४
  • नयाँ जन्म—यसको उपलब्धि?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००९
  • बच्चा जन्मँदा वैवाहिक जीवनमा कस्तो परिवर्तन आउन सक्छ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०११
थप हेर्नुहोस्
ब्यूँझनुहोस्‌!—१९९७
g९७ ४/८ p. ३१

हार्दिक अनुरोध

मे ८, १९९६ को ब्यूँझनुहोस्‌!-मा (अंग्रेजी) धर्मपुत्र-पुत्री बनाउनेबारे एउटा श्रृंखलाबद्ध लेख छापिएको थियो। विश्‍वभरिका हाम्रा पाठकहरूले त्यस लेखबारे आफ्नो प्रतिक्रिया व्यक्‍त गर्नुभएको देखेर हामी दंग पऱ्‍यौं। निम्न पत्रचाहिं विशेषगरि मनै छुने खालको थियो।

“आफ्ना छोराछोरी त्याग्नु परेका मजस्तै धेरैले वास्तवमा उनीहरूलाई त्याग्न चाहेका हुँदैनन्‌ भनेर बताउन म बाध्य भएकी छु। म किशोरावस्थामा अविवाहित छँदै गर्भवती भएकी थिएँ र त्यतिखेर स्कूलमा पढ्‌दै थिएँ। म दुइ जीउकी भएँ भनेर आमाबाबुले थाह पाउने बित्तिकै उहाँहरूले मलाई बच्चाको हकहितका लागि उसलाई आफूसित राख्ने इच्छा भए तापनि अरूको जिम्मा लाइदिनुपर्छ भन्‍नुभयो। ‘बच्चालाई आमाबाबु दुवै चाहिन्छ’ भनेर मलाई बताइएको थियो र म मेरो बच्चालाई आमाबाबु दुवैको संरक्षण दिन सक्दिनँ थिएँ। मेरा आमाबाबु मैले बच्चा आफूसित नराखोस्‌ भनेर चाहनुहुन्थ्यो। बच्चालाई आफूसित राखें भने उहाँहरूले मलाई घरबाट निकालिदिनु हुनेथियो। म के नै गर्नसक्थें र? उहाँहरूले मसित तर्क वितर्क गर्न थाल्नुभयो: ‘तिमीमाथि थप जिम्मेवारी आइपर्नेछ र पछि तिमी त्यही बच्चालाई कोसनेछौं।’

“म दुइ जीउकी भएको देखिन थाल्ने बित्तिकै मलाई स्कूल जान रोक लगाइयो र म नातेदारकहाँ बस्न पठाएँ। बच्चा जन्माएर अरूको जिम्मा नलगाउञ्जेल म घरमा पस्न पाउँदिनँ भनेर मलाई राम्ररी थाह थियो।

“म अविवाहित आमाहरूको लागि बनाइएको गृहमा पठाइएँ। मैले आफ्नो बच्चालाई अरूको जिम्मा लाउन खोजेको हो वा होइन पक्का गर्न समाज सेविकाले सोधिन्‌। म आफ्नो बच्चालाई अरूको जिम्मामा छोड्‌न बाध्य पारिएकी थिएँ भनेर तिनलाई थाह नभएको तिनको सोधाइबाटै चाल पाएँ। म आफ्नो बच्चालाई आफूसितै राख्न चाहन्थें! म उसलाई सधैं हाँसिरहेको र रमाएको हेर्न चाहन्थें। जन्म दिने थुप्रै आमाहरूका भावनाहरू मेराजस्तै हुन्छन्‌ भनेर तपाईंका पाठकहरूले बुझ्नु आवश्‍यक छ।

“कसैले मलाई राम्रो विकल्प दिएन। अतः मेरो छोराको ‘हकहितको’ लागि जे ठीक छ भनेर मलाई बताइयो, म त्यही गर्न विवश भएँ। त्यसबेलादेखि मनमा ठूलो बोझ लिएर बाँचिरहेकी छु। मेरो छोराले मैले उसलाई वास्तै गरिनँ र मैले उसलाई चाहँदै चाहिनँ भन्ठान्ला भन्‍ने चिन्ताले मलाई खाइरहेको छ।

“परमेश्‍वरको वचनलाई जीवनमा प्रयोग नगर्दा हामीले कठिन परिस्थितिहरूको सामना गर्नुपर्ने हुन्छ भन्‍ने बाइबलको सल्लाहलाई अहिले मसीहीको नाताले सधैं मोल गर्छु। त्यसबाहेक बाइबलले सांसारिक तर्कहरूले गर्दा हुने परिणामहरू निकै कष्टप्रद र पछिसम्म असर गर्ने हुन्छन्‌ भनेर पनि औंल्याएको छ। तर जेसुकै होस्‌, आफ्नो छोराछोरी अरूको जिम्मा लगाउनुको अर्थ उनीहरू कदापि त्यागिएका होइनन्‌। यो कुरा उनीहरूले बुझ्नु आवश्‍यक छ। कृपया उनीहरूलाई बताइदिनुहोस्‌!”

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने