प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • g९९ २/८ pp. २६-२७
  • परमेश्‍वरको पवित्र आत्मा भनेको के हो?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • परमेश्‍वरको पवित्र आत्मा भनेको के हो?
  • ब्यूँझनुहोस्‌!—१९९९
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • उहाँको शक्‍तिले काम गर्छ
  • पवित्र आत्माका विभिन्‍न कार्य
  • हाम्रो खातिर परमेश्‍वरको शक्‍तिको प्रयोग
  • पवित्र आत्मा वास्तवमा के हो?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००९
  • परमेश्‍वरको पवित्र शक्‍तिको डोऱ्‍याइअनुसार किन हिंड्‌नुपर्छ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०११
  • परमेश्‍वरको पवित्र शक्‍तिको डोऱ्‍याइ—प्रथम शताब्दीमा अनि आज
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०११
  • आत्माको भरमा हिंड्‌नुहोस्‌ र समर्पण अनुरूप जीवन बिताउनुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१०
थप हेर्नुहोस्
ब्यूँझनुहोस्‌!—१९९९
g९९ २/८ pp. २६-२७

बाइबलको दृष्टिकोण

परमेश्‍वरको पवित्र आत्मा भनेको के हो?

“सबै मानिसहरूले बप्तिस्मा लिएपछि येशूले पनि बप्तिस्मा लिएर प्रार्थना गरिरहनुहुँदा स्वर्ग उघ्रियो, र पवित्र आत्मा दैहिक रूपमा ढुकुरजस्तो उहाँमाथि ओर्लनुभयो, र स्वर्गबाट एउटा यस्तो वाणी भयो, ‘तिमी मेरा प्यारा पुत्र हौ, तिमीसित म प्रसन्‍न छु।’ ”—लूका ३:२१, २२.

पुरातन युनानमा दार्शनिकहरूको समूहसित कुराकानी गर्दा प्रेरित पावलले परमेश्‍वरलाई “स्वर्ग र पृथ्वीको प्रभु” भने। पावलले भने उहाँ त्यही परमेश्‍वर हुनुहुन्छ जसले “संसार र त्यसमा भएका यावत्‌ थोक बनाउनुभयो” अनि “उहाँले सबैलाई जीवन, सास र सबै थोक दिनु[भयो]।” (प्रेरित १७:२४-२८) परमेश्‍वरले यी सब काम कसरी पूरा गर्नु हुन्छ? उहाँको आफ्नो पवित्र आत्मा अर्थात्‌ सक्रिय शक्‍तिद्वारा।

परमेश्‍वर “शक्‍तिको बडप्पन” र “सामर्थ्यमा बलियो” हुनुहुन्छ भनेर बाइबलले व्याख्या गर्छ। (यशैया ४०:२६) हो, परमेश्‍वरले सम्पूर्ण ब्रह्‍माण्ड सृजनु भयो, जसले उहाँको शक्‍ति र सामर्थ्यको प्रमाण दिन्छ।

उहाँको शक्‍तिले काम गर्छ

पवित्र आत्मा नै परमेश्‍वरको शक्‍ति भन्‍न त्यति ठीक नहोला। किनभने शक्‍ति कहीं निस्क्रिय भएर बसिरहनसक्छ। एउटा नचलाएको ब्याट्रीमा जस्तै यो शक्‍ति कहीं कसैकहाँ वा केही कुरामा जम्मा भएर बसेको हुनसक्छ। तथापि, एउटा ब्याट्रीबाट विद्युतीय शक्‍ति बहेजस्तै परमेश्‍वरको आत्मा सधैं सक्रिय भइरहन्छ भनेर धर्मशास्त्रले प्रष्ट पारेको छ। यो घुमिरहन्छ। (उत्पत्ति १:२) तसर्थ, परमेश्‍वरको आत्मा उहाँको आफ्नै शक्‍ति वा सक्रिय शक्‍ति हो।

बाइबलले कहिलेकाहीं पवित्र आत्माले कुनै काम गरेको वा परमेश्‍वरबाट अलग कतै भएको भनेर बताउँछ। (मत्ती २८:१९, २०; लूका ३:२१, २२; प्रेरित ८:३९; १३:४; १५:२८, २९) बाइबलका यी भागहरू पढ्‌नेहरूले पवित्र आत्मा परमेश्‍वरभन्दा भिन्दै वस्तु हो भनेर अनुमान लाउँछन्‌। धर्मशास्त्रमा यस्तो भाषा किन प्रयोग गरिएको हो? के पवित्र आत्माको अस्तित्व परमेश्‍वरको भन्दा भिन्‍नै छ?

सर्वशक्‍तिमान्‌ परमेश्‍वरको अस्तित्व उहाँको भौतिक सृष्टिको भन्दा पूर्णतया भिन्‍न छ। उहाँ आत्मा हुनुहुन्छ, हाम्रो सीमित समझभन्दा बाहिरको हुनुहुन्छ। (यूहन्‍ना ४:२४) बाइबल भन्छ यहोवा परमेश्‍वर स्वर्गमा बस्नुहुन्छ अनि उहाँले आफ्नो बासस्थानबाट मानिसहरूलाई हेर्नुहुन्छ। (भजन ३३:१३, १४; १ तिमोथी ६:१६ तुलना गर्नुहोस्‌।) यो स्पष्ट छ। सृष्टिकर्ता हरेक तत्वहरू जससँग उहाँ काम गर्नुहुन्छ तीभन्दा महान हुनैपर्छ। उहाँले तिनीहरू माथि अधिकार जमाउनुहुन्छ, ती चलाउनुहुन्छ, रच्नु हुन्छ अनि नियन्त्रण गर्नुहुन्छ।—उत्पत्ति १:१.

आफ्नो अदृश्‍य बासस्थानबाट परमेश्‍वरले जुनसुकै काम जहिलेसुकै, जहाँसुकै गर्नसक्नुहुन्छ। त्यसैकारण सक्रिय शक्‍तिको प्रयोग गर्न उहाँ कुनै निश्‍चित ठाउँमा हुनु आवश्‍यक छैन। कुनै काम पूरा गर्न उहाँले आत्मा पठाउन सक्नुहुन्छ। (भजन १०४:३०) आफ्नो घरमा रिमोट कन्ट्रोल प्रयोग गर्ने आधुनिक जमानाको मानिसहरूले यो कुरा सजिलै बुझ्नसक्छन्‌। आज हामीहरू विद्युतीय तथा इन्फ्रारेड तरंगको अदृश्‍य शक्‍तिसित चिरपरिचित छौं। त्यस्तै किसिमले परमेश्‍वरले आफू एकैठाउँमा बसेर अदृश्‍य पवित्र शक्‍ति अर्थात्‌ आत्मा पठाएर आफ्नो कुनै पनि उदेश्‍य पूरा गर्न सक्नुहुन्छ।—यशैया ५५:११.

बाइबलको समयमा यस्तो विचार बुझ्न कठिन परेको हुनसक्छ। पवित्र आत्मालाई छुट्टै शक्‍तिको रूपमा व्याख्या गर्दा परमेश्‍वरले एकठाउँमा बसेर उहाँको शक्‍तिलाई जहाँ मनपर्छ त्यहीं कसरी चलाउनुहुन्छ भनी पाठकहरूले बुझ्ने मदत पाउँथे। जब पवित्र आत्माले कुनै काम गरिएको विषयमा बाइबलले बताउँछ तब परमेश्‍वरले आफ्नो इच्छा पूरा गर्न आफ्नो शक्‍ति कुनै व्यक्‍ति वा वस्तुमाथि खन्याउनुभएको अर्थात्‌ प्रयोग गर्नुभएको भनिएको हो।

पवित्र आत्माका विभिन्‍न कार्य

यहोवाले हरेक जीवित तथा निर्जीव वस्तुहरू सृजनुहुँदा पवित्र आत्मा प्रयोग गर्नु भयो। (भजन ३३:६) हिंस्रक र अपश्‍चात्तापी पुस्ताका मानिसहरूलाई जलप्रलयद्वारा नाश गर्दा पनि परमेश्‍वरले यसको प्रयोग गर्नुभयो। (उत्पत्ति ६:१-२२) त्यही सक्रिय शक्‍तिद्वारा परमेश्‍वरले आफ्नो पुत्रको बहुमूल्य जीवन एउटी यहूदी कन्याको गर्भमा सार्नुभयो।—लूका १:३५.

कत्तिचोटी त मानिसहरूको ज्यानै खतरामा पर्दा पनि यही आत्माले शत्रुहरूको सामुन्‍ने निर्धक्क र साहसी भएर सत्य कुरा बोल्न जुर्मुऱ्‍यायो। (मीका ३:८) बाइबलमा यस्ता थुप्रै उदाहरणहरू छन्‌, विशेष गरी भविष्यवाणी गर्ने सम्बन्धमा यही शक्‍तिद्वारा पुरुष अनि स्त्रीहरूलाई विशेष अन्तरदृष्टि अथवा विवेक दिइएको थियो। कुनै पनि मानवले आउने दिनहरूको विषयमा ठीक ठीक भविष्यवाणी गर्न नसक्ने हुँदा, पवित्र आत्माले त्यसो गर्नसक्नु यसको विशिष्ट कार्य हो।—२ पत्रुस १:२०, २१.

आत्माले व्यक्‍ति विशेषलाई चमत्कार गर्ने शक्‍ति पनि दिनसक्छ। उदाहरणका लागि, येशूले यही शक्‍तिद्वारा प्राकृतिक शक्‍तिहरूलाई वशमा राख्न सक्नुभयो, विरामीलाई निको पार्नुभयो साथै मरेकाहरूलाई समेत बिउँताउनु भयो। (लूका ४:१८-२१; ८:२२-२६, ४९-५६; ९:११) पुरातन समयका मसीहीहरूलाई पृथ्वीमा परमेश्‍वरको साक्षीहरू भएर सेवा गर्न संगठित पार्ने र शक्‍ति प्रदान गर्ने माध्यम यही आत्मा नै थियो।—प्रेरित १:८; २:१-४७; रोमी १५:१८, १९; १ कोरिन्थी १२:४-११.

हाम्रो खातिर परमेश्‍वरको शक्‍तिको प्रयोग

के परमेश्‍वरका पार्थिव सेवकहरूले आज यो शक्‍तिको असीमित स्रोत माग गर्नु सम्भव छ? छ। परमेश्‍वरले आफ्ना जनहरूलाई उहाँको इच्छा बुझ्न र पूरा गर्न प्रशस्त मात्रामा पवित्र आत्मा दिनुहुन्छ। उहाँले इमान्दारीसाथ प्रार्थनाद्वारा बिन्ती चढाउने र सोझो हृदयले आवश्‍यकताबमोजिम माग गर्नेहरूलाई आफ्नो आत्मा दिनुहुन्छ। (१ कोरिन्थी २:१०-१६) त्यो आत्माले असिद्ध मानवहरूलाई “असामान्य शक्‍ति” दिन्छ जसले अवरोधहरूको बावजूद परमेश्‍वरको सेवा गर्न सुसज्जित पार्नसक्छ। त्यसो हो भने, परमेश्‍वरको आत्मा स्वीकार्नु र कायम राख्नु, सबै ईश्‍वरभीरु मानिसहरूको इच्छा हो।—२ कोरिन्थी ४:७, NW; लूका ११:१३; प्रेरित १५:८; एफिसी ४:३०.

यस दुष्ट संसारमा भइरहेको अन्याय र दुःख रोक्न परमेश्‍वरले चाँडै उहाँको सक्रिय शक्‍ति प्रयोग गर्नुहुनेछ, त्यसद्वारा उहाँले आफ्नो महान्‌ र पवित्र नाउँ पवित्रिकरण गर्नुहुनेछ। पवित्र आत्माले सारा संसारमा असल काम गर्नेछ र यसको फल सबैले प्रत्यक्ष देख्नेछन्‌, फलतः सृष्टिकर्ताको महिमा हुनेछ।—गलाती ५:२२, २३; प्रकाश २१:३, ४.

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने