प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • g०१ ११/८ पृ. ३१
  • भियतनाममा पहिले पत्ता नलागेका जन्तुहरू

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • भियतनाममा पहिले पत्ता नलागेका जन्तुहरू
  • ब्यूँझनुहोस्‌!—२००१
  • मिल्दोजुल्दो सामग्री
  • तिनीहरू किन खतरामा परेका छन्‌?
    ब्यूँझनुहोस्‌!—२००४
  • पशुपक्षीहरूलाई क्रूर व्यवहार गर्नु—के गलत हो?
    ब्यूँझनुहोस्‌!—१९९८
  • के जनावरहरू स्वर्ग जान्छन्‌?
    बाइबल प्रश्‍नहरूको जवाफ
  • जहाँ छवटा महादेशको मिलन हुन्छ
    ब्यूँझनुहोस्‌!—२००५
थप हेर्नुहोस्
ब्यूँझनुहोस्‌!—२००१
g०१ ११/८ पृ. ३१

भियतनाममा पहिले पत्ता नलागेका जन्तुहरू

“जनावरहरूको खोजमा बिताइएको यस शताब्दीकै सबैभन्दा रोचक समय” भनेर लन्डन चिडियाखानाका स्तनधारी जन्तुहरूको संरक्षक डग्लस रिचार्डसनले उत्साहका साथ बताए। तिनी विगत दस वर्षको दौडान भियतनामका अनकन्टार जंगलहरूमा भेटिएको खास प्रकारको विशाल जन्तुबारे कुरा गर्दै थिए।

दसकौंसम्म यहाँ भएको भीषण युद्धले गर्दा वैज्ञानिकहरू यी जंगलहरूमा पस्न सकिरहेका थिएनन्‌। तथापि, हाल त्यहाँ काम गरिरहेका अन्वेषकहरूले जनावरको फोटो खिच्न स्वचालित क्यामेरा प्रयोग गरिरहेका छन्‌। ती जन्तुहरूमध्ये जेभन गैंडा प्रजातिअन्तर्गतको भियतनामी गैंडा पनि पर्छ र यो लोप हुन लागेको जातिमा पर्छ।

भियतनामको अर्को पहिले पत्ता नलागेको जन्तु हरिणजस्तै देखिने गोरु हो जसलाई भियतनामी भाषामा भु क्वाङ भनिन्छ। सन्‌ १९९२ तिर भु क्वाङ प्राकृतिक आरक्षमा भेटिएको यस जन्तुको तौल १०० किलोग्राम थियो भने उचाइ एक मिटर। यो जन्तु गोरु, हरिण वा बाख्रा जातको हुनुपर्छ। त्यही आरक्षमा तीनवटा मृग पनि भेटिएका थिए। ती हुन्‌, १९९३ मा भेटिएको विशाल भुक्ने मृग, १९९७ मा भेटिएको ट्रुओङ सन भुक्ने मृग र १९९८ मा भेटिएको लिफ भुक्ने मृग।

सन्‌ १९९६ तिर भियतनामको टाइन्गुएन पठारमा वैज्ञानिकहरूले राती मात्र बाहिर निस्कने सानो मांसाहारी जन्तु, टाइन्गुएन सिभेट भेट्टाए। यसको तौल २,९७० देखि ७,४२५ ग्रामसम्म हुन्छ र यिनीहरू ओसिलो उष्ण प्रदेशीय वनमा पाइन्छन्‌।

साना जीवहरू निरन्तर फेला परिरहेका छन्‌ र लगभग २० वटा भिन्‍नै प्रकारका भ्यागुताहरू एक वर्षभित्र भेट्टिएका पनि छन्‌ तर ठूलठूला जनावरहरू भेटिएला भनेर चाहिं आशा गरिएको थिएन भनेर रिचार्डसनले वर्णन गर्छन्‌ भनी लन्डनको द इन्डिपेन्डेन्ट पत्रिका रिपोर्ट गर्छ। (g01 10/22)

[पृष्ठ ३१-मा भएको चित्र]

टाइन्गुएन सिभेट

भु क्वाङ अक्स

ट्रुओङ सन भुक्ने मृग

भियतनामी गैंडा

[स्रोत]

Forest: © Wildside Photography

Vietnamese rhino: AP Photo/World Wildlife Fund, Mike Baltzer; other three animals: Courtesy EC- SFNC/Acknowledging the European Commission’s support of the photo-trapping program

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने