प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • g०२ १/८ पृ. २७
  • पाठकहरूका प्रतिक्रिया

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • पाठकहरूका प्रतिक्रिया
  • ब्यूँझनुहोस्‌!—२००२
  • मिल्दोजुल्दो सामग्री
  • पाठकहरूका प्रतिक्रिया
    ब्यूँझनुहोस्‌!—२००२
  • पाठकहरूका प्रतिक्रिया
    ब्यूँझनुहोस्‌!—२००२
  • पाठकहरूका प्रतिक्रिया
    ब्यूँझनुहोस्‌!—२००१
ब्यूँझनुहोस्‌!—२००२
g०२ १/८ पृ. २७

पाठकहरूका प्रतिक्रिया

सूर्य म अक्सर यहोवालाई घाम, जून अनि हाम्रो सुन्दर पृथ्वीको लागि धन्यवाद दिन्छु तर यी सबै सृष्टिलाई म प्रायः त्यति ध्यानै दिन्‍नँ। “सूर्यको अद्‌भुत विशेषता” (अप्रिल ८, २००१) विषयक लेख पढिसकेपछि भने म उहाँको उदार अनि अमूल्य उपहारहरूको लागि उहाँलाई धन्यवाद दिंदै हृदयस्पर्शी प्रार्थना गर्न उत्प्रेरित भएँ।

बि. पि., संयुक्‍त राज्य (g01 12/08)

म अहिले नौ वर्षको भएँ र सूर्यजस्तो चाखलाग्दा विषयमा लेख लेख्नुभएको लागि म तपाईंलाई धन्यवाद दिन चाहन्छु। ब्यूँझनुहोस्‌! पढेर म साँच्चै धेरै कुरा सिक्न सक्छु।

ए. बि., संयुक्‍त राज्य (g01 12/08)

केश म हेयरड्रेसरको काम गर्छु र “तपाईंको केशलाई नियाल्दा” (मे ८, २००१) विषयको लेख पढिसकेपछि म निकै खुसी भएँ। मैले मेरी हाकिमलाई पनि यसको एक प्रति दिएँ। यो लेख पढेर उहाँ निकै प्रभावित हुनुभयो र अरू काम गर्ने केटीहरूलाई पनि उहाँले त्यो लेख पढ्‌न दिनुभयो। त्यस्तो व्यावहारिक जानकारीको लागि तपाईंहरूलाई धेरै धन्यवाद छ।

डि. एल., रोमानिया (g01 12/08)

पादटिप्पणीमा अघिल्लो अंकको “अलोपिसिया—लिभिङ इन साइलेन्स विथ हेयर लस” विषयको लेखलाई उद्धृत गर्नुभएको लागि धन्यवाद छ। (अप्रिल २२, १९९१) मैले यो समस्या भोगिरहेको १७ वर्ष भइसक्यो। बाहिरी रूपरंगलाई मात्र बढी महत्त्व दिने र कुनै व्यक्‍तिमा अलि खोट देख्ने बित्तिकै उसलाई बेवास्ता गरिने संसारमा पनि यहोवा र उहाँको संगठनले मलाई त्यागेको छैन भनी थाह पाउनु अत्यन्तै प्रोत्साहनदायी कुरा हो।

एम. जि. इटाली. (g01 12/08)

हजुरबा हजुरआमा “युवा जनहरू सोध्छन्‌ . . . मैले किन आफ्नो हजुरबा हजुरआमालाई अझ राम्ररी चिन्‍नुपर्छ?” (मे ८, २००१) विषयक लेखको लागि धेरै धन्यवाद छ। मेरो हजुरआमा र मेरो निकै आत्मीय सम्बन्ध छ। मेरो आमा र बुबाको छुटानाम हुँदा मेरो मनमा धेरै प्रश्‍नहरु उठेको कारण म अक्सर रुन्थें। त्यस्तो परिस्थितिमा मलाई सम्हाल्ने नै मेरो हजुरआमा हुनुहुन्थ्यो। मेरो मनमा सेवकाईप्रति साँचो प्रेम विकास गर्न उहाँले मलाई प्रचारमा लाने गर्नुहुन्थ्यो। उहाँको पदचिन्हलाई पछ्याउँदै चार वर्षअघि म पनि पूर्ण-समय सेवक भएँ। उहाँलाई अल्जाइमर्स रोग लागेपछि उहाँले मलाई चिन्‍न छाड्‌नुभयो। तर पनि उहाँलाई प्रमोदवनबारे लेखिएको शास्त्रपद पढेर सुनाउँदा उहाँको आँखामा एक प्रकारको चमक देखिन्थ्यो। सेप्टेम्बर २००० मा उहाँको निधन भयो। युवाहरूलाई आफ्नो हजुरबा हजुरआमाको महत्त्वबारे सिकाउनुभएको लागि तपाईंहरूलाई धेरै-धेरै धन्यवाद छ।

सि. आर., संयुक्‍त राज्य (g01 12/22)

मेरो आमाबुबाको छुटानाम भएको दश वर्ष भइसक्यो। मैले आमालाई नै साथ दिनुपर्छ भन्‍ने मेरो सोचाइले गर्दा बुबापट्टिको परिवारसित मैले आफ्नो नाता नै तोडें। तर यो लेख पढेपछि हजुरबा हजुरआमासित राम्रो सम्बन्ध राख्नुको महत्त्व र फाइदाबारे बुझें। यस लेखद्वारा यस सम्बन्धलाई विकास गर्न मैले केही बाइबल आधारित सुझाउहरू पाएकी छु।

जि. भि., संयुक्‍त राज्य (g01 12/22)

मेरा आमा र बुबापट्टिका चारै जना हजुरबा हजुरआमाहरू मसीही नहुनुभए तापनि मेरो उहाँहरूसित राम्रो सम्बन्ध छ। मण्डलीमा मेरो अर्को एक जना “हजुरआमा” पनि हुनहुन्छ र उहाँ ७० वर्ष पुग्नै लागेकी मसीही बहिनी हुनुहुन्छ। मलाई कुनै समस्या पर्दा उहाँ मेरोलागि बाइबल पद पढ्‌नुहुन्छ र मलाई प्रोत्साहन दिनुहुन्छ। कहिले उहाँ मेरो हात समाउनु हुन्छ त कहिले मलाई अँगालो हाल्नुहुन्छ। कहिलेकाहीं त मलाई हामी दुईबीच कुनै उमेरको भिन्‍नता नै छैन जस्तो लाग्छ।

एम. के., जापान (g01 12/22)

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने