प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • g९८ ६/८ पृ. १०
  • भावी हावापानी

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • भावी हावापानी
  • ब्यूँझनुहोस्‌!—१९९८
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • सृष्टिकर्ताको मायालु प्रतिज्ञा
  • जलवायु परिवर्तन र हाम्रो भविष्यबारे बाइबल के भन्छ?
    थप लेखहरू
  • पृथ्वी विनाशतर्फ अघि बढ्‌दै—यसबारे बाइबल के भन्छ?
    थप लेखहरू
  • अब उप्रान्त मौसमी विपत्तिहरू हुनेछैनन्‌!
    ब्यूँझनुहोस्‌!—२००३
  • के मानिसहरूले गर्दा पृथ्वीको विनाश हुन्छ त?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१४
थप हेर्नुहोस्
ब्यूँझनुहोस्‌!—१९९८
g९८ ६/८ पृ. १०

भावी हावापानी

मानिसहरूले सृजना गरेका थुप्रै वातावरणीय समस्याहरूमध्ये वायुमण्डलको प्रदूषण केवल एक हो। अन्य समस्याहरूमध्ये वन अतिक्रमण, वन्यजन्तुको विनाश तथा नदीनाला, ताल अनि समुद्रको प्रदूषण हुन्‌। यी समस्याहरू एक एक गरी केलाएर ती समस्याहरू सुधार्ने प्रस्तावनाहरू तय पारिएका छन्‌। यी विश्‍वव्यापी समस्या भएकोले समाधान पनि विश्‍वव्यापी हुनु आवश्‍यक छ। समस्या र त्यसको समाधान गर्न के कति कदम चाल्न सकिन्छ भन्‍ने सन्दर्भमा व्यापक सम्झौता भएको छ। हामीले चाल्नुपर्ने कदमबारे अपीलहरू वर्षेनी सुन्छौं। एकपछि अर्को वर्ष बित्दै जान्छ तर खास केही भएको हुँदैन। प्रायजसो, नीतिनिर्माताहरू समस्या देखेर बिलौना गर्छन्‌ अनि त्यसबारे केही गर्नुपर्ने कुरामा सहमति जनाउँछन्‌ तर “अहिले होइन, पछि अरूले गर्ला नि” भन्छन्‌।

सन्‌ १९७० मा प्रथम पृथ्वी दिवसको दिन न्यु योर्क शहरमा प्रदर्शनकारीहरूले एउटा ठूलो संकेत पाटी बोकेका थिए। त्यसमा पृथ्वीले “बचाऊ!” भनी चिच्याइरहेको चिह्न थियो। के कसैले त्यो गुहार सुन्‍नेछ? परमेश्‍वरको वचन यस्तो जवाफ दिन्छ: “राजाहरूमाथि तँ भरोसा नगर्‌, तिनीहरूबाट केही सहायता हुँदैन। त्यसको सास निस्किहाल्छ, त्यो माटैमा मिलिहाल्छ। त्यही दिन त्यसका युक्‍तिहरू नष्ट भइहाल्छन्‌।” (भजन १४६:३, ४) त्यसपछि, भजनरचयिता सृष्टिकर्तातर्फ फर्कन्छन्‌ किनभने मानवजातिले भोगिरहेका सारा जटिल समस्याहरू सुल्झाउने शक्‍ति, बुद्धि तथा इच्छाशक्‍ति उहाँसित मात्र छ। हामी यसो लेखिएको पाउँछौं: त्यो मानिस “सुखी हुन्छ, जसको आशा परमप्रभु तिनका परमेश्‍वरमा, हुन्छ। जसले स्वर्ग र पृथ्वी सृजनुभयो, समुद्र र त्यसमा भएका यावत्‌ थोक।”—भजन १४६:५, ६.

सृष्टिकर्ताको मायालु प्रतिज्ञा

पृथ्वी, परमेश्‍वरले दिनुभएको उपहार हो। उहाँले त्यो रच्नुभयो र पृथ्वीको हावापानी रमाइलो बनाउन चाहिने सम्पूर्ण जटिल तथा अद्‌भुत संरचनासहित सृष्टि गर्नुभयो। (भजन ११५:१५, १६) बाइबल यसो भन्छ: “[परमेश्‍वर] नै हुनुहुन्छ, जसले पृथ्वीलाई आफ्नो सामर्थ्यले सृजनुभयो जसले आफ्नो ज्ञानले संसारलाई स्थापित गर्नुभयो, आफ्नो बुद्धिले उहाँले आकाशलाई फैलाउनुभयो। उहाँको सोरमा आकाशमा पानीको गर्जन हुन्छ। उहाँले पृथ्वीको पल्लो छेउदेखि कुइरो उठाउनुहुन्छ। उहाँले वृष्टिको लागि बिजुली चम्काउनुहुन्छ। र आफ्ना भण्डारबाट बतास चलाउनुहुन्छ।”—यर्मिया १०:१२, १३.

मानवजातिप्रति परमेश्‍वरको प्रेमबारे प्रेरित पावलले पुरातन लिस्त्रा निवासीहरूलाई बताएका थिए। तिनले यसो भने: “[परमेश्‍वरले] आफूलाई विना गवाही छोड़नुभएन, यसरी कि उहाँले तपाईंहरूलाई स्वर्गबाट पानीको झरी र फल फल्ने ऋतु दिएर भलाइ गरी तपाईंहरूका हृदयमा खुराक र आनन्दले भरिदिनुभयो।”—प्रेरित १४:१७.

यस ग्रहको भविष्य मानिसहरूका प्रयास तथा सम्झौताहरूले निर्धारण गर्ने होइनन्‌। हावापानीको सन्दर्भमा, मौसममाथि नियन्त्रण जमाउन सक्नुहुनेले आफ्ना पुरातन जनहरूलाई यस्तो प्रतिज्ञा गर्नुभयो: “म ठीक ठीक समयमा झरी पठाउनेछु, र जमीनले उब्जनी दिनेछ, र खेत-बारीका रूखहरूमा फल-फूल लाग्नेछन्‌।” (लेवी २६:४) चाँडै पृथ्वीभरि मानिसहरूले त्यस्तो अवस्थाको आनन्द उठाउन पाउनेछन्‌। आज्ञाकारी मानवजातिले त्यसउप्रान्त विध्वंसकारी आँधी, ज्वारभाटा, बाढी, खडेरी वा अन्य प्राकृतिक प्रकोपहरू होलान्‌ भनेर कहिल्यै डराउनुपर्ने छैन।

छाल, बतास तथा मौसम रमाइला कुराहरू हुनेछन्‌। मानिसहरूले त्यतिबेला पनि मौसमबारे कुरा गर्लान्‌ तर त्यसबारे केही गर्नेछैनन्‌। परमेश्‍वरले प्रतिज्ञा गर्नुभएको भावी जीवन यति मनोहर हुनेछ कि मौसमबारे केही गर्नु नै पर्नेछैन।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने