प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • g०२ ९/८ पृ. २४
  • पाठकहरूका प्रतिक्रिया

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • पाठकहरूका प्रतिक्रिया
  • ब्यूँझनुहोस्‌!—२००२
  • मिल्दोजुल्दो सामग्री
  • विषयसूची
    ब्यूँझनुहोस्‌!—२००२
  • जोर्नीशोथ—अशक्‍त बनाउने रोग
    ब्यूँझनुहोस्‌!—२००२
  • जोर्नीशोथ भएकाहरूका लागि आशा
    ब्यूँझनुहोस्‌!—२००२
  • फेङ स्वी—के यो मसीहीहरूका लागि उचित छ?
    ब्यूँझनुहोस्‌!—२००२
थप हेर्नुहोस्
ब्यूँझनुहोस्‌!—२००२
g०२ ९/८ पृ. २४

पाठकहरूका प्रतिक्रिया

जोर्नीशोथ “जोर्नीशोथ भएकाहरूका लागि आशा” भन्‍ने श्रृंखलाबद्ध लेख मलाई साह्रै हृदयस्पर्शी लाग्यो। (जनवरी ८, २००२) म २१ वर्षकी भएँ र पीडादायी जोर्नीशोथले मलाई पिरोलेको लगभग १५ वर्षजति भइसक्यो। यस लेखले मलाई साँच्चै ठूलो प्रोत्साहन दिनुका साथै यसलाई सहने मेरो संकल्पलाई अझ बलियो बनायो।

ए. एफ., फ्रान्स (g02 7/22)

म आफूलाई अति बहुमूल्य लाग्ने पूर्ण-समय प्रचारकको रूपमा सेवा गर्छु। तर दिन प्रतिदिन आफ्नो सेवा पूरा गर्न मलाई गाह्रो भइरहेको छ। मेरो यस्तो अवस्था हुनुको कारण ओस्टियोअर्थ्राइटीस अर्थात्‌ सन्धिबाथ हो भन्‍ने कुरा पत्ता लागेको छ। दिनहुँ मलाई साह्रै पीडा हुन्छ। कहिलेकाहीं त म यत्तिबिघ्न हतास हुन्छु कि यसले गर्दा म निराश महसुस गर्छु। यस्तो समसामयिक लेख तथा नयाँ संसारबारे यहोवाले गर्नुभएको प्रतिज्ञालाई संगाल्दा हामी साँचो सान्त्वना पाउन सक्छौं भन्‍ने सम्झौटाको लागि धेरै धन्यवाद।

एच. एम. ए., संयुक्‍त राज्य (g02 7/22)

म रुमाटोइट अर्थ्राइटीस अर्थात्‌ बाथको रोगी हुँ। म अहिले यस रोगको भयावह आक्रमणदेखि बिस्तारै निको हुँदैछु। यी लेखहरूले यस रोगद्वारा ग्रसित व्यक्‍तिहरूले अनुभव गर्ने पीडा सही तरिकाले व्याख्या गरेको थियो। यसबारे अझ बढी बुझ्न र यसका असरहरू कम गर्न के गर्न सकिन्छ भन्‍ने कुरा एकदमै उपयोगी लाग्यो।

जी. एफ. एफ. पोर्चुगल (g02 7/22)

म २१ वर्षकी भएँ र म केवल दस वर्षकी छँदा मलाई जुभेनाइल रुमाटोइड अर्थ्राइटीस भएको थाह पाएँ। मैले चिकित्साशास्त्रसम्बन्धी पत्र-पत्रिकाहरूमा धेरैको अनुभवहरू पढेकी छु तर मैले जस्तै अनुभव गरिरहेका मेरा आध्यात्मिक भाइबहिनीहरूको अनुभवको तुलनामा ती अनुभवहरू फिक्का लाग्यो। त्यस लेखमा उल्लिखित काटियाले जस्तै पूर्ण-समय प्रचारकको हैसियतमा मैले आफ्नो कार्यलाई निरन्तरता दिन सकिरहेकी छैन। यहोवाको सेवामा धेरै गर्न नसक्दा उत्पन्‍न हुने निराशा र दोषी भावनाहरूको सामना अरूले कसरी गरिरहेका छन्‌ भन्‍ने कुरा पढ्‌दा म साह्रै प्रोत्साहित भएँ।

एच. एम. संयुक्‍त राज्य अमेरिका (g02 7/22)

एक वर्षअघि अर्थात्‌ म चौबीस वर्षको हुँदा मलाई दीर्घकालीन रुमाटोइड अर्थ्राइटीस अर्थात्‌ बाथ रोग लागेको निदान भयो। पूर्ण-समय प्रचारकको रूपमा मैले आफ्नो सेवा छोड्‌नुपऱ्‍यो। म साह्रै निराश भएँ। असह्‍य पीडा र थकाइले गर्दा अहिले म पहिलाको तुलनामा आधा जस्तो मात्र काम गर्छु। यस लेखमार्फत अरूले पनि यस्तै शारीरिक तथा भावनात्मक पीडा महसुस गर्दा रहेछन्‌ भन्‍ने कुरा जान्‍न पाउँदा मैले ठूलो सान्त्वना प्राप्त गरें। आफूले गर्न सक्ने व्यावहारिक जानकारी पाएकोमा पनि म आनन्दित भएँ। म “लंगडा मृगझैं उफ्रने” दिनको प्रतीक्षामा छु।—यशैया ३५:६.

टि. यु., जापान (g02 7/22)

एक वर्षअगाडि मेरा केही जोर्नीहरू असाध्यै दुख्न थाल्यो। म अधबैंसे भएको कारण यो जोर्नीशोथ होला भनेर त मैले सपनामा पनि सोचेको थिइनँ। तपाईंहरूको लेखले मलाई आफूले आशा गर्ने कुरामा सन्तुलित तथा व्यावहारिक हुन मदत गऱ्‍यो।

बि. पि., संयुक्‍त राज्य (g02 7/22)

म १९ वर्षकी भएँ र मेरो नारी, खुट्टाको जोर्नी र घुँडामा जोर्नीशोथ भएको छ। विशेष गरी मलाई “आफ्ना सिमितताहरूलाई विचार गर्दै” भन्‍ने उपशीर्षक मन पऱ्‍यो। म संयुक्‍त राज्य अमेरिकाबाट इक्वेडर पूर्ण-समय प्रचारकको रूपमा सेवा गर्ने हेतुले आएकी थिएँ। तर कमजोरी, थकाइ र पीडाको कारण म सेवकाईमा लामो समय बिताउन सक्दिनँ। मैले उपचारको लागि घर फर्किने निर्णय गरेकी छु र निको भएर फेरि यहीं फर्किने आशा राखेकी छु।

जे. एस., इक्वेडर (g02 7/22)

फेङ स्वी “फेङ स्वी—के यो मसीहीहरूका लागि उचित छ?” भन्‍ने लेखको लागि धेरै धन्यवाद। (जनवरी ८, २००२) घरको साजसज्जा गर्ने मेरो पेसा भएकोले हालै मलाई एक जना ग्राहकले घरको सजावटमा फेङ स्वी प्रयोग गर्न आग्रह गरे। मलाई त के गरूँ कसो गरूँ भयो किनभने यस प्रचलनबारे मलाई खासै केही थाह थिएन। यो लेख ठ्याक्क समयमै आयो! अबदेखि घरको सजावटमा यस्तो धारणा प्रयोग नगर्ने मैले निर्णय गरेकी छु।

सि. भि., संयुक्‍त राज्य (g02 7/22)

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने