प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • g०२ १०/८ पृ. ३
  • अंकहरू र तपाईं

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • अंकहरू र तपाईं
  • ब्यूँझनुहोस्‌!—२००२
  • मिल्दोजुल्दो सामग्री
  • के तपाईं डोऱ्‍याइको लागि अंकहरूमा भर पर्नु ठीक होला?
    ब्यूँझनुहोस्‌!—२००२
  • अंकहरूप्रतिको मोह
    ब्यूँझनुहोस्‌!—२००२
  • आउनुहोस्‌ हाङ्‌गोल लिपिमा लेखौं!
    ब्यूँझनुहोस्‌!—२००२
  • विषयसूची
    ब्यूँझनुहोस्‌!—२००२
थप हेर्नुहोस्
ब्यूँझनुहोस्‌!—२००२
g०२ १०/८ पृ. ३

अंकहरू र तपाईं

के अंकहरूमा कुनै गोप्य अर्थ हुन्छ? कसै-कसैले “अवश्‍य हुन्छ!” भन्दै यसको प्रमाणस्वरूप एउटा रोचक उदाहरण अर्थात्‌ सेप्टेम्बर ११, २००१ को आतंकवादी आक्रमणको घटनालाई औंल्याउँछन्‌।

एक जना संख्याशास्त्री यसो भन्छिन्‌, “मैले यो समाचार सुन्दा यो घटना घटेको मिति ९-११-२००१ भएको तुरुन्तै याद गरिहालें।” अक्सर अंक ११ लाई संख्याशास्त्रीहरूले एउटा “मूलांक” मान्छन्‌। त्यसकारण संख्याशास्त्रमा चासो राख्ने मानिसहरूले आतंकवादी आक्रमणसँग “मूलांक” ११ को सम्बन्ध देखाउन थुप्रै विवरणहरू भेला गरेका छन्‌। तिनीहरूले पत्ता लगाएका कुराहरूमध्ये यी केही मात्र हुन्‌:

▪ यो विपत्ति भएको मिति ९/११ थियो। . . . ९ + १ + १ = ११.

▪ सेप्टेम्बर ११ त्यस वर्षको २५४ औं दिन थियो। . . . २ + ५ + ४ = ११.

▪ उत्तरी भवनमा ठक्कर खाने हवाईजहाजको उडान न. ११ थियो।

▪ त्यस हवाईजहाजमा ९२ जना यात्रुहरू थिए। . . . ९ + २ = ११.

▪ दक्षिणी भवनमा ठक्कर दिने हवाईजहाजमा ६५ जना यात्रुहरू थिए।. . . ६ + ५ = ११.

▪ जुम्ल्याहा भवनहरूको आकृति अंक ११ जस्तै थियो।

▪ “न्यु योर्क शहर” भन्‍ने अंग्रेजी पदावलीमा ११ वटा अक्षरहरू छन्‌।

संख्याशास्त्र अर्थात्‌ अंकहरू, यसको संयोजन र योगफलको विशेष महत्त्व हुन्छ भन्‍ने धारणा अफ्रिका, एसिया र अमेरिकामा व्याप्त छ। मानिसहरू संख्याशास्त्रप्रति यत्तिको मोहित हुनुको कारण के हो? एउटा वेब साइटअनुसार संख्याशास्त्रको एउटा लोकप्रिय पक्ष के हो भने, नाउँहरूमा प्रयोग भएको अक्षरहरूको अर्थ खुलाउँदा यसले “व्यक्‍तित्व, स्वभाव, गुण तथा अवगुणहरूबारे सही जानकारी दिन्छ।” यस स्रोतअनुसार हाम्रो “जन्म मितिबारे” अध्ययन गर्दा “हाम्रो जीवनपद्धतिका साथै शुभ र अशुभ घडीहरू प्रकट हुन्छ।”

के यी दाबीहरू सत्य हुन्‌? वा अंकहरूको अलौकिक अध्ययनको पछाडि कुनै खतराहरू पो लुकेका छन्‌ कि? (g02 9/8)

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने