प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • g९८ ८/८ पृ. ९
  • पूर्णतया निरोगी हुनु के सपना मात्र हो?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • पूर्णतया निरोगी हुनु के सपना मात्र हो?
  • ब्यूँझनुहोस्‌!—१९९८
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • बिमारीबाट छुटकारा
  • सबैको निम्ति सिद्ध स्वास्थ्य
    ब्यूँझनुहोस्‌!—१९९५
  • रोगबिमार मुक्‍त संसार!
    ब्यूँझनुहोस्‌!—२००७
  • सबैका लागि सुस्वास्थ्य—नजिकै!
    ब्यूँझनुहोस्‌!—२००१
  • सबैको चाहना सुस्वास्थ्य!
    ब्यूँझनुहोस्‌!—२००७
थप हेर्नुहोस्
ब्यूँझनुहोस्‌!—१९९८
g९८ ८/८ पृ. ९

पूर्णतया निरोगी हुनु के सपना मात्र हो?

के तपाईं कहिल्यै सिकिस्त बिरामी पर्नुभएको वा गम्भीर खाले शल्यचिकित्सा गर्नुपरेको छ? त्यसो हो भने सम्भवतः तपाईंले जीवनको अझ बढी मूल्यांकन गर्नुहुन्छ। तर तपाईंको स्वास्थ्य अवस्था जस्तोसुकै भए तापनि के तपाईंलाई आफू कहिल्यै निरोगी हुन सम्भव छ जस्तो लाग्छ? क्यान्सर वा मुटुसम्बन्धी रोगजस्ता अनेकन्‌ आज विद्यमान ठूलठूला रोगहरू हेर्दा त्यस्तो सोच्नु अव्यवहारिक लाग्नसक्छ। वास्तवमा, हामी प्रायजसो सबै समय समयमा बिरामी हुन्छौं। तैपनि, पूर्णतया निरोगी हुने कुरा सपना मात्र होइन।

मानिसलाई स्वस्थ शरीरको आनन्द उठाउन सृजिएको थियो, बिमारी र मृत्युसित संघर्ष गर्नको निम्ति होइन। तसर्थ, बिमारी र मृत्युको प्रतिकार गर्न परमेश्‍वरले ख्रीष्ट येशूको छुडौतीको बलिदानको आधारमा सिद्ध शरीर र अनन्त जीवन पाउने व्यवस्था मिलाउनुभयो। “परमेश्‍वरले संसारलाई यस्तो प्रेम गर्नुभयो, उहाँले आफ्ना एकमात्र पुत्रलाई दिनुभयो, उहाँमाथि विश्‍वास गर्ने प्रत्येक नाश नहोस्‌, तर त्यसले अनन्त जीवन पाओस्‌।” (यूहन्‍ना ३:१६) परमेश्‍वरको प्रतिज्ञाकृत नयाँ संसारमा अनन्त जीवन पाउनेहरूले बिग्रँदो स्वास्थ्य वा बुढ्यौलीसित संघर्ष गर्नुपर्नेछैन। त्यस्तो हो भने अशक्‍तहरूको हालत कस्तो हुनेछ?

बिमारीबाट छुटकारा

येशू ख्रीष्टले बिरामीहरूलाई निको पारेर नमुना बसाल्नुभएको छ। त्यस्तो स्वास्थ्यलाभबारे यसो भनिएको छ: “अन्धाहरू देख्तछन्‌, र लंगड़ाहरू हिंड़दछन्‌। कोरीहरू शुद्ध पारिएकाछन्‌। बहिराहरू सुन्छन्‌। मरेकाहरू बिउँझाइन्छन्‌, र दरिद्रहरूलाई सुसमाचार सुनाइन्छ।” (मत्ती ११:३-५) हो, येशूकहाँ आएका अशक्‍त व्यक्‍तिहरू सबै “निको भए।” (मत्ती १४:३६) फलस्वरूप, “लाटाहरू बोलेका, कूँजोहरू निको भएका लंगड़ाहरू हिंडेका, अन्धाहरूका आँखा खोलिएका देखेर भीड़हरू छक्कै परे, र तिनीहरूले इस्राएलका परमेश्‍वरको महिमा गरे।”—मत्ती १५:३१.

आज, कसैसित पनि त्यसरी निको पार्ने क्षमता नभए तापनि परमेश्‍वरको शासनअन्तर्गत मानिसजाति सबै प्रकारको मानसिक र शारीरिक रोगहरूबाट मुक्‍त भई सिद्ध हुनेछन्‌ भनी ढुक्क हुनसक्छौं। परमेश्‍वरको प्रतिज्ञा प्रकाश २१:३, ४ मा लिपिबद्ध गरिएको छ: “हेर, परमेश्‍वरको बासस्थान मानिसहरूसँग भएको छ। उहाँ तिनीहरूसँग बास गर्नुहुनेछ र तिनीहरू उहाँका मानिसहरू हुनेछन्‌। औ परमेश्‍वर आफै तिनीहरूसँग भएर तिनीहरूका परमेश्‍वर हुनुहुनेछ। उहाँले तिनीहरूका आँखाबाट सबै आँसु पुछिदिनुहुनेछ, र फेरि मृत्यु हुनेछैन। औ शोक, रुवाइ, पीड़ा फेरि केही हुनेछैन। पहिलेका कुराहरू बितिसकेका छन्‌।”

कुनै औषधी कम्पनी वा अस्पताल, शल्यचिकित्सा वा औषधोपचाररहित संसारको कल्पना गर्नुहोस्‌! यसबाहेक, पुनर्स्थापित प्रमोदवनमा निराशा र मानसिक बिरामी पहिलेका कुरा हुनेछन्‌। जीवन साँच्चै रमणीय हुनेछ र आनन्दमय अवस्था सधैंको लागि रहनेछ। वास्तवमा, परमेश्‍वरको असीमित शक्‍तिले शरीरको पुनरुत्पादन गर्ने प्रक्रियालाई सक्रिय बनाउनेछ र छुडौतीको बलिदानले पापका सबै कुप्रभावहरू हटाउनेछ। “त्यहाँका बासिन्दाहरूले यसो भन्‍नेछैनन्‌, ‘म बिरामी परें।’ ”—यशैया ३३:२४.

परमेश्‍वरको राज्यअन्तर्गत शारीरिक र आध्यात्मिक सुस्वास्थ्य लाभ गर्ने कस्तो अद्‌भुत आशा! अहिले सन्तुलित र स्वस्थ जीवनशैली अपनाउँदै परमेश्‍वरको नयाँ संसारमा पाइने आशिष्‌हरूको प्रतीक्षा गर्नुहोस्‌। यहोवाले ‘तपाईंको मुखलाई उत्तम कुराहरूले तृप्त गराऊन्‌। यसैले कि, तपाईंको जवानी गरुड़जस्तो नयाँ होओस्‌’!—भजन १०३:५.

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने