प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • g०१ ६/८ पृ. ११-१२
  • आतंकवाद—चाँडै अन्त हुनेछ!

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • आतंकवाद—चाँडै अन्त हुनेछ!
  • ब्यूँझनुहोस्‌!—२००१
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • किन आतंकवाद?
  • समाधान
  • के आतङ्‌कवादको अन्त होला?
    थप लेखहरू
  • विषयसूची
    ब्यूँझनुहोस्‌!—२००१
  • रगतले पोतिएको इतिहास
    ब्यूँझनुहोस्‌!—२००६
  • बल्ल पृथ्वीभरि शान्ति!
    ब्यूँझनुहोस्‌!—२००६
थप हेर्नुहोस्
ब्यूँझनुहोस्‌!—२००१
g०१ ६/८ पृ. ११-१२

आतंकवाद—चाँडै अन्त हुनेछ!

चाहे जेरूशलेमको बस होस्‌ या ओक्लोहामा शहरको संघीय भवन वा मस्कोको आवास भवन नै किन नहोस्‌, यी सबै आतंककारीहरूको आक्रमणमा पर्नसक्छन्‌। आतंककारीहरूले यस्तो आक्रमण गरेर राजनीतिज्ञ, सैनिक अधिकारी अथवा धनाढ्यहरूलाई सन्देश दिन चाहेको भए तापनि तिनीहरूको आशय तथा लक्ष्यबीच सम्बन्ध नै नभएजस्तो देखिन्छ। प्रायजसो अवस्थामा तिनीहरू सर्वसाधारण जनतालाई आफ्नो लक्ष्य बनाउँछन्‌ जसको ती आतंककारीहरूको कार्यसित कुनै सरोकार छैन। उसोभए, कट्टरपन्थीहरू किन आतंक मच्चाउँछन्‌ त?

किन आतंकवाद?

आतंकवाद व्यवस्थित, नियोजित अनि जानीबुझी गरिने कार्य हो। त्यसको प्रमुख लक्ष्य हत्या गर्नु र घाइते बनाउनु मात्र होइन। त्यस्तो हत्या आतंककारी गतिविधिको उद्देश्‍य प्राप्त गर्ने माध्यम हुन्‌। यसरी तिनीहरूले डर र त्रासको वातावरण सिर्जना गरेर उच्च अख्तियारवालाहरू विरुद्ध आवाज उठाई आफ्नो मागको सुनुवाइ गर्छन्‌। आतंककारीहरूले हिंसात्मक कार्यहरू गर्नुका केही कारणहरू विचार गर्नुहोस्‌।

घृणा। अमेरिकाको संघीय गुप्तचर विभागका निर्देशक लुइस जे. फ्रीले बताएअनुसार “आतंकवादको . . . मुख्य कारण घृणा हो। तिनीहरू घृणा, षड्यन्त्र अनि अज्ञानताले भरिएको गन्जागोल अवस्था सृजना गर्छन्‌।

दमन। “साँच्चै भन्‍ने हो भने, आफ्नोभन्दा बेग्लै संस्कृतिलाई सखाप पार्ने अनुचित लक्ष्य राख्ने समूह तथा राष्ट्रहरूका नेताहरू पनि छन्‌” भनेर स्टेफेन बोमानले ह्वेन दी इगल स्क्रीम्स नामक आफ्नो पुस्तकमा लेखे। “तर आतंकवाद निकै हदसम्म निराशाका कारण उत्पन्‍न हुन्छ भन्‍ने कुरा प्रस्ट छ।”

निराशा। “थुप्रै परिस्थितिमा . . . आतंककारी हुन उत्प्रेरित गर्ने वास्तविक कारण राजनैतिक, सामाजिक तथा आर्थिक शक्‍तिहरू आफूले चाहेजस्तो पाउन नसकेकोले हो” भनी अर्बन टेरोरिज्म नामक पुस्तकका सम्पादक आफ्नो विचार पोख्छन्‌।

अन्याय। “आतंकवाद, समस्याको लक्षण मात्र हो, मूल कारण होइन” भनी माइकल सिमोफ “आतंकवादको नीति” विषयक आफ्नो प्रतिवेदनमा टिप्पणी गर्छन्‌। तिनी अझ यसो भन्छन्‌: “हाम्रा दीर्घकालीन लक्ष्य आतंकवादलाई जन्माउने सामाजिक अनि राजनैतिक मूल कारणहरूलाई निर्मूल पार्ने हुनुपर्छ। आतंकवाद विरुद्ध कदम चाल्नुको अलावा स्वतन्त्रता, मर्यादा, न्याय तथा मानवीय मूल्य मान्यताहरूलाई बढाउने अथक प्रयास गर्नैपर्छ। ती अथक प्रयासहरू प्रभावकारी भएमा मात्र हामीले आतंकवादको सामना तथा त्यसको विरोध गर्न सक्नेछौं।”

आतंक गर्नुको कारण र यसको अतीतले बाइबलको यस भनाइको सत्यतालाई झनै पुष्टि गर्छ: “एउटा मानिसले अर्को मानिसलाई दुःख दिने अधिकारको समय थियो।” (उपदेशक ८:९) बाइबलले आतंकवादलाई उक्साउने स्वभावहरूबारे समेत भविष्यवाणी गरेको थियो। जहाँ यसो भनिएको छ: “आखिरी दिनमा डरलाग्दो समय आउनेछ। किनभने मानिसहरू स्वार्थी, . . . स्वाभाविक प्रेम रहितका, खुशी नहुने, अर्कालाई दोष लाउने, असंयमी, निष्ठूर, असल नरूचाउने, विश्‍वासघाती, उत्ताउला, दिमागी, परमेश्‍वरभन्दा बरु सुख-विलास निको मान्‍ने [हुनेछन्‌।]”—२ तिमोथी ३:१-४.

वास्तविकता के हो भने, मानिसहरूले आतंकवादलाई परास्त गर्न जतिसुकै इमानदार भई प्रयास गरे तापनि यसलाई बढावा दिने कारणहरूलाई भने हटाउन सक्दैनन्‌। त्यसैले, बाइबलले यसो भन्छ: “मानिसहरूको मार्ग त्यो आफैमा छैन। आफ्नो पाइलालाई ठीक मार्गमा हिंडाउने शक्‍ति मानिसमा छैन।” (यर्मिया १०:२३) तथापि, आतंकवादको समस्या समाधान गर्ने शक्‍ति मानिससित नभए तापनि परमेश्‍वरसित भने अवश्‍य छ।

समाधान

अन्याय अथवा अत्याचारका सिकार हुनेहरू अनि निराश भएकाहरूले बाइबलको यस भरोसायोग्य प्रतिज्ञाबाट सान्त्वना पाउनसक्छन्‌: “सोझाहरू पृथ्वीमा बास गर्नेछन्‌। र निर्दोष मानिसहरू त्यहाँ रहनेछन्‌। तर दुष्टहरू त्यहाँबाट जरैसमेत उखेलिनेछन्‌, र विश्‍वासघातीहरू झारझैं फ्याँकिनेछन्‌।”—हितोपदेश २:२१, २२.

परमेश्‍वरको यो प्रतिज्ञा चाँडै पूरा हुनेछ। उहाँले नियुक्‍त गर्नुभएको शासक शासनारूढ राजा येशू ख्रीष्टले यो पूरा गर्नुहुनेछ। ख्रीष्टबारे बाइबल भविष्यवाणी यसो भन्छ: “उहाँले मुख हेरेर इन्साफ गर्नुहुनेछैन, औ कानले सुनेर मात्र विचार गर्नहुनेछैन। तर गरीबहरूको न्याय उहाँले ठीकसित गर्नुहुनेछ, र पृथ्वीलाई लौरोले झैं आफ्नो वचनले हिर्काउनुहुनेछ, र आफ्नो सासले दुष्टलाई नाश गर्नुहुनेछ।”—यशैया ११:३, ४.

हो, परमेश्‍वरको पुत्र, येशू ख्रीष्टले सबै अन्याय र अन्यायीहरूलाई समेत चाँडै नामेट पार्नुहुनेछ। परमेश्‍वरको धार्मिक नयाँ रीतिरिवाजमा आतंकवाद अनि हर प्रकारका हिंसा अतीतका कुरा हुनेछन्‌। त्यसपछि सबै जनाले पृथ्वीमा कुनै हानि नोक्सानीको भयविना सुरक्षित जीवन बिताउनेछन्‌।—प्रकाश २१:३, ४. (g01 5/22)

[पृष्ठ १२-मा भएको चित्र]

परमेश्‍वरले चाँडै सबै प्रकारका दमन तथा अन्याय नामेट पार्नुहुनेछ भनी बाइबल प्रतिज्ञा गर्छ

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने