प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • g०२ १२/८ pp. २६-२७
  • क्रिसमसबारे तपाईंले थाह पाउनुपर्ने कुरा

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • क्रिसमसबारे तपाईंले थाह पाउनुपर्ने कुरा
  • ब्यूँझनुहोस्‌!—२००२
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • क्रिसमसमाथिको प्रतिबन्ध
  • क्रिसमसको सुरुवात
  • एउटा “फोस्रो छल”
  • आधुनिक क्रिसमसको मूल
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९७
  • के ख्रीष्टियनहरूले क्रिसमस मनाउनु हुन्छ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (जन संस्करण—२०१७)
  • क्रिसमस—पूर्वीय देशहरूमा पनि किन?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९९
  • क्रिसमस किन मनाइन्छ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००५
ब्यूँझनुहोस्‌!—२००२
g०२ १२/८ pp. २६-२७

बाइबलको दृष्टिकोण

क्रिसमसबारे तपाईंले थाह पाउनुपर्ने कुरा

विश्‍वका करोडौं मानिसहरू सन्‌ २००२ को क्रिसमस भव्यताकासाथ मनाउने तरखर गर्दैछन्‌। सायद तपाईं पनि तिनीहरूमध्ये एक जना हुनुहुन्छ होला। अर्कोतिर, यस लोकप्रिय उत्सवको धार्मिक पक्षहरूमा तपाईं भाग लिनुहुन्‍न होला। जे होस्‌, क्रिसमसको प्रभावले तपाईंलाई असर नगर्ला भन्‍न सकिंदैन। गैर-मसीही मुलुकहरूमा समेत यो उत्सव व्यापार अनि मनोरञ्जनजगत्‌मा छाउने गर्छ।

तपाईंलाई क्रिसमसबारे के थाह छ? के बाइबलमा ख्रीष्टको जन्मोत्सवलाई पुष्टि गर्ने प्रमाण छ? हरेक डिसेम्बर २५ मा मनाइने यस लोकप्रिय उत्सवको पृष्ठभूमि के हो?

क्रिसमसमाथिको प्रतिबन्ध

केही समय लगाएर यस विषयमा अनुसन्धान गर्नुभयो भने तपाईंले क्रिसमसको सुरुवात मसीही धर्मसित सम्बन्धित नभएको पत्ता लगाउनुहुनेछ। विभिन्‍न धार्मिक सम्प्रदायका धेरै बाइबल विद्वान्‌हरूले यस कुरालाई मानिलिन्छन्‌। यस कुरालाई मनमा राख्दै, सन्‌ १६४७ मा इंग्ल्याण्डमा क्रोमवेलको संसद्‌ले क्रिसमसलाई प्रायश्‍चितको दिन भनी घोषणा गऱ्‍यो अनि त्यसपछि सन्‌ १६५२ मा यसमाथि पूर्णतया प्रतिबन्ध लगाएको कुराले तपाईंलाई चकित नपार्नुपर्ने हो। सन्‌ १६४४ देखि १६५६ सम्म हरेक डिसेम्बर २५ मा जानाजानी संसद्‌को भेला बोलाइन्थ्यो। इतिहासकार पेनी एल. रिस्टाडका अनुसार, “ख्रीष्टको जन्म अर्थात्‌ नाटिभिटीको दिनमा प्रचार गर्ने सेवकहरूलाई जेल सजाय हुन सक्थ्यो। त्यस दिन चर्चमा रेखदेख गर्नेहरूले आफ्ना चर्चहरूलाई सजाएको खण्डमा जरिमाना तिर्नुपर्थ्यो। क्रिसमसमा पनि अन्य सामान्य दिनमा जस्तै पसलहरू खोल्नुपर्ने नियम थियो।” किन यस्ता कठोर कानूनहरू? प्रोटेस्टेन्ट सुधारवादीहरू धर्मशास्त्रमा नभएका प्रचलनहरूलाई चर्चले सृजना गर्नुहुँदैन भन्‍ने कुरामा विश्‍वास गर्थे। क्रिसमस उत्सवको तीव्र भर्त्सना गर्दै तिनीहरूले सक्रिय रूपमा प्रचार गर्नुका साथै पुस्तक-पुस्तिकाहरू पनि वितरण गरे।

उत्तर अमेरिकामा पनि यस्तै अवस्था थियो। म्यासाचुसेट्‌स बे कोलनीमाa सन्‌ १६५९ देखि १६८१ सम्म क्रिसमस मनाउन प्रतिबन्ध लगाइएको थियो। त्यतिबेला पारित कानूनअनुसार कुनै पनि तरिका वा शैलीद्वारा क्रिसमस मनाउनु हुँदैन्थ्यो। यस कानूनको उल्लंघन गर्नेहरूलाई जरिमाना तिर्न लगाइन्थ्यो। क्रिसमस नमनाउनेहरूमा न्यु इंग्ल्याण्डका प्रोटेस्टेन्टहरू मात्र नभई मिडल कोलोनिजका केही समूहहरू पनि थिए। उत्सवको सन्दर्भमा पेन्सिलभेनियाका क्वेकरहरू, प्रोटेस्टेन्ट सुधारवादीहरू जत्तिकै दृढ थिए। एउटा स्रोत यसो भन्छ, “अमेरिकीहरूले स्वतन्त्रता पाएको लगत्तै एलिजावेथ ड्रिंकरले फिलाडेल्फियाका बासिन्दाहरूलाई तीन वर्गहरूमा विभाजित गरे अनि उनी आफै पनि एक क्वेकर थिए। धार्मिक विश्‍वासको खातिर क्रिसमस मनाउने क्वेकरहरूको लागि ‘यो दिन [क्रिसमस] र अरू दिनमा खासै केही फरक थिएन’ अनि बाँकी रहेकाहरूले चाहिं यस उत्सवलाई मोजमज्जा र पतित मनोरञ्जन गरेर मनाउँथे।’ ”

परम्परागत क्याल्भिनिस्ट घरानामा हुर्केका प्रसिद्ध अमेरिकी प्रचारक हेन्री वार्ड बीचरलाई ३० वर्षको उमेरसम्ममा पनि क्रिसमसबारे एकदमै थोरै ज्ञान थियो। बीचरले सन्‌ १८७४ मा यस्तो लेखे, “क्रिसमस मेरो जीवनको भाग थिएन।”

पुरातन ब्याप्टिस्ट र कग्रिंगेशनल चर्चहरूले पनि ख्रीष्टको जन्मोत्सव मनाउने कुनै धर्मशास्त्रीय आधार पाएनन्‌। एउटा स्रोतले बताएअनुसार डिसेम्बर २५, १७७२ मा मात्र न्युपोर्टको [रोड आइल्याण्ड] ब्याप्टिस्ट चर्चले पहिलो पटक क्रिसमस मनाए। यो उत्सव न्यु इंग्ल्याण्डमा प्रथम ब्याप्टिस्ट चर्चको स्थापना भएको झन्डै १३० वर्षपछि मात्र मनाइएको थियो।

क्रिसमसको सुरुवात

न्यु क्याथोलिक इनसाइक्लोपीडिया मानिलिन्छ: “ख्रीष्टको जन्म मिति पत्ता लागेको छैन। सुसमाचारका पुस्तकहरूले न त ख्रीष्ट जन्मेको दिन न महिनाबारे नै बताउँछ। . . . एच. उजेनरको अनुमान र आजका धेरैजसो विद्वान्‌हरूले स्वीकारेअनुसार ख्रीष्टको जन्म मिति उत्तरी गोलार्धमा जाडो महिना सुरु हुने बेलामा (जुलियन क्यालेन्डरमा डिसेम्बर २५, इजिप्सियन क्यालेन्डरमा जनवरी ६) तय गरियो। किनभने सूर्य विस्तारै उत्तरी गोलार्धको आकाशमा फर्कन सुरु गर्ने भएकोले यस दिनमा मिथ्राका गैर-मसीही भक्‍तहरूले डीस नाटालिस सोलिस इन्विक्टी (अजेय सूर्यको जन्मदिवस) मनाउँथे। डिसेम्बर २५, २७४ मा रोमी सम्राट्‌ एरेलियनले सूर्यदेवलाई रोमी साम्राज्यको मुख्य संरक्षक भएको घोषणा गरे अनि क्याम्पस मारटियसमा सूर्यदेवको लागि एउटा मन्दिर समर्पण गरे। क्रिसमसको उत्पत्ति त्यस्तो समयमा भयो, जतिबेला रोममा विशेष गरी सूर्यका कट्टर उपासकहरू थिए।”

म्याक्लिन्टक र स्ट्रङको साइक्लोपीडिया यसो भन्छ: “क्रिसमस मनाउनू भनेर परमेश्‍वरले कुनै आज्ञा दिनुभएको छैन न त यसको सुरुवातबारे नयाँ नियममै लेखिएको पाउँछौं। साँच्चै भन्‍ने हो भने, नयाँ नियमबाट मात्र होइन अरू कुनै पनि स्रोतबाट ख्रीष्ट जन्मेको दिन तोक्न सकिंदैन।”

एउटा “फोस्रो छल”

माथिका कुरालाई विचार गर्दा, के साँचो मसीहीहरूले क्रिसमसका रीतिथितिहरूमा भाग लिनु हुन्छ? उहाँको उपासना नगर्नेहरूको विश्‍वास तथा रीतिथितिहरूसित उहाँको उपासनालाई छ्यासमिस गर्दा के परमेश्‍वर प्रसन्‍न हुनुहोला? प्रेरित पावलले कलस्सी २:८ मा यस्तो चेतावनी दिए: “होशियार बस, नत्रता कसैले ख्रीष्टअनुसारको होइन, तर मानिसहरूको कुलाचार, संसारको अनुसारका तत्त्वज्ञान, र फोस्रो छलले तिमीहरूलाई शिकार बनाउला।”

प्रेरित पावल अझै यस्तो लेख्छन्‌: “विश्‍वास नगर्नेहरूसँग समान भएर एउटै हलोमा नजोतियौ, किनकि धर्म र अधर्मको के संसर्ग हुन्छ? कि अँध्यारोसित उज्यालोको के सङ्‌गति? औ ख्रीष्टको शैतानसित के सहमत? कि विश्‍वास गर्नेको विश्‍वास नगर्नेसित के हिस्सा?”—२ कोरिन्थी ६:१४, १५.

अकाट्य प्रमाणहरू पाएकाले यहोवाका साक्षीहरू क्रिसमसका उत्सवहरूमा भाग लिंदैनन्‌। धर्मशास्त्रअनुसार तिनीहरू “आफूलाई दुनियाँबाट निष्कलङ्‌क” राखेर “पवित्र र हाम्रा परमेश्‍वर र पिताको सामने शुद्ध धर्म[को]” अभ्यास गर्न यथासक्दो गर्छन्‌।—याकूब १:२७. (g02 12/08)

[फुटनोट]

a सन्‌ १६२८ मा अंग्रेज प्रोटेस्टेन्ट सुधारवादीहरूद्वारा स्थापित म्यासाचुसेट्‌स बे कोलनी न्यु इंग्ल्याण्डमा सबैभन्दा बृहत्‌ अनि सफल पुरातन वस्ती थियो।

[पृष्ठ २६-मा भएको ठूलो अक्षरको क्याप्सन]

इंग्ल्याण्डको संसद्‌ले सन्‌ १६५२ मा क्रिसमसमाथि प्रतिबन्ध लगायो

[पृष्ठ २७-मा भएको ठूलो अक्षरको क्याप्सन]

“क्रिसमस मेरो जीवनको भाग थिएन”—हेन्री वार्ड बीचर, अमेरिकी पादरी

[पृष्ठ २७-मा भएको चित्र]

मिथ्रा र सूर्यदेवका गैरमसीही भक्‍तहरूले डिसेम्बर २५ मा (शिलाखण्डमा देखाइएको छ) उत्सव मनाउँथे

[स्रोत]

Musée du Louvre, Paris

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने