प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • g९७ ९/८ पृ. २८-२९
  • विश्‍वदर्शन

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • विश्‍वदर्शन
  • ब्यूँझनुहोस्‌!—१९९७
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • किताब पढ्‌ने चलन अझै लोकप्रिय
  • “अज्ञात शत्रुहरूको” खोजमा
  • “पवित्र” बाँदरहरूले हैरान गरे
  • आखिर पानी नै
  • अब हेपाटाइटिस जी
  • “सहस्रवर्षे बग”
  • हात्तीको विष्ठाबाट कागज
  • खाद्यान्‍नबाट उत्पन्‍न हुने रोगहरू
  • बिनाखर्च हैजाको रोकथाम
  • पाठकहरूका प्रतिक्रिया
    ब्यूँझनुहोस्‌!—१९९८
  • विश्‍वदर्शन
    ब्यूँझनुहोस्‌!—२००१
ब्यूँझनुहोस्‌!—१९९७
g९७ ९/८ पृ. २८-२९

विश्‍वदर्शन

किताब पढ्‌ने चलन अझै लोकप्रिय

पलिसी स्टडिज इन्सटिच्युटले गरेको सर्वेक्षणअनुसार कम्प्युटर प्रविधिले अझैसम्म अंग्रेजहरूको पढ्‌ने बानी परिवर्तन गर्न सकेको छैन। द टाइम्स-मा बताएअनुसार, “सर्वेक्षण गरिएकाहरूमध्ये आधा जतिले के बताए भने, तिनीहरू रमाइलोको लागि पुस्तक पढ्‌छन्‌। यसरी पढ्‌नेहरूको अनुपात १९८९ देखि यता खास हेरफेर भएको छैन।” पुरुषहरूको तुलनामा स्त्रीहरूले धेरै पढ्‌ने गर्छन्‌ र ५५ वर्षभन्दा माथिकाहरूले सबैभन्दा बढी पढ्‌छन्‌। पाकशिक्षा पुस्तक सबैभन्दा लोकप्रिय छन्‌, त्यसपछि अपराध वा हत्या तथा जासुसी कथाहरू, रोमान्स उपन्यासहरू र २० औं शताब्दीका कथाहरू। तीस प्रतिशत परिवारसँग कम्प्युटर भए तापनि ७ प्रतिशतले मात्र सिडी-रोमलाई पुस्तकको सट्टामा प्रयोग गर्छन्‌। अनि द टाइम्स यसो पनि भन्छ, बिदाका दिनहरूमा टहल्दा खेरि ल्यापटप कम्प्युटरहरू बिग्रेजस्तो पुस्तकहरू बिग्रन सक्दैनन्‌। जस्तो, समुद्री तटमा जाँदा बालुवाका कणहरूले अनि भूमिगत बाटोमा ठोक्कर खाँदै हिंड्‌दा पनि केही हुँदैन। साथै मीठो शैलीमा लेखिएको पुस्तक “असाध्यै रमाइलो हुन्छ किनकि त्यसमा घतलाग्दा कुराहरू हुन्छन्‌।”

“अज्ञात शत्रुहरूको” खोजमा

सन्‌ १९९७ मा रोम, इटालीका मानिसहरूले सोचेभन्दा दुइ महिनाअगावै एलर्जी वा परागको कारण हुने जरोले आक्रमण गऱ्‍यो भनेर कोरिरे देला सेरा बताउँछ। एक एलर्जी विशेषज्ञअनुसार, यसअघि परागको कारणले “पृथ्वीको सामान्य तापक्रम निकै बढेको हुँदा हिउँदको समयावधि छोटो भयो।” त्यही समाचारपत्र के भन्छ भने, “मौसम राम्रो भएका दिनहरूले नै अज्ञात परागहरू ल्याएका छन्‌ र यसलाई समाधान गर्ने उपाय विशेषज्ञहरूले पनि पाएका छैनन्‌।” तसर्थ, यो “अज्ञात कारणको खोज” सुरु भइसकेको छ। तर “एलर्जीद्वारा मानिसहरू बिरामी भइरहेका छन्‌, जसको कारण भने पत्ता लगाउन सकिएको छैन।”

“पवित्र” बाँदरहरूले हैरान गरे

पुरातन समयदेखि नै रानो बाँदरहरू भारतको वृन्दावनमा बसोबास गर्दै आएका छन्‌ भनी बाँदर विशेषज्ञ इक्बाल मलीक भन्छिन्‌। धेरै मानिसहरू बाँदरलाई पवित्र ठान्छन्‌। हालसम्म तिनीहरूलाई हिन्दूहरूका पवित्र शहरहरूमा आवतजावत गर्दा केही गरिंदैन थियो। न्यु साइन्टिस्ट पत्रिकाअनुसार, धेरै तीर्थयात्रीहरू ओइरिएर ती बाँदरहरूलाई खानेकुरा दिने गरेकोले हालैका वर्षहरूमा तिनीहरूको संख्या निकै बढेको छ। बाँदरहरूलाई खानेकुरा दिनाले समृद्धि ल्याउँछ भन्‍ने धारणा छ। तथापि, प्रशस्त मात्रामा हरिया बोटबिरुवा नभएकोले यी बाँदरहरू आफ्नो जीवन धान्‍न मानिसहरूले दिएका कुरामा बाँच्न पर्ने भइसकेका छन्‌। “यी बाँदरहरूले झोलाहरू खोस्ने र आहाराको खोजमा घरभित्र पस्न थालेका छन्‌।” त्यसैले, करिब ६० प्रतिशत जति ती बाँदरहरू पक्रेर ग्रामीण इलाकामा सार्न स्थानीय बासिन्दाहरू राजी भएका छन्‌। मलीक भन्छिन्‌: “परमेश्‍वर भनौंदा बाँदरहरूले हैरान गरे।”

आखिर पानी नै

“ओजोन तहमा हानि नपुऱ्‍याई आगो निभाउने रासायनिक पदार्थको खोज गर्दा आखिर . . . पानी नै सबैभन्दा उपयुक्‍त पाइएको छ,” न्यु साइन्टिस्ट बताउँछ। “परीक्षणको क्रममा सयौंचोटि आगो निभाएर हेरेपछि ट्रोन्डीयमस्थित नर्वेका आगो अनुसन्धान प्रयोगशाला एउटा निष्कर्षमा पुगेको छ। त्यो हो, अग्निमोचकहरूमा बढी मात्रामा प्रयोग गरिने ओजोन-नाशक हेलोनको वैकल्पिक रूपमा पानीको वाफ प्रयोग गर्न सकिन्छ।” हेलोन अर्थात्‌ कार्बन, ब्रोमाइन र फ्लोराइनको यौगिकले आगो बल्न दिंदैन। पानीका थोपाहरूले पनि त्यही काम गर्छन्‌। ती थोपाहरू अक्सिजनलाई हटाउन बाफ बन्‍नुका साथै त्यसको आकार १,७०० गुणा बढ्‌छ। सानो र ज्वालाबिना सल्केको आगो छ भने मात्र पानी हेलोन जत्तिको प्रभावकारी हुँदैन किनकि वाफ बन्‍न चाहिएको तापमान पानीले पाउन सक्दैन। तर हेलोनको कृत्रिम विकल्पहरूको खोज भने अझै पनि चलिरहेको छ, किनकि पानीको प्रयोगद्वारा अर्को समस्या खट्‌किने भयो। त्यो हो, पानी बेचेर कसरी पैसा कमाउने त।

अब हेपाटाइटिस जी

रक्‍तक्षेपण गरेको महिना दिन नपुग्दै रोगीहरू हेपाटाइटिस जी जीवाणुले संक्रमित भए भन्‍ने कुरा जापानका चिकित्सकहरूले पुष्टि गरेका छन्‌। संयुक्‍त राज्यमा सन्‌ १९९५ मा पत्ता लगाइएको यो नयाँ रोग हो। सन्‌ १९९२ देखि १९९४ मा टोक्योस्थित टोरानोमन अस्पतालमा कलेजोको क्यान्सर भएका थुप्रै रोगीहरूको शल्यक्रिया गरिएको थियो। तिनीहरूका रगतलाई पुनः परीक्षण गर्दा चिकित्सकहरूले के पत्ता लगाए भने, शल्यक्रिया गर्न अगावै ५५ जनामध्ये २ जना संक्रमित भए र ७ जना चाहिं शल्यक्रियापछि संक्रमित भए। चिकित्सकहरू भन्छन्‌, ती ७ रोगीहरूलाई दिइएको रगत संक्रमित थियो जो सालाखाला ७१ जनाले रक्‍तदान गरेका थिए। उक्‍त रगतको १.४ प्रतिशत नयाँ जीवाणुद्वारा संक्रमित थियो। हेपाटाइटिस जी जीवाणु अथवा यस्ता रोगीहरूद्वारा अझै कति हेपाटाइटिस वा कलेजोको क्यान्सर वृद्धि हुने हो भन्‍ने विषयमा पर्याप्त जानकारी हात परेको छैन, आसाही इभनिंग न्युज बताउँछ।

“सहस्रवर्षे बग”

“सन्‌ २००० को समस्यालाई सहस्रवर्षे बग अथवा ‘Y2K’ भनिन्छ।” यो “आधुनिक समयको हिसाब गर्ने तरिकामा देखा परेको सबैभन्दा खज्याङमज्याङ कुरा हो,” यु.एस.न्युज एण्ड वर्ल्ड रिपोर्ट बताउँछ। उक्‍त कुरा १९६० को दशकमा सुरु भएको हो, जुन समय कम्प्युटर असाध्यै महँगो थियो तर त्यसको मेमरी भने धेरै थिएन। कम्प्युटरमा कम ठाउँ लिनको लागि प्रोग्रामरहरूले तारिख लेख्दा वर्षको अन्तिम दुइ अंक मात्र लेख्ने गरे। कम्प्युटरको लागि, १९९७ मात्र “९७” हुन्छ। यसबाट हुने समस्या? “जनवरी १, २००० लाई विश्‍वका लगभग ९० प्रतिशत कम्प्युटर हार्डवेयर र सफ्टवेयरले १९०० को पहिलो दिन ‘भन्ठान्‍नेछ।’ ” यस्ता त्रुटिहरू अहिल्यै देखा परिसकेका पनि छन्‌। न्युजवीक बताउँछ: “कम्प्युटरको समस्याले गर्दा एउटा राज्यको झ्यालखानाका कैयौं कैदीहरूका सजाय अवधिको हिसाब कम्प्युटरले ठीकसँग राख्न सकेन। फलतः तिनीहरूको रिहाइ गरियो। कम्प्युटरले ‘००’ भएको अंक बुझ्न नसक्दा म्याद सिद्धिएको तारिख भन्ठानेर पसल तथा चमेनाघरहरूको केही क्रेडिट कार्डहरू बेकाम भएका छन्‌। अनि वर्षौंअघिका तारिखअनुसार कम्प्युटरले अनुमतिपत्र नवीकरण गर्न नसक्दा थुप्रै राज्यका ट्रक चालकहरूले आफ्नो प्रान्तीय अनुमतिपत्र गुमाउनु परेको छ।” तारिखको कोड फेरबदल गर्न विश्‍वभरिका निगमहरूले अनुमानित ६०,००० करोड अमेरिकी डलर खर्च गर्नुपर्नेछ। अनि तिनीहरूले आगामी दुइ वर्षभित्र यो काम गरिसक्ने आशा राखेका छन्‌।

हात्तीको विष्ठाबाट कागज

माइक बुगाराले आँगनमा बसेर हात्तीको विष्ठा भाँडामा उमाल्दै गरेको देखेर, तिनलाई के भयो भनी छिमेकीहरू सोचमा परे। केहीले त तिनले बोक्सी विद्या खेलाइरहेको भन्ठाने। तर वास्तवमा, तिनले कागज बनाइरहेका थिए। श्रीबुगाराले सर्वप्रथम केरा, मकै र तारपिनका पातबाट कागज बनाए। तर हात्तीको विष्ठामा धेरै मात्रामा पाइने रेशाबाट कागज बनाउन सकिन्छ भनेर केन्याका वातावरण संरक्षकहरूले सोच्न थाले। “मानिसहरूलाई हात्ती संरक्षण गर्नुको महत्त्व देखाउने” प्रभावकारी तरिका यही नै हो भनेर तिनले निधो गरे भनी न्यु साइन्टिस्ट बताउँछ। यस वर्ष आयोजना गरिने केन्या वन्यजन्तु आरक्ष सेवाको ५० औं वार्षिकोत्सवको निमन्त्रणा कार्ड बनाउन तिनले हात्तीको विष्ठाबाट बनाएका कागज नै प्रयोग गरिंदैछ।

खाद्यान्‍नबाट उत्पन्‍न हुने रोगहरू

थुप्रै उपभोक्‍ताहरूले “वर्षभरि नै विभिन्‍न परिकारका ताजा उत्पादनहरूको माग” गरिरहेका छन्‌। अनि “विश्‍वका चारै कुनामा रातारातै मालताल ढुवानी गर्नसक्ने विश्‍वव्यापी व्यापार”-ले यो सम्भव पनि भएको छ, तर यसले गर्दा संयुक्‍त राज्यमा खाद्यान्‍नबाट नौलो रोगहरूको वृद्धि भइरहेछ, जामा (द जर्नल अफ दि अमेरिकन मेडिकल एसोशिएशन) बताउँछ। गत दश वर्षको दौडान गरिएको अध्ययनअनुसार, खाद्यान्‍नबाट उत्पन्‍न हुने कीटाणुद्वारा “संयुक्‍त राज्यमा वर्षेनी ६५ लाखदेखि ८.१ करोड मानिसहरू बिरामी पर्छन्‌ र ९००० जति मर्छन्‌।” जैविक प्रयोगद्वारा उत्पादित खाद्यान्‍न (पशुप्राणीको मल लगाएर उमारिएको खाद्यान्‍न) खपत गर्नाले समस्या उत्पन्‍न हुन्छ भन्‍ने कुरामा पनि केही विशेषज्ञहरू सहमत छन्‌। जामा-को प्रतिवेदनअनुसार, “गाईगोरुको मलमा इ कोली भन्‍ने कीटाणु ७० दिनसम्म बाँच्नसक्छ। त्यसैले, ती कीटाणुहरूलाई नाश गर्न ताप वा नुन अथवा खाद्य सामग्रीलाई बिग्रनबाट बचाउने रासायनिक द्रव्य प्रयोग गरिएन भने यस्तो मलबाट उमारिएको खाद्यान्‍नमा कीटाणुको संख्या बढ्‌दै जानसक्छ।”

बिनाखर्च हैजाको रोकथाम

बिनाखर्च नै हैजा रोकथाम गर्ने तरिका पत्ता लाग्यो भनी वैज्ञानिकहरू विश्‍वस्त छन्‌। यो तरिका हो, खाने पानी फरियामा छान्‍ने। पानीमा बस्ने कोपेपोड्‌स र प्लेंकटोनजस्तो क्रस्टेसिनका आन्द्रामा हैजा उत्पन्‍न गर्ने कीटाणुहरू हुन्छन्‌ भनेर संयुक्‍त राज्यस्थित मेरील्याण्ड विश्‍वविद्यालयका अनुसन्धानकर्ताहरू र बंगलादेशस्थित ढाकाका पखाला रोगसम्बन्धी अन्तरराष्ट्रिय केन्द्रले पत्ता लगाए। हैजा उत्पन्‍न गर्ने ९९ प्रतिशतभन्दा अधिक कीटाणुहरू चार पत्र फरियामा पानी छानेर हटाउन सकिन्छ। त्यसपछि दुइ घण्टाजति घाममा सुकाएर अथवा वर्षातको समयमा हो भने, सुपथ कीटनाशक औषधी प्रयोग गरेर फरियाको कीटाणु नाश गर्न सकिन्छ। लण्डनको समाचारपत्र दी इन्डिपेन्डेन्ट-ले बताएअनुसार, यही वर्षदेखि यो तरिका कार्यान्वयन गर्न थालिनेछ र हैजा संक्रमित इलाकाका व्यक्‍तिहरूलाई यस विधि प्रयोग गर्न सिकाइनेछ।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने