प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • g०१ १/८ pp. १०-११
  • जीवनको लागि शिक्षा

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • जीवनको लागि शिक्षा
  • ब्यूँझनुहोस्‌!—२००१
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • वर्तमान जीवनको लागि शिक्षा
  • जीवनको लागि शिक्षा
  • साँचो बुद्धिले ठूलो स्वरले बोलाइरहेको छ
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२२
  • परमेश्‍वरको वचन सत्य हो
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९०
  • “धन्य हो त्यो मानिस जसले बुद्धि प्राप्त गर्छ”
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००१
  • के तपाईँको जीवनमा “माथिबाट आउने बुद्धि”-ले काम गर्दै छ?
    यहोवासित नजिक हुनुहोस्‌
थप हेर्नुहोस्
ब्यूँझनुहोस्‌!—२००१
g०१ १/८ pp. १०-११

जीवनको लागि शिक्षा

“बाइबल जीउने कला सिकाउने एक उत्कृष्ट निर्देशक हो।”—थोमस टिप्लडी, सन्‌ १९२४.

बाइबल आधारित शिक्षाले जीवनमा आमूल परिवर्तन ल्याउनसक्छ भन्‍नु बढाइचढाइ गरेको बखान होइन। खोक्रोपना तथा निराशा भोग्नुपरेका व्यक्‍तिहरूलाई यसले अर्थ अनि आशा दिएको छ। नामिबिया देशकी एउटी एक्ली आमाले यहोवाका साक्षीहरूको दक्षिण अफ्रिकास्थित शाखा कार्यालयमा यस्तो चिठी लेखिन्‌:

“म २९ वर्षकी भएँ, मैले युवा जनहरूका प्रश्‍न तथा त्यसका उपयोगी जवाफ पुस्तक दुई दिनभित्र सबै पढी सिध्याएँ। यसले मेरो हृदय छोयो किनकि म असाध्यै एक्लो छु। मेरो प्रेमीको मोटर दुर्घटनामा मृत्यु भयो र दुई जना लालाबाला मेरो जिम्मामा छोडेर जानुभयो। हामीले धेरै दुःखकष्ट भोग्नु परिरहेको छ। कहिलेकाहीं म यी दुई जना बच्चाहरूलाई मारेर म पनि मरें भने बरु आनन्द हुन्थ्योहोला भनेर सोच्ने गर्थें। तर जब मैले यो किताब पाएँ, मैले आफ्नो मन परिवर्तन गरें। कृपया मलाई निश्‍शुल्क बाइबल अध्ययनको प्रबन्ध मिलाइ दिनुहोस्‌।”

बाइबल एउटा यस्तो निर्देशनपुस्तक हो जसले मानव जीवनको हर क्षेत्र जस्तै, परिवार, सहकर्मीहरू तथा समाजमा रहेका मनिसहरूसितको सम्बन्ध राम्रो बनाउन मदत दिनसक्छ। (भजन १९:७; २ तिमोथी ३:१६) यसले कसरी असल कुराको पछि लाग्ने अनि खराब कुरालाई त्याग्ने भन्‍ने सन्दर्भमा राम्रो निर्देशन दिन्छ। यो पुस्तक जीवनको वास्तविकतासँग सम्बन्धित छ। यो पुस्तक पढ्‌दै जानुहुँदा यसमा केवल वास्तविक व्यक्‍तिहरूका विवरणहरू लिपिबद्ध गरिएको पाउनुहुनेछ। कसैको जीवन सुखी एवम्‌ इनामदायी हुनु र अरूको चाहिं पीडादायी एवम्‌ दुःखदायी हुनुको कारण बुझ्नसक्नुहुनेछ। यसबाट तपाईंले मूल्यवान्‌ र मूल्यहीन कुराको भिन्‍नता छर्लंग देख्नु हुनेछ।

वर्तमान जीवनको लागि शिक्षा

बाइबलले व्यावहारिक बुद्धिको महत्त्वलाई जोड दिन्छ। यसले यसो भन्छ: “सर्वप्रथम कुरा बुद्धि प्राप्त गर्नु हो।” (हितोपदेश ४:७) मानिसहरूमा प्रायः बुद्धिको कमी हुन्छ भन्‍ने तथ्यलाई यसले मानिलिएको छ। त्यसैकारण यसले यस्तो सल्लाह दिन्छ: “तिमीहरूमध्ये कसैलाई बुद्धिको घटी छ भने, उदारचित्तसँग नझर्कीकन दिनुहुने परमेश्‍वरसित त्यसले मागोस्‌, र त्यसलाई सो दिइनेछ।”—याकूब १:५.

हाम्रो सृष्टिकर्ता यहोवा परमेश्‍वरले कसरी उदारतासाथ बुद्धि दिनुहुन्छ? उहाँले हामीलाई आफ्नो वचन बाइबलद्वारा बुद्धि दिनुहुन्छ अनि त्यो पढ्‌न प्रोत्साहित गर्नुहुन्छ। परमेश्‍वर यस्तो आग्रह गर्नुहुन्छ: “हे मेरो छोरो, यदि तैंले मेरा वचन हृदयमा लिइस्‌ र मेरा आज्ञा तेरो मनमा राखिस्‌ भने बुद्धिमा तेरो ध्यान . . . लगाइस्‌ भने, तैंले परमप्रभुको भय बुझ्नेछस्‌, र परमेश्‍वरको ज्ञान प्राप्त गर्नेछस्‌। किनभने बुद्धि दिने परमप्रभुनै हुनुहुन्छ।” (हितोपदेश २:१, २, ५, ६) हामीले परमेश्‍वरको वचनका सल्लाहहरू व्यवहारमा उतार्दा यसको व्यावहारिक महत्त्व बुझ्दा यसले साँच्चै ईश्‍वरीय बुद्धि झल्काउँछ भनी बुझ्नेछौं।

उदाहरणका लागि, गरिबीको सामना गर्नुपर्ने पक्षलाई लिऊँ। बाइबलले परिश्रमी हुने सल्लाह दिन्छ र व्यर्थका कुराहरूका पछि नलाग्ने चेताउनी दिन्छ। तसर्थ, तमाखु तथा अत्यधिक मदिरा सेवनजस्ता दुर्व्यसनहरू स्पष्टतः बाइबल सिद्धान्त विपरीत छन्‌।—हितोपदेश ६:६-११; १०:२६; २३:१९-२१; २ कोरिन्थी ७:१.

हाम्रो जीवनमा साथीसँगीले पार्नसक्ने प्रभावबारे नि? बाइबल यसो भन्छ: “बुद्धिमानीहरूको संगत गर्नाले बुद्धिमान होइन्छ मूर्खहरूसित लागे बरालिन्छ।” (हितोपदेश १३:२०) साथीहरूको दबाउले गर्दा जवान अनि पाका व्यक्‍तिहरूसमेत मतवालापन, लागूऔषधको दुर्व्यसन तथा अनैतिकतामा फसेको के तपाईंले देख्नुभएको छ? हो, यस्ता काममा लागेका व्यक्‍तिहरूसँग संगत गऱ्‍यौं भने हामी पनि त्यस्तै हुनसक्छौं। बाइबलले पनि यसै भन्छ: “नठगियौ, खराब संगतले भला चाल-चलनलाई बिगार्दछ।”—१ कोरिन्थी १५:३३.

निश्‍चय नै, हामी सबै आनन्दित हुन चाहन्छौं। तर त्यो कसरी सम्भव छ? हामीलाई आनन्दित तुल्याउने तत्त्व भौतिक वस्तुहरू होइनन्‌ तर उचित मनोवृत्ति अनि सम्बन्ध, मुख्यतः परमेश्‍वरसँगको राम्रो सम्बन्ध हो भनी बाइबलले बताएको कुरा के तपाईंले बुझ्नुभयो? (१ तिमोथी ६:६-१०) येशू ख्रीष्टले डाँडाको प्रख्यात उपदेशमा “आत्मामा दरिद्र हुनेहरू,” “नम्र हुनेहरू,” “धार्मिकताको निम्ति भोकाउने र तिर्खाउनेहरू,” “दयावन्तहरू,” “हृदयमा शुद्ध हुनेहरू” र “मेल-मिलाप गराउनेहरू” साँच्चै आनन्दित व्यक्‍तिहरू हुन्‌ भन्‍नुभयो।—मत्ती ५:१-९.

बाइबल सच्चाइबारे गहिरिएर सोच्दा यसले हाम्रो जीवनलाई कसरी डोऱ्‍याउन मदत गर्छ भनी बुझ्न सक्नेछौं। सल्लाहको स्रोतको रूपमा बाइबल बेजोड छ। यसको सल्लाह सधैं लाभदायक छ। यसमा सैद्धान्तिक सल्लाहहरू मात्र छैनन्‌ र ती सल्लाहहरूले कहिल्यै हाम्रो हानि गर्दैनन्‌। बाइबलका अर्तीहरूलाई व्यवहारमा उतार्ने व्यक्‍तिहरूले सधैं लाभ उठाउँछन्‌।

जीवनको लागि शिक्षा

हो, बाइबल वर्तमान समयको लागि लाभदायक हुनुका साथै यसले भविष्यको लागि आशा प्रदान गर्छ। यसले चमत्कारपूर्ण ढंगमा पृथ्वीको सफाइ गरिने र परमेश्‍वरको सेवा गर्नेहरूका लागि यस पृथ्वीलाई भव्य घरको रूपमा परिवर्तन गरिनेछ भनी बताउँछ। हृदयलाई आनन्दित तुल्याउने यस भविष्यसूचक विवरणलाई ध्यान दिनुहोस्‌: “हेर, परमेश्‍वरको बासस्थान मानिसहरूसँग भएको छ। उहाँ तिनीहरूसँग बास गर्नुहुनेछ र तिनीहरू उहाँका मानिसहरू हुनेछन्‌। औ परमेश्‍वर आफै तिनीहरूसँग भएर तिनीहरूका परमेश्‍वर हुनुहुनेछ। उहाँले तिनीहरूका आँखाबाट सबै आँसु पुछिदिनुहुनेछ, र फेरि मृत्यु हुनेछैन। औ शोक, रुवाइ, पीड़ा फेरि केही हुनेछैन। पहिलेका कुराहरू बितिसकेका छन्‌।”—प्रकाश २१:३, ४; हितोपदेश २:२१, २२.

कल्पना गर्नुहोस्‌: कोही बालक रोगी हुनेछैन, कोही भोको हुनेछैन, शरीरलाई अशक्‍त तुल्याउने कुनै प्रकारको रोगको भय हुनेछैन, कुनै असह्‍य पीडा हुनेछैन! निराशाको आँसु, हैरानी अनि शोक हराउनेछन्‌ किनकि यस्ता परिस्थितिहरू निम्त्याउने जरानै उखेलिनेछन्‌। आफ्नै छनौटद्वारा दुष्ट भएका व्यक्‍तिहरू परमेश्‍वरको स्वर्गदूतीय सेनाहरूका हातबाट नष्ट हुने भएकाले चोर, हत्यारा, फटाहा अनि आफ्नो जीवनलाई असुरक्षित तुल्याउनेहरू कोही पनि बाँकी रहनेछैनन्‌। मानिसहरूको आफ्नै घर हुनेछ र पूर्ण सुरक्षामा आनन्दित हुन सक्नेछन्‌।—यशैया २५:८, ९; ३३:२४; ६५:१७-२५.

के तपाईंलाई यी विवरणहरू राम्रो लाग्यो? के तपाईं बाइबलका सिद्धान्तहरू व्यवहारमा उतारेर अहिले अनि भविष्यमा आफ्नै फाइदाको लागि अझ बढी सिक्न चाहनुहुन्छ? चाहनुहुन्छ भने, कृपया यहोवाका साक्षीहरूसँग सम्पर्क राख्नुहोस्‌ र तपाईं अनि तपाईंको परिवारलाई “जीवनको लागि शिक्षा” भन्‍ने विश्‍वव्यापी कार्यक्रममा सहभागी बनाउन उनीहरू खुसी हुनेछन्‌। (g00 12/22)

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने