पाठकहरूका प्रतिक्रिया
परमेश्वरको अस्तित्व “के परमेश्वर साँच्चै हुनुहुन्छ?” भन्ने श्रृंखला मेरो लागि कत्तिको मदतकारी भयो बयान गरेर साध्यै छैन। (मार्च ८, १९९९) यसले मैले कयौं पटक सुनेको तर भेट्टाउन नसकिरहेको परमेश्वर चिन्न मदत गऱ्यो। मजस्तो मानिसलाई सत्यको ज्योति देखाइ दिनुभएकोमा मुरी मुरी धन्यवाद।
के. पि., ब्राजिल
अन्धी भए तापनि खुसी मार्च ८, १९९९ अंकमा प्रकाशित पोलिटिमी भेनीटिसियानोसको “म अन्धी भए तापनि अरूको सेवा गर्दै खुसी छु” जीवनकथाको लागि धन्यवाद। तिनको साहसका साथै परमेश्वरमाथि बलियो विश्वासले मेरो हृदय छोएको छ। एकातर्फ यस असाधारण महिलाको जीवन दुःख र पीडाले भरिएको छ भने अर्कोतर्फ अनमोल लाभहरू प्राप्त गरेकी छिन्। जीवनको यस कठोर दौडबाट वाक्क भएका सबै मानिसहरूले तिनको कथाबाट निकै मदत र प्रोत्साहन पाउनेछन् भनी मलाई विश्वास छ।
के. आर., रूस
लुगाफाटा म ११ वर्षकी हुँ र “हामीले लगाउने लुगाहरू—के यसले कुनै फरक पार्छ?” भन्ने लेखमा दिइएको उत्कृष्ट सल्लाहको निम्ति मसित धन्यवाद दिने शब्दहरू नै छैनन्। (मार्च ८, १९९९) पहिला त म मेरो कक्षाका साथीहरूजस्तै लुगा लगाउन चाहन्थें। तर यस लेखबाट मैले मेरो लुगा सुकिलो हुनुपर्छ, उत्ताउलो हुनुहुँदैन भन्ने कुरा बुझें।
ए. एस., इस्टोनिया
अरू मानिसहरूले मेरो लुगा पुरानो फेसनको वा औपचारिक भयो भन्ने टिप्पणी गर्दा मलाई कहिलेकाहीं खल्लो लाग्छ। तपाईंहरूको लेख एकदम प्रोत्साहनजनक थियो किनभने यसले बाइबलका सिद्धान्तहरू पछ्याउनु लाभदायक छ भन्ने तथ्य सिद्ध भयो।
आर. एल., ब्राजिल
मलाई वर्षौंदेखि यहोवाका साक्षीहरू देखेर दया जाग्थ्यो र छक्क पनि लाग्थ्यो। एउटा साथीले मलाई मार्च ८, १९९९ अंकको ब्यूँझनुहोस्! दिए। पत्रिका पढ्दा असाध्यै रमाइलो लाग्यो र साक्षीहरूबारे मेरो धारणा परिवर्तन भयो। मलाई सबैभन्दा घतलागेको लेख लुगासम्बन्धी हो। त्यस लेखमा लुगा किन्ने सन्दर्भमा बताइएको कुरा मेरै बानीसित मिल्दोजुल्दो थियो। अबदेखि डिजाइनर लुगा किन्न म त्यस्तो महत्त्व दिन्न। अनि मेरो साथीलाई तपाईंहरूका अरू पत्रिकाहरू पनि ल्याइदेऊ भन्छु!
यु. बि., जर्मनी
कुरा काट्ने “युवा जनहरू सोध्छन् . . . कुरा काटेर के भो त?” लेखको लागि धेरै धन्यवाद। (मार्च ८, १९९९) केही समयअघिको कुरा हो, मण्डलीबाट बहिष्कृत हुने अर्को व्यक्ति म हुनेछु भनी हल्ला फैलाइदिंदा कुरा काट्दा कत्तिको चित्त दुख्दोरहेछ भनेर मैले व्यक्तिगत तवरमा महसुस गरें। त्यस झूटले मेरो असाध्यै चित्त दुख्यो! त्यस हल्ला फैलाउने व्यक्तिले पछि मसित माफी त मागे तर तिनीप्रति सधैंको निम्ति मेरो भरोसा टुट्यो।
आर. एम., स्वीजरल्याण्ड
मेरो स्कूलमा कुरा काट्नेहरूको कुनै कमी छैन। त्यसैले त्यस लेख मेरोनिम्ति एकदमै प्रोत्साहनजनक थियो र मलाई सुदृढ बनायो। मलाई भन्न लाज लाग्छ तर मैले पनि अरू कसैको बदनाम गर्न कुरा काटेकी छु। अनि साथीहरूले अरूको कुरा काट्दा एकदम ध्यान दिएर सुन्नुका साथै त्यस्ता कुराकानीमा सहभागी पनि भएकी छु। त्यसैले त्यस लेख पढ्दा म तीन छक परें र लेखको हरेक वाक्यले मलाई नै सल्लाह दिइरहेको जस्तो लाग्यो। मैले जति पनि कुरा काट्ने काम गरें, त्यसको निम्ति असाध्यै लज्जित छु। मलाई थाह छ मेरो स्कूलमा कुरा काट्ने काम बन्द हुनेछैन तर म भने त्यसमा सहभागी नहुन दृढ संकल्प गर्नेछु।
एम. डब्ल्यु., जापान