प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • g०१ ५/८ पृ. ३
  • “बाक्लिंदै गइरहेका शहरहरू”

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • “बाक्लिंदै गइरहेका शहरहरू”
  • ब्यूँझनुहोस्‌!—२००१
  • मिल्दोजुल्दो सामग्री
  • शहरहरू किन संकटमा?
    ब्यूँझनुहोस्‌!—२००१
  • संकट टार्ने कसरी?
    ब्यूँझनुहोस्‌!—२००५
  • विषयसूची
    ब्यूँझनुहोस्‌!—२००१
  • शहरहरूको भविष्य कस्तो छ?
    ब्यूँझनुहोस्‌!—२००१
ब्यूँझनुहोस्‌!—२००१
g०१ ५/८ पृ. ३

“बाक्लिंदै गइरहेका शहरहरू”

“मानिसहरू अहिले जस्तो रफ्तारमा पहिला कहिल्यै बसाइँ सरेका थिएनन्‌। अनि प्रायजसो मानिसहरू सुखमय जीवनको खोजीमा शहरतिर नै लाग्छन्‌।”

माथिका कुरा फरियन अफेयर्स नामक प्रकाशनको “विकासोन्मुख देशहरूमा बाक्लिंदै गइरहेका शहरहरू” विषयक लेखको परिचयमा बताइएको थियो। उक्‍त लेखअनुसार थुप्रै मानिस “शहरको झिलिमिलीदेखि आकर्षित भएर अथवा राजनैतिक तथा आर्थिक अस्थिरता, जनसंख्याको चाप र वातावरणीय विनाशको कारण बाध्य भएर आफ्नो गाउँबाट बसाइँ सर्नु परेका छन्‌।”

शहरको जनसंख्या कुन रफ्तारमा वृद्धि भइरहेको छ? कसैकसैको अनुमानअनुसार हरेक हप्ता दस लाखभन्दा बढी मानिसको ठूलो संख्या शहरतिर ओइरिरहेको छ! विकासोन्मुख राष्ट्रहरूका २०० भन्दा बढी शहरको जनसंख्या दस लाखभन्दा बढी भइसक्यो। झन्डै २० वटा शहरमा त एक करोडभन्दा बढी पुगेको छ! अनि ती शहरहरूमा जनसंख्या घट्‌ने कुनै छाँटकाँट देखिंदैन। उदाहरणका लागि, नाइजेरियाको लागोस शहरलाई लिनुहोस्‌। वर्ल्डवाच इन्सटिच्युटको रिपोर्टअनुसार “सन्‌ २०१५ सम्ममा लागोसको जनसंख्या २ करोड ५० लाख पुग्नेछ र हाल अत्यधिक जनसंख्या भएका शहरहरूको गन्तीमा यो १३ औं स्थानमा रहे तापनि त्यतिञ्जेल तेस्रो स्थानमा पुग्नेछ।”

थुप्रै विशेषज्ञ भविष्यको सन्दर्भमा यो राम्रो संकेत होइन भन्‍ने महसुस गर्छन्‌। युनाइटेड नेशन्स एजुकेशनल, साइन्टीफिक एण्ड कल्चरर अर्गनाइजेशनका भूतपूर्व महानिर्देशक फेड्रिको मेयर सन्‌ २०३५ सम्ममा “आजका शहरहरूमै थप तीन अरबभन्दा बढी मानिसहरू बसोबास गरिरहेका हुनेछन्‌” भनी चेताउनी दिन्छन्‌। यस्तो अपत्यारिलो ढंगमा वृद्धि भइरहेको जनसंख्याको हेरचाह गर्न “हामीले आउँदो ४० वर्षसम्ममा वर्षको २५ वटाको दरले ३० लाख मानिसहरू बस्नसक्ने क्षमता भएको हजारौं शहर निर्माण गर्नुपर्छ।”

यस्तो तीव्र गतिमा जनसंख्याको चाप बढिरहेकोले संसारभरका शहरहरूमा ध्वंसात्मक प्रभाव परिरहेको छ भनेर पनि विशेषज्ञहरू बताउँछन्‌। अनि यसमा सम्पन्‍न औद्योगिक संसारका शहरहरू पनि समावेश छन्‌। शहरले कस्ता समस्या भोगिरहेका छन्‌ अनि यसले तपाईंलाई कस्तो असर पार्नसक्छ? के यसको कुनै समाधान छ? यसपछिका लेखहरूले यी गम्भीर विषयहरूमा अध्ययन गर्नेछन्‌। (g01 4/8)

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने