प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • g०२ १२/८ पृ. १८
  • आँखाको विषयमा एउटा अद्‌भुत आविष्कार

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • आँखाको विषयमा एउटा अद्‌भुत आविष्कार
  • ब्यूँझनुहोस्‌!—२००२
  • मिल्दोजुल्दो सामग्री
  • दृश्‍य सामग्रीको उचित प्रयोग
    पढ्‌ने र सिकाउने काममा लागिरहनुहोस्‌
  • प्रेरितहरूका समयमा ज्योतिका चमकहरू
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९५
  • ज्योतिका चमकहरू —ठूला र साना भाग दुइ
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९५
  • संसारको ज्योतिलाई पछ्याउनुहोस्‌
    सन्‌ १९९३ को अंग्रेजी प्रहरीधरहरा-बाट अध्ययन लेखहरू
थप हेर्नुहोस्
ब्यूँझनुहोस्‌!—२००२
g०२ १२/८ पृ. १८

आँखाको विषयमा एउटा अद्‌भुत आविष्कार

स्तनधारी प्राणीहरूको आँखामा प्रकाशले असर गर्ने न्यूरोनहरू हुन्छन्‌ र यसले शरीरमा हुने एक किसिमको आन्तरिक घडीलाई मिलाउँछ भन्‍ने कुरा वैज्ञानिकहरूलाई पहिल्यैदेखि थाह थियो। प्रकाशप्रति संवेदनशील हुने यो कार्य डण्डा र शंख आकारका दृष्टि कोषिकाहरूद्वारा सञ्चालन हुन्छ भन्‍ने पुरानो सोचाइ थियो। तर सन्‌ १९९९ मा साइन्स खबरपत्रिकाले दिएको रिपोर्टअनुसार अनुसन्धाताहरूले “एउटै पनि डण्डा र शंख नभएका आनुवंशिक परिवर्तन भएका मुसाहरू [जसले आँखै देख्दैनन्‌] तिनीहरूमा पनि प्रकाशप्रति संवेदनशील हुने आन्तरिक घडी भएको कुरा पत्ता लगाए।” यसले गर्दा अनुसन्धाताहरू “प्रकाशप्रति संवेदनशील हुने अरू नै कोषिकाहरू आँखामा हुनुपर्छ” भन्‍ने निष्कर्षमा पुगे।

स्पष्ट जानकारी नभएका यो प्रकाश चेतक पत्ता लागेको छ। आकृति बनाउने डण्डा र शंख आकारका कोषहरूसितै मिसिए तापनि प्रकाश चेतकहरूले “आकृति बनाउने दृष्टि प्रणालीका साथसाथै छुट्टै दृष्टि परिपथ” रचना गर्छ भनी साइन्स बताउँछ। भर्खरै पत्ता लागेको परिपथको काममा आँखाको नानी ठूलो सानो गर्नु र मेलाटोनिन भन्‍ने रासायनिक पदार्थ कति निष्कासन गर्ने हो सो निर्धारण गर्नु, रात र दिनको चक्रअनुसार शरीरको आन्तरिक घडीलाई मिलाउनुदेखि लिएर अन्य यस्तै कार्यहरू पर्छन्‌। मूड परिवर्तन हुनुमा पनि यसको भूमिका हुन सक्छ।

चाखलाग्दो कुरा के छ भने, शरीरभित्रको आन्तरिक घडी अलमल्लमा नपरोस्‌ भनेर प्रकाश चेतकले झिलिक्क प्रकाश देखा पर्दा कुनै प्रतिक्रिया जनाउँदैन तर लामो समयसम्म हुने प्रकाशको परिवर्तनप्रति भने प्रतिक्रिया जनाउँछ। एक जना वैज्ञानिकले यसलाई “अद्‌भुत” आविष्कार भनी वर्णन गरेका छन्‌ किनभने “स्तनधारी प्राणीहरूमा प्रकाशप्रापक वास्तवमा के हो भनेर हालसम्म थाह नभएको कुराबारे जानकारी उपलब्ध भएको छ।”

स्पष्टतया, जीवनबारे हामी जति बढी थाह पाउँछौं, त्यति नै हामी अति सूक्ष्म तर अद्‌भुत रचनाको प्रमाण पाउँछौं। यस्ता कुराहरूको अन्तरदृष्टिले धेरै मानिसहरूलाई सृष्टिकर्ताको प्रशंसा गरिएका बाइबलका शब्दहरू यसप्रकार उद्‌गार गर्न उत्प्रेरित गर्छन्‌: “म तपाईंलाई धन्यवाद दिनेछु। किनकि म भयानक र आश्‍चर्य रीतिले बनिएको छु। तपाईंका कार्यहरू आश्‍चर्यका छन्‌। र ती कुरा मेरो आत्माले राम्ररी जान्दछ।”—भजन १३९:१४. (g02 11/22)

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने