प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • g०१ ६/८ पृ. ३१
  • “विश्‍वदर्शन” स्कूलमा चलाइन्छ

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • “विश्‍वदर्शन” स्कूलमा चलाइन्छ
  • ब्यूँझनुहोस्‌!—२००१
  • मिल्दोजुल्दो सामग्री
  • स्कूलमा यहोवाको प्रशंसा गर्दै
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००५
  • “बालकहरूका मुखबाट”
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९५
  • स्कूलका साथीहरूलाई कसरी प्रचार गर्ने होला?
    ब्यूँझनुहोस्‌!—२००२
ब्यूँझनुहोस्‌!—२००१
g०१ ६/८ पृ. ३१

“विश्‍वदर्शन” स्कूलमा चलाइन्छ

संयुक्‍त राज्यकी १५ वर्षीया केटी एडेल्मिराले स्कूलमा ब्यूँझनुहोस्‌! पत्रिकालाई प्रभावशाली ढंगमा प्रयोग गरिन्‌। तिनले यस पत्रिकाका प्रकाशकलाई यस्तो पत्र लेखिन्‌:

“हामीले हरेक शुक्रबार ताजा घटनाहरूको रिपोर्ट दिनुपर्छ। मैले अप्रिल २२, २००० अंकको अंग्रेजी ब्यूँझनुहोस्‌! पढें र त्यसै पत्रिकामा ‘विश्‍वदर्शन’ विषयअन्तर्गत छापिएको ‘धूम्रपानले क्यान्सर निम्त्याउँछ भन्‍ने कुरा सुर्ती कम्पनीहरू स्वीकार्छन्‌’ शीर्षकमा आधारित रिपोर्ट तयार पार्ने निर्णय गरें। सारांश लेखें र यसलाई कक्षामा पढेर सुनाएँ। शिक्षिका र विद्यार्थीहरूले ध्यान दिएर सुने। रिपोर्ट पढिसकेपछि एक जना साथीले मलाई यो जानकारी भेट्टाउन धेरै समय लाग्यो होला है भनेर पूरै कक्षाको अगाडि सोधिन्‌। मैले तिनलाई ब्यूँझनुहोस्‌! दिएँ। तिनले उत्सुकतासाथ पढ्‌न थालिन्‌ र अर्को कक्षामा तिनीसितै पढ्‌ने हाम्रो मण्डलीको एक जना केटोले भनेअनुसार त्यो कक्षामा उसले देखुन्जेलसम्म पनि तिनले त्यो पत्रिका पढिनै रहेकी थिइन्‌। अब उक्‍त साथी ब्यूँझनुहोस्‌! र यसको सह पत्रिका प्रहरीधरहरा-को हरेक अंक पाउन चाहन्छिन्‌।

यस अनुभवले गर्दा मैले आफू यहोवाको एक जना साक्षी भएकोमा गर्व गर्न सकेकी छु। यसले मलाई यहोवाबारे कुरा गर्ने थुप्रै सुअवसर रहेछन्‌ भन्‍ने कुरा सिकायो।” एडेल्मिरा आफ्नो चिठी यसरी टुंग्याउँछिन्‌: “यी पत्रिकाहरू छाप्न गर्नुभएको कठिन परिश्रमको लागि म तपाईंहरूलाई धन्यवाद दिन चाहन्छु। कृपया ‘विश्‍वदर्शन’ छाप्न बन्द नगर्नुहोला!” (g01 5/8)

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने