प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • g०१ ५/८ पृ. ३०
  • पाठकहरूका प्रतिक्रिया

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • पाठकहरूका प्रतिक्रिया
  • ब्यूँझनुहोस्‌!—२००१
  • मिल्दोजुल्दो सामग्री
  • विषयसूची
    ब्यूँझनुहोस्‌!—२०००
  • एमसिएस बिरामीहरूलाई मदत गर्ने
    ब्यूँझनुहोस्‌!—२०००
  • रासायनिक पदार्थहरूको कारण तपाईं बिरामी पर्नुहुँदा
    ब्यूँझनुहोस्‌!—२०००
  • मल्टिपल केमिकल सेन्सिटिभिटी
    ब्यूँझनुहोस्‌!—२०००
थप हेर्नुहोस्
ब्यूँझनुहोस्‌!—२००१
g०१ ५/८ पृ. ३०

पाठकहरूका प्रतिक्रिया

केमिकल सेन्सिटिभिटी म अहिले १७ वर्षको भएँ। “दिनदिनै प्रयोग हुने रासायनिक पदार्थहरू—के त्यसले गर्दा तपाईं बिरामी पर्नुभएको हुनसक्छ?” (अगस्त ८, २०००) लेखको लागि धन्यवाद दिन चाहन्छु। मलाई मल्टिपल केमिकल सेन्सिटिभिटी (एम सि एस) भएको भर्खरै पत्ता लाग्यो। यस्तो निराशाजनक बिमारीले मलाई मात्र सताइरहेको रहेनछ भन्‍ने थाह पाउँदा धेरै हल्का महसुस गरें।

एस. सी. इटाली (g01 4/8)

तपाईंहरूले पहिले प्रकाशित गर्नुभएको “के प्रदुषणले तपाईंलाई बिरामी तुल्याउँछ?” (जून ८, १९८३, अंग्रेजी) भन्‍ने लेखमा जीवनदायी जानकारी थियो। यस डरलाग्दो बिमारीले हामीलाई हाम्रो आध्यात्मिक परिवारको महत्त्वपूर्ण संगति र सामाजिक क्रियाकलापबाट अलग राख्छ। यद्यपि, यो यस्तो रोग हो जसलाई न कसैले बुझ्ने प्रयाग गर्छ न त दया नै देखाउँछ। तपाईंहरूको भर्खरै प्रकाशित अंकको लेखले रोगीले साँच्चै भोग्नु पर्ने पीडाबारे वर्णन गर्छ।

एम. जे. फ्रान्स (g01 4/8)

म एक वर्षसम्म बिरामी भइसकेपछि मात्र मलाई मदत गर्नसक्ने डाक्टर भेट्टाएँ। त्यो समयमा, मेरा साथीहरू दयालु थिए र मेरो कुनै आलोचना गर्दैनथे। तर मलाई थाह छ, मेरो रोगबारे तिनीहरूले बुझेका थिएनन्‌। त्यसैले, म यी लेखहरूको लागि धन्यवाद दिन्छु। यति धेरै विषयहरूबारे जानकारी दिने संगठनको भाग हुनपाउनु आनन्ददायी कुरा हो।

एस. बी., संयुक्‍त राज्य (g01 4/8)

म एम सि एस-बाट पीडित छु र यसको अवस्था र असरबारे यति विस्तृत अनि सन्तुलित लेख कहिल्यै पढेकी थिइनँ। यसको सामना गर्ने “चिकित्सक पूर्जी” माया अनि हाँसो भनिएकोमा मलाई रमाइलो लाग्यो। अरू व्यक्‍तिहरूबाट आस गर्ने कुरामा व्यावहारिक हुनु भन्‍ने सल्लाह पनि मन पऱ्‍यो।

डि. जी., संयुक्‍त राज्य (g01 4/8)

यहोवाको साक्षीको हैसियतमा परिभ्रमण सेवकको रूपमा सेवा गर्दै आएको १० वर्ष भइसक्यो र मैले एम सि एस-बाट पीडित धेरै रोगीहरूलाई भेटेको छु। यो रोग कुनै कपोलकल्पित नभई वास्तविक हो भन्‍ने प्रस्ट छ। सदाझैं ब्यूँझनुहोस्‌!-ले रोगबारे जानकारी मात्र नदिई पीडितहरूलाई कसरी दया, प्रेम र सहानुभूति देखाउन सकिन्छ भनी व्यावहारिक सल्लाह पनि दिएको छ।

टि. एम. संयुक्‍त राज्य (g01 4/8)

सृष्टिको प्रमाण वैज्ञानिकहरूसँग धेरै समय सँगै काम गर्दा सृष्टिमा विश्‍वास गर्ने आधार एकदमै फितलो छ भन्‍ने तिनीहरूको दाबीले गर्दा म सधैं हैरान हुन्थें। “तपाईंको आँखाले देख्न सक्नेभन्दा बढी कुरा हेर्ने” (सेप्टेम्बर ८, २०००) नामक श्रृंखलाबद्ध लेख यस्ता दाबी गर्नेहरूको लागि मुखभरिको जवाफ हो। थोरै पृष्ठमै तपाईंहरूले सृष्टिबारे विश्‍वसनीय प्रमाण प्रस्तुत गर्नुभयो। यसको लेखन र अनुसन्धानको उत्कृष्टताको लागि ब्यूँझनुहोस्‌! प्रशंसाको योग्य छ।

बि. इ., न्यु जील्याण्ड (g01 4/22)

म यहोवाका साक्षीहरूसँग बाइबल अध्ययन गर्दैछु। परमाणु, कोष र डि एन ए-बारे दिइएका जानकारीहरू पढेपछि परमेश्‍वरको अस्तित्वबारे मेरो विश्‍वास झन्‌ बलियो भयो।

टि. के. जापान (g01 4/22)

इन्द्रधनुष किन देखा पर्छ, घाँस किन हरियो हुन्छ र परमाणु भनेको के हो अहिले म व्याख्या गर्नसक्छु! ब्यूँझनुहोस्‌! विज्ञानसम्बन्धी पत्रिका नभए तापनि यसले सृष्टिकर्तामाथि विश्‍वास गर्ने वैज्ञानिक प्रमाणहरूलाई औंल्याउँछ।

एम. एफ, संयुक्‍त राज्य (g01 4/22)

रक्‍तक्षेपणविना आरोग्य “अन्तस्करणको कुरा” (सेप्टेम्बर ८, २०००) लेखले मेरो हृदय छोयो। मलाई अक्यूट प्रोम्येलोसाइटिक ल्यूकेमिया भएको पत्ता लाग्दा मेरो पनि त्यस्तै हालत भयो। त्यसपछि मलाई पनि डार्लीनलाई भएजस्तै भयो। म केही दिन मात्र बाँच्छु भनिएको थियो। तर यसो भनेको तीन वर्ष भइसक्यो।

ए. बि., जर्मनी (g01 4/22)

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने