प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • g०१ ८/८ pp. २१-२३
  • नायाग्रा फल्स—एकदमै विस्मयकारी अनुभव

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • नायाग्रा फल्स—एकदमै विस्मयकारी अनुभव
  • ब्यूँझनुहोस्‌!—२००१
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • हाम्रो भिज्ने पालो
  • ती झरनाहरू पछाडि सर्दैछन्‌!
  • पानी खेर जाँदैन
  • मधुमास अनि रातीको प्रकाश
  • पाठकहरूको प्रश्‍न
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२०
  • टापुमा जहाज दुर्घटना
    बाइबलका कथाहरू भएको मेरो पुस्तक
ब्यूँझनुहोस्‌!—२००१
g०१ ८/८ pp. २१-२३

नायाग्रा फल्स—एकदमै विस्मयकारी अनुभव

नायाग्रा फल्सलाई मैले त्यति नजिकबाट कहिल्यै देखेको थिइनँ तर हालसालै त्यो हेर्ने मौका पनि पाएँ। म तपाईंहरूलाई विश्‍वास दिलाउन चाहन्छु कि यो साँच्चै विस्मयकारी अनुभव हो। म र मेरा साथीहरू, घोडाको टापजस्तै आकारको कनेडियन हर्सशू फल्स भन्‍ने ठाउँमा घुम्न गएका थियौं। म त्यहाँ पहिलोपल्ट १९५८ मा गएदेखि यता त्यहाँ धेरै चोटि गइसकेको थिएँ तर एउटा कुरा भने मैले कहिल्यै गरेको थिइनँ अर्थात्‌ नौका विहार गरेर झरनाको मुखैसम्मचाहिं कहिल्यै पनि पुगेको थिइनँ। यद्यपि, १८४८ मा मेड अफ द मिस्ट नामक डुंगा प्रयोग गर्न थालेदेखि मानिसहरूले यस्तो यात्रा गर्न थालेका छन्‌। करोडौं मानिसहरूले यो रोमाञ्चकारी यात्रा गरिसके। अबचाहिं मेरो पालो थियो।

यस नदीका अमेरिकी र क्यानाडियाली किनारा दुवैपट्टिबाट निरन्तर डुंगाहरू आइरहन्छन्‌। त्यहाँ जानेहरूको सधैं लामो ताँती हुन्छ। हामी, त्यहाँ सबै उमेरका मानिसहरूको समूह अनि स-साना केटाकेटीहरूसमेत सबैजना पानीको फोहराबाट जोगिन फिका निलो रङको हल्का बर्साती लगाएर बसेको देख्नसक्छौं। (अर्कोतिर, अमेरिकन फल्स जानेहरूले चाहिं पहेंलो बर्साती लगाउँछन्‌।) मेड अफ द मिस्ट सातौं-ले ५८२ जनासम्म यात्रु बोक्नसक्छ। यसको तौल १४५ टन, लम्बाइ २४ मिटर अनि चौडाइ ९ मिटर हुन्छ। हाल चारवटा डुंगा मेड अफ द मिस्ट चौथो, पाँचौं, छैठौं र सातौं सञ्चालन भइरहेका छन्‌।

हाम्रो भिज्ने पालो

हामी पनि भीडसित लाइनमा उभियौं र निथ्रुक्क भिजेका पर्यटकहरू मेड अफ द मिस्ट सातौं-बाट ओर्लेपछि हामी त्यसमा चढ्यौं। अब हाम्रो एकदमै उत्साहजनक यात्रा सुरु हुनेछ जस्तो लाग्यो। एक किलोमिटरभन्दा पर झरना झर्ने ठाउँबाट ५२ मिटर तल ५५ मिटर गहिरो जलाशयमा पानी खसिरहेको थियो। हामी चढेको डुंगा नदीतिर लाग्यो र अमेरिकी किनारातर्फ अघि बढ्यो। त्यहाँ अमेरिकन फल्समा उर्लिरहेको पानी ५४ मिटर तल खस्छ।a हाम्रो सबैभन्दा रोमाञ्चकारी क्षण आउन त अझ बाँकी नै थियो।

जतिजति हामी त्यो उर्लंदो पानीको नजिकै पुग्यौं उत्तिनै आत्तिन थाल्यौं। त्यहाँको हावा अनि पानीको धार र तुफानले गर्दा फोटो खिंच्न असम्भव भयो। प्रति मिनेट १,७०,००० क्युबिक मिटर पानी झर्ने फेद नजिकै डुंगा लैजान डुंगा चालकले घण्टौं घण्टा लगाए जस्तो भयो! पानी खसेको आवाज पनि निकै भयानक सुनिन्थ्यो। आफू चिच्च्याएको आवाजसमेत सुनिंदैनथ्यो। मेरो मुटुको ढुकढुकी बढ्‌न थाल्यो। भनौं भने, मैले नायाग्राको चिसो तर एकदम शुद्ध पानीको आनन्द लिन पाएँ। यो वास्तवमा जीवनको अविस्मरणीय अनुभव थियो!

घण्टौं लाग्ला जस्तो लागे तापनि चालकले क्षणभरमै हाम्रो मेड-लाई खतराबाट जोगाउँदै सुरक्षित ठाउँतिर खियाउन थाल्यो। मैले ढुक्क महसुस गरें। धन्‍न, हामीलाई केही भएन। तर केही होला भनेर शंका गर्नुपर्ने कुनै ठाउँ पनि थिएन। यी डुंगाहरू सञ्चालन गर्ने कम्पनीको त्यस्तो दुर्घटना भएको कुनै रेकर्ड नै छैन। स्टिमबोटहरू सञ्चालन गर्ने कम्पनीका प्रमुख प्रबन्धक ईमिल बेन्डेले हामीलाई प्रत्येक डुंगामा सुरक्षात्मक ज्याकेट छ र यसले थुप्रै यात्रु वहन गर्नसक्छ भनेर आश्‍वासन दिए। यहाँ टाइटानिक दुर्घटना भएजस्तो हुने सम्भावना थिएन!

ती झरनाहरू पछाडि सर्दैछन्‌!

हो, भूक्षयले त्यस झरनालाई क्षति पुऱ्‍याएको छ। अनुमानअनुसार बितेको १२,००० वर्षभित्र नायाग्रा फल्स ११ किलोमिटर पछाडि सरेको छ। कुनै समय प्रति वर्ष सरदर एक मिटरको दरमा भूक्षय हुन्थ्यो। अहिलेचाहिं हरेक दस वर्षमा ३६ सेन्टिमिटरको दरले भूक्षय हुने गरेको छ। यस्तो भूक्षय हुनुको कारण के हो?

माथिबाट झरेको पानी नरम बलौटे ढुंगा, कालीमाटी आदिको ढुंगामाथि रहेको डोलोमाईट चूनढुंगाको माथिल्लो कडा सतहमा पर्छ। यी तल्ला पत्रहरू खिइन थाल्छन्‌ र त्यसपछि चूनढुंगा भत्केर जलाशयमा खस्छ।

पानी खेर जाँदैन

नायाग्रा नदीमा (५६ किलोमिटर) बग्ने यति धेरै पानी पाँचवटा विशाल तालहरूमध्ये चारवटाबाट निस्केको पानी हो। यो एरी तालदेखि उत्तरतिर ओन्टारियो तालतिर बग्छ। यो छोटो यात्राको दौडान क्यानाडा र अमेरिकाले यसलाई विद्युत्‌शक्‍ति उत्पादन गर्न प्रयोग गर्छ। भनिन्छ, संसारका विशाल विद्युत्‌शक्‍ति उत्पादन गर्ने स्रोतहरूमध्ये यो पनि एक हो। क्यानाडियाली अनि अमेरिकी विद्युत्‌ केन्द्रहरू गरेर कुल ४२,००,००० किलोवाट क्षमता छ। नायाग्रा नदीको पानी झरनाको रूपमा खस्नुअघि यसलाई जल चक्काहरू चलाउन मोडिन्छ।

मधुमास अनि रातीको प्रकाश

मधुमास मनाउने दम्पतीहरूका लागि नायाग्रा फल्स एकदमै लोकप्रिय ठाउँ हो। विशेष गरी सन्‌ १९५३ मा नायाग्रा नामक चलचित्र बनेपछि यस्तो हुन थालेको हो। राती झलमल बिजुलीबत्तीले झरनालाई अझ सिंगार्छ, जसले हाम्रो ग्रहको यो विशेष ठाउँको सुन्दरता अनि वैभव झल्काउँछ। संसारको यो अद्‌भुत ठाउँको भ्रमण गरिएन भने क्यानाडा र अमेरिकाको यात्रा अधूरो रहन्छ। अनि तपाईंलाई अलि रोमाञ्चक यात्रा गर्ने सोख छ भने यहाँ डुंगा चढ्‌न नबिर्सनुहोस्‌ नि! तपाईंले यो रोमाञ्चकारी यात्रा कहिल्यै बिर्सनुहुनेछैन।— साभार। (g01 7/8)

[फुटनोट]

a “अमेरिकन फल्समा यो पानी माथिबाट २१ देखि ३४ मिटर (७० देखि ११० फिट) तल झरनाको फेदमा रहेको ढुंगामा बेस्सरी ठोकिन्छ।”— ओन्टारियोज नायाग्रा पार्क्स।

[पृष्ठ २२-मा भएको पेटी/चित्र]

नायाग्रा स्पेनी हवाई कार

यो झरनाभन्दा ४.५ किलोमिटर तलतिर एउटा विशाल भुमरी, “गल्छी एक्कासी उत्तरपूर्वतिर फर्किएकोले नदीको धार तीव्र भएको ठाउँमा बनिएको छ। यहाँ हरियो पन्‍ना रङको पानी भुमरीको रूपमा बेह्रिन्छ र गल्छीको उत्तरपश्‍चिमी भागको सानो मार्गबाट जान फेरि फुस्केजस्तै देखिन्छ।”— ओन्टारियोज नायाग्रा पार्क्स।

यो विशाल दहको सम्पूर्ण आकार हेर्ने हो भने, नायाग्रा स्पेनिस एरो कार अर्थात्‌ केबुल कार चढ्‌नु बेस हुन्छ। किनभने यसबाट त्यो जलाशय पार गर्न सकिन्छ र त्यसैबाट नदीको अघि र पछिल्तिर दुवैको विस्मयकारी दृश्‍य प्रस्टसित देखिन्छ। तर यसलाई “स्पेनी” एरो कार किन भनिएको नि? यसको परिकल्पना अनि निर्माण कार्य स्पेनी इन्जिनियर लियोनार्डो टोरेस क्वेभेडोले (१८५२-१९३६) गरेका हुन्‌ र यो १९१६ देखि प्रयोग गरिंदै आएको छ। हाल अस्तित्वमा रहेको यस प्रकारको कार यही एउटै मात्र हो।

[पृष्ठ -मा भएको रेखाचित्र/चित्र]

(ढाँचा मिलाएर राखिएको शब्दको लागि प्रकाशन हेर्नुहोस्‌)

भूक्षयले गर्दा १६७८ देखि यो झरना ५० मिटर वा त्योभन्दा बढी नै पछाडि सरेको छ

१६७८

१७६४

१८१९

१८४२

१८८६

१९९६

[स्रोत]

Source: Niagara Parks Commission

[पृष्ठ २३-मा भएको नक्सा]

(ढाँचा मिलाएर राखिएको शब्दको लागि प्रकाशन हेर्नुहोस्‌)

क्यानाडा

सं.रा.अ.

क्यानाडा

सं.रा.अ.

इरी ताल

नायाग्रा फल्स

नायाग्रा नदी

ओन्टारियो ताल

[पृष्ठ २१-मा भएको चित्र]

अमेरिकन फल्स

क्यानाडियन हर्सशू फल्स

[पृष्ठ २२-मा भएको चित्र]

जाडो मौसममा राती झलमल्ल पारेको झरनाको दृश्‍य

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने