प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • g०२ ७/८ पृ. ३-४
  • दासत्व—यसको महामारी अझै बाँकी छ

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • दासत्व—यसको महामारी अझै बाँकी छ
  • ब्यूँझनुहोस्‌!—२००२
  • मिल्दोजुल्दो सामग्री
  • के परमेश्‍वरले दासप्रथाको भर्त्सना गर्नुहुन्छ?
    ब्यूँझनुहोस्‌!—२००१
  • दासत्व विरुद्ध लामो संघर्ष
    ब्यूँझनुहोस्‌!—२००२
  • दासत्वबाट छुटकारा पहिले र अहिले
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (जन संस्करण—२०१७)
  • विषयसूची
    ब्यूँझनुहोस्‌!—२००२
थप हेर्नुहोस्
ब्यूँझनुहोस्‌!—२००२
g०२ ७/८ पृ. ३-४

दासत्व—यसको महामारी अझै बाँकी छ

के दासत्वको अन्त भइसक्यो? धेरैलाई भइसक्यो जस्तो लाग्छ। दासत्व भन्‍ने बित्तिकै हाम्रो दिमागमा क्रूरता र दमनको डरलाग्दो दृश्‍य आउँछ। तर धेरै जनाको विचारमा यी दृश्‍यहरू विगतका कुराहरू हुन्‌। उदाहरणका लागि, कतिपय व्यक्‍तिहरूले बितेका शताब्दीहरूमा दासहरू बोक्ने जहाज भन्‍ने बित्तिकै असाध्यै फोहर कोठा, डरले थरथर काँपिरहेका मानिसहरू र कानै खाने आवाज निकाल्ने थोत्रा जहाजहरूको कल्पना गर्छन्‌।

हुन त, दास बोक्ने त्यस्ता जहाजहरू अचेल समुद्रहरूमा देखिंदैनन्‌ र अन्तरराष्ट्रिय सन्धिहरूले त्यस्तो प्रकारको दासत्वलाई अवैध घोषणा गरिसक्यो। तथापि, दासत्वको उन्मूलन भने भएको छैन। मानवअधिकारवादी संस्था एन्टि-स्लेभरी इन्टरनेशनलको गणनाअनुसार अझै पनि २० करोड मानिसहरू कुनै न कुनै प्रकारको दासत्वमा छन्‌। तिनीहरूको अवस्था बितेका शताब्दीहरूका दासहरूको भन्दा पनि नाजुक छ। वास्तवमा, केही विश्‍लेषणकर्ताहरू “इतिहास पल्टाएर हेर्न हो भने अहिले जति मानिसहरू दासत्वमा पहिले कहिल्यै परेका थिएनन्‌” भन्‍ने निष्कर्षमा पुगेका छन्‌।

आधुनिक समयका यी दासहरूका कथाहरू हृदयविदारक छन्‌। दस वर्षका कान्जिa दिनहुँ गोठालो जान्छन्‌, साथै तिनले सधैंजसो आफ्नो मालिकको कुटाइ खानुपर्छ। “भाग्यले साथ दिए मैले एक टुक्रा बासी रोटीसम्म भेट्‌छु, नत्रभने म दिनभरि भोकै हुन्छु” भनी तिनी बताउँछन्‌। “मैले काम गरेको ज्याला कहिल्यै पनि पाउँदिनँ किनकि म एउटा दास र तिनीहरूको सम्पति हुँ। . . . मेरै उमेरका अरू बच्चाहरू खेलिरहेका हुन्छन्‌। यस्तो त्रासले भरिएको जिन्दगी बाँच्नुभन्दा त बरु मर्न पाएको भए बेस हुन्थ्यो।”

कान्जिजस्तै आधुनिक समयका दासहरू प्रायजसो बच्चा वा आइमाईहरू हुन्छन्‌। तिनीहरू आफूले नचाहँदा नचाहँदै पनि गलैंचा बुन्‍न, सडक बनाउन, उखु काट्‌न वा वेश्‍याको रूपमा काम गर्नसमेत बाध्य भएका छन्‌। अनि तिनीहरूलाई मात्र १० अमेरिकी डलरमा बेचिन्छ। कतिपय बच्चाहरूलाई त ऋण तिर्नको लागि आफ्नै आमाबाबुले बेचिदिन्छन्‌।

के तपाईंलाई यो विवरण एकदमै घोर दुर्व्यवहारजस्तो लाग्यो? तपाईंलाई मात्र यस्तो लागेको होइन। डिस्पोजेबल पिपल पुस्तकका लेखक केभिन बाल्ज आफ्नो पुस्तकमा यस्तो टिप्पणी गर्छन्‌: “दासत्व भनेको घृणित कुरा हो। यो कसैको श्रम चोर्नु मात्र होइन; तर उसको सम्पूर्ण जीवन नै चोर्नु हो।” मानिसले मानिसमाथि गरेको अमानवीय व्यवहारलाई मनमा राख्दा, दासत्वको पीडा एकदिन अन्त हुनेछ भनेर विश्‍वास गर्न सकिने कस्तो कारण पाउँछौं? यो प्रश्‍नको तपाईंलाई आफ्नो व्यक्‍तिगत जीवनसँग खासै सरोकार छैन जस्तो लागेको होला तर यो तपाईंको जीवनसँग मुछिएको छ।

अब हामी दासत्व थुप्रै प्रकारका हुन सक्छन्‌ भनेर बुझ्नेछौं। थुप्रै प्रकारका दासत्वहरू छन्‌ र तीमध्ये कुनै-कुनैले प्रत्येक जीवित व्यक्‍तिलाई असर गर्छ। त्यसकारण मानिसजातिले कुनै दिन साँचो स्वतन्त्रता अनुभव गर्न पाउनेछ कि छैन भनेर हामी सबैले बुझ्नुपर्छ। तर सर्वप्रथम हामी मानव दासहरूको बेच-बिखनको इतिहास संक्षिप्तमा केलाऔं। (g02 6/22)

[फुटनोट]

a तिनको वास्तविक नाउँ होइन।

[पृष्ठ -मा भएको चित्र]

पिछडिएका आइमाई र बच्चाहरू दास बेच-बिखन प्रथाको सिकार भएको धेरै भइसक्यो

[स्रोत]

U.S. National Archives photo

Top photo: UN PHOTO 148000/Jean Pierre Laffont

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने