प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • g०१ ५/८ पृ. ११
  • विश्‍वदर्शन

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • विश्‍वदर्शन
  • ब्यूँझनुहोस्‌!—२००१
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • दक्षिण अफ्रिकामा रक्‍तक्षेपणविना शल्यचिकित्सा
  • के जिंक भएको गुलियो औषधीले रुघाखोकीलाई छिटो निको पार्छ?
  • चुरोटको लत लाग्न धेरै बेर लाग्दैन
  • पादरीहरूको आयात
  • मन्दिरको मिश्रित बगाल
  • रक्‍तविहीन औषधोपचार तथा शल्यक्रियाको—बढ्‌दो माग
    ब्यूँझनुहोस्‌!—२०००
  • जब हाम्रो वायुमण्डल क्षतिग्रस्त हुन्छ
    ब्यूँझनुहोस्‌!—१९९५
  • राज्यभवनमा भएको पुस्तकालयको हामी कसरी सदुपयोग गर्न सक्छौँ?
    आज यहोवाको इच्छाअनुसार चल्नेहरू को हुन्‌?
  • पुस्तकालय—ज्ञानको प्रवेशद्वार
    ब्यूँझनुहोस्‌!—२००५
ब्यूँझनुहोस्‌!—२००१
g०१ ५/८ पृ. ११

विश्‍वदर्शन

दक्षिण अफ्रिकामा रक्‍तक्षेपणविना शल्यचिकित्सा

“एड्‌सको बिगबिगीले गर्दा दक्षिण अफ्रिकाको निजी अस्पतालको समूहले ‘रक्‍तक्षेपणविना उपचार र शल्यचिकित्सा’ गर्ने निर्णय गरेको छ” भनी दक्षिण अफ्रिकाको अखबार द मर्करी रिपोर्ट गर्छ। यस कार्यक्रमको स्वास्थ्य निर्देशक डाक्टर इफ्रायिम क्रेमरले यसो भने: “हाम्रो उद्देश्‍य स्वास्थ्यकर्मीहरूले बिरामीहरूलाई रक्‍तक्षेपणविना उपचार र शल्यचिकित्सा गराउन प्रोत्साहन गरून्‌ भन्‍ने हो।” दक्षिण अफ्रिकामा कम्तीमा पनि ८०० जना डाक्टरहरूले व्यक्‍तिगत रूपमा रक्‍तक्षेपणविना उपचार गर्ने गरेको भए तापनि अस्पतालको समूहले राष्ट्रव्यापी रूपमा यो कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको पहिलो चोटि हो। डाक्टर क्रेमरका अनुसार डाक्टरहरूले “असाध्यै सकारात्मक” प्रतिक्रिया देखाएका छन्‌। द मर्करी-ले यस्तो टिप्पणी गर्छ: “रगत लिन इन्कार गर्ने यहोवाका साक्षीहरूजस्ता धार्मिक समूहहरूको कारण रक्‍तक्षेपणविना उपचार गराउनको लागि नै निकै हदसम्म यस्ता प्रभावकारी उपचारहरू विकास गरिएका हुन्‌।” (g01 4/8)

के जिंक भएको गुलियो औषधीले रुघाखोकीलाई छिटो निको पार्छ?

जिंकले रुघाखोकी निको गर्न मदत गर्छ कि गर्दैन भन्‍नेबारे अनुसन्धानकर्ताहरूले बहस गरेको वर्षौं भइसक्यो। हालैको एउटा अध्ययनले “रुघाखोकी लाग्ने बित्तिकै केही घण्टाको अन्तरालमा [जिंक] भएको गुलियो औषधी खाइरह्‍यो भने रुघाखोकी धेरै चाँडो निको हुने” पत्ता लागेको साइन्स न्युज रिपोर्ट गर्छ। यसबाहेक, चार/पाँच दिनसम्म हरेक दुई तीन घण्टामा जिंक भएको गुलियो औषधी खानेहरूलाई प्लासिबो लिनेहरूको तुलनामा “कम खोकी लाग्नुका साथै कम सिंगान बग्ने” गरेको पाइयो। तथापि, जिंक लिने कसैकसैलाई कब्जियत र मुख सुक्खा हुनेजस्ता प्रतिकूल असर परेको पत्रिकाले बतायो। (g01 4/22)

चुरोटको लत लाग्न धेरै बेर लाग्दैन

मासाचुसेट्‌स विश्‍वविद्यालयका अनुसन्धानकर्ताहरूले पुष्टि गरेअनुसार कोही कोही मानिसलाई “धूम्रपान गरेको केही दिनभित्रै” लत लाग्नसक्छ भनी असोसिएटेड प्रेसले रिपोर्ट गर्छ। त्यस अध्ययनले एक वर्षसम्म १२ देखि १३ वर्षका ६८१ केटाकेटीहरूको चुरोट खाने बानी अध्ययन गरेर लत लाग्ने चिह्न रेकर्ड गरेका थिए। डा. रिचर्ड हर्ट यसो भन्छन्‌, “मानिसहरूलाई लत लाग्न धेरै बेर लाग्दैन भन्‍ने थुप्रैलाई शंका लाग्थ्यो तर यस्तो साँच्चै हुन्छ भनेर पत्ता लागेको यो पहिलो ठोस प्रमाण हो।” त्यस अनुसन्धान टोलीका निर्देशक डा. जोसेफ डिफ्रान्जा भन्छन्‌: “यस अध्ययनको सबैभन्दा महत्त्वपूर्ण पाठ र हामीले केटाकेटीलाई सिकाउनुपर्ने कुरा के हो भने, चुरोट केही हप्ता सेवन गर्ने अनि छोड्‌ने भनेर खेलाँची गर्नु हुँदैन।” (g01 4/22)

पादरीहरूको आयात

विकसित देशहरूमा पादरीहरूको अभावको कारण क्याथोलिक चर्चले आवश्‍यता पूरा गर्न पादरीहरू आयात गर्न थालेको छ भनी इटालेली पत्रिका एल एस्प्रेसो-ले रिपोर्ट गऱ्‍यो। “इटाली, युरोप र उत्तरी अमेरिकाका धार्मिक स्कूलहरूले नयाँ पादरीहरू उत्पादन गर्न सकेका छैनन्‌ र डायोसिजले पनि तिनीहरूको पादरीहरूको ठाउँमा नयाँ ल्याउनसकेका छैनन्‌” भनी उक्‍त पत्रिकाले बताउँछ। पादरीहरूको रिक्‍त स्थानमा ब्राजिल, भारत र फिलिपिन्सबाट पादरीहरू आयात गरिंदैछन्‌। एल एस्प्रेसो यस्तो रिपोर्ट गर्छ, “हुन त यो लहर सुरु मात्र भएको छ तर यसले चर्चमा परिवर्तन ल्याइरहेको छ . . . बिशप कन्फरेन्सको तलबमा युरोपियन युनियनबाहिरका १,१३१ जना पादरीहरू इटालीमा काम गरिरहेका छन्‌। यो कुल संख्याको ३ प्रतिशत हो।” यसरी इटाली ‘मिसनरी इलाका’ भइरहेको छ भनेर पत्रिकाले बताउँछ। (g01 4/22)

मन्दिरको मिश्रित बगाल

जापानको एउटा पुरानो बौद्ध मन्दिरले उपासकहरूलाई मात्र आकर्षित गरिरहेको छैन। त्यस मन्दिरको १९५५ मा जिर्णोद्धार कार्य भएदेखि काठफोरुवा चरा पनि ओइरिरहेको छ। यी चराहरूले मन्दिरमा यति धेरै स-साना प्वाल बनाएका छन्‌ कि “कति पर्यटकहरूले त भित्र उज्यालो पार्न सूर्यको किरण छिर्न गरिएको डिजाइन नै भन्ठान्छन्‌” भनी आशाही इभनिङ न्युज बताउँछ। चराहरूलाई मन्दिरबाट भगाउन गरेको कुनै पनि प्रयास सफल हुन सकेको छैन भनी मुख्य पूजाहारीले दुखेसो पोख्छन्‌। सन्‌ १२८६ मा निर्माण गरिएको यामानाशी क्षेत्रको डाइजेन्जी मन्दिरको मुख्य बैठकलाई राष्ट्रिय सम्पदाको रूपमा मान्यता दिइएको छ। (g01 4/22)

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने