पाठकहरूका प्रतिक्रिया
अशक्त प्रचारक “अशक्तताको बावजूद उज्ज्वल आशा” लेखमा कन्सटानटीन मोरोजोभको विषयमा पढेपछि मेरो आँखाबाट थाम्नै नसकिने गरी आँसुको धारा बग्नथाल्यो। (फेब्रुअरी २२, २००० [अंग्रेजी]) म दुई जना छोराछोरीकी आमा हुँ र एक्लैले तिनीहरूलाई हुर्काइरहेकी छु। यसो गर्नु सजिलो छैन अनि कहिलेकाहीं त मेरा समस्याहरू कहिल्यै टुँगिदैनन् होला जस्तो लाग्छ। तैपनि, कन्सटानटीनले भोग्नुपरेका समस्याअघि ती त केही पनि होइनन्!
आइ., रूस
म पूर्ण-समय प्रचारक हुँ। मेरो आँखाको रेटिना कमजोर हुँदै गइरहेको हुनाले म राम्ररी पढ्न सक्दिनँ। म निकै उत्सुकतासाथ पढ्ने गर्थें। त्यसैकारण अहिले पहिलेजस्तो पढ्न नसक्दा बेला बेलामा हताश अनि निराश हुन्छु। कन्सटानटीनलाई सम्झँदा मैले कहिल्यै गुनासो गर्नुहुँदैन भन्ने महसुस गरें। तिनले पहाडरूपी बाधाहरूको सामना गरेर पूर्ण-समय प्रचारक बने। यहोवाले साँच्चै ठूलो बल दिनुहुँदो रहेछ!
डब्लु. डब्लु., भारत
म १६ वर्षको उमेरमा कम्मरदेखिमनि पक्षघातको सिकार भएँ। कन्सटानटीनले जस्तै म पनि दिनहुँ समस्या भोग्छु। तैपनि, यस लेखले अशक्तहरूको पनि समाज अनि परमेश्वरको उपासनामा ठाउँ रहेछ भनेर देखायो। मेरो कानले राम्ररी सुन्न र आँखाले देख्न नसके पनि प्रायजसो सडकको छेउमा स्टुलमा बसी पर्खालमा अडेस लाएर एक्लै प्रचार गर्ने गर्छु। कन्सटानटीनलाई तिनको जोस र भक्तिको लागि म धेरै धेरै बधाई दिन चाहन्छु।
डी. एफ., कोट डे’भ्वा
आधुनिक दासत्व म १६ वर्षीया युवती हुँ र तपाईंहरूको लेख पढेर म साह्रै प्रभावित भएँ। आधुनिक दासत्वबाट पीडित केही जवान केटीहरूलाई म चिन्छु। तिनीहरू आफूलाई काममा लगाउने परिवारका लागि मरिमेटी काम गर्छन्। तर बदलामा तिनीहरूले न त शिक्षा न स्नेह नै पाउँछन्। यहोवाले थिचोमिचोमा परेकाहरूलाई चाँडै छुटकारा दिनुहुनेछ भनेर बाइबलमा पढ्न पाउँदा साह्रै ढुक्क महसुस गरिरहेछु।
ए. ओ., बुर्किना फासो
आत्महत्या “आत्महत्या—कसले बढी गर्छ?” (मार्च ८, २०००) श्रृंखलाबद्ध लेख हामीलाई चाहिएकै लेख थियो। आठ महिनाअघि मेरो आमाको एक्कासी मृत्युभयो। त्यसबेला बुबा घरमा हुनुहुन्नथ्यो त्यसैले उहाँ आफूलाई दोषी महसुस गर्नुहुन्छ। उहाँ धेरै बाँच्ने चाहना छैन भन्नुहुन्छ। तसर्थ, यी लेखहरू म र मेरो बुबाको लागि धेरै लाभदायी साबित भए।
आर. जेड., जर्मनी
दुई वर्षअघि मेरो हजुरबुबाले आत्महत्या गर्नुभएको थियो। हजुरआमाको मृत्युपछि उहाँको मानसिक स्थिति बिग्रन थाल्यो। तपाईंहरूको लेखबाट उहाँले किन त्यसो गर्नुभएको रहेछ भनेर बुझ्न मदत पाएँ।
ए. एम., संयुक्त राज्य
मेरो ४८ वर्षीय दाजुले जनवरीमा आत्महत्या गर्नुभयो। बुबा यहोवाको साक्षी हुनुहुन्नथ्यो तैपनि उहाँले अन्त्येष्टिको भोलिपल्ट पत्रपेटीकामा ब्यूँझनुहोस्! पत्रिकाको यो अंक भेट्टाउनुभयो। उहाँ अवाक् हुनुभयो र गहभरि आँसु पार्दै उक्त पत्रिका हामीलाई देखाउनुभयो। पूरै परिवार यो सान्त्वनादायी लेख पढेर आनन्द र कृतज्ञताको भावले गर्दा धुरुधुरु रोयौं।
बि. जे., संयुक्त राज्य
गत साल हाम्रो स्कूलमा छ जना केटाकेटीले आत्महत्या गरे। यो अति गम्भीर विषय भएको कारण स्कूलमा हुने आत्महत्याबारे निरीक्षण गर्ने घोषणा गरियो। हाम्रो सन्देशप्रति चासो नराख्ने क्षेत्रहरूमा हामीले यो अंक मानिसहरूलाई प्रस्तुत गऱ्यौं। कतै कतै त कुरा सिध्याउन नपाउँदै मानिसहरूले हाम्रो हातबाट पत्रिका खोसेर लिए।
सी. सी., संयुक्त राज्य
म किशोरावस्थामा छँदा, बुबाको मृत्युपछि दुईपल्ट आत्महत्या गर्ने प्रयास गरें। कसै कसैले यो “आत्महत्या” शब्द लिनै डराउँथे। यसलाई ब्यूँझनुहोस्! पत्रिकाको आवरण पृष्ठमै राख्नुभएकोमा धेरै धेरै धन्यवाद। यी लेखहरू स्पष्ट, यथार्थ अनि सरल ढंगमा लेखिएको पाएँ।
एम. जी., फ्रान्स
मित्रताका समस्याहरू “युवा जनहरू सोध्छन् . . . साथीले किन मेरो चित्त दुखाएको होला?” (मार्च ८, २०००) विषयको लेख मदतकारी थियो। साढे छ वर्षदेखिको मेरो मिल्ने साथीले मेरो एकदमै चित्त दुखायो। तपाईंहरूको लेखमा दिइएका सुझाउहरू चलाउँदै मेरो साथी र मैले शान्तपूर्वक कुरा गऱ्यौं। परिणामस्वरूप, हामी अहिले झनै घनिष्ठ भएका छौं।
एम. एल., संयुक्त राज्य