प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • g03 ३/८ पृ. ३-४
  • “जघन्य अपराध”

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • “जघन्य अपराध”
  • ब्यूँझनुहोस्‌!—२००३
  • मिल्दोजुल्दो सामग्री
  • किन बढ्‌दो समस्या?
    ब्यूँझनुहोस्‌!—२००३
  • “म तेरो वेश्‍यावृत्तिको अन्त गरिदिनेछु”
    यहोवाको शुद्ध उपासना—आखिरमा पुनर्स्थापित हुन्छ!
  • महिलाहरू विरुद्ध भेदभाव
    ब्यूँझनुहोस्‌!—१९९८
  • विषयसूची
    ब्यूँझनुहोस्‌!—२००३
थप हेर्नुहोस्
ब्यूँझनुहोस्‌!—२००३
g03 ३/८ पृ. ३-४

“जघन्य अपराध”

मारियाa १४ वर्षको उमेरदेखि बाल-वेश्‍यावृत्तिमा लागिन्‌। उनको यस घीनलाग्दो जीवन शैलीको लागि उनकी आमा जिम्मेवार छिन्‌, उनकी आमाले सधैं उनी राम्री छिन्‌ र केटाहरूले उनलाई मन पराउनेछ भन्‍ने गर्थिन्‌। यसबाहेक उनले धेरै पैसा कमाउन सक्थिन्‌। साँझ परेपछि मारियाकी आमाले उनलाई मान्छेहरू भेट्‌न लजहरूमा लैजान्थिन्‌। आमाचाहिं ग्राहकहरूसित पैसा लिन नजिकै पर्खन्थिन्‌। हरेक रात मारियाले तीन चार जना पुरुषहरूसँग यौनसम्बन्ध राख्थिन्‌।

मारियाकै घरको छेउमा बस्ने १३ वर्षीया करिनालाई पनि वेश्‍यावृत्तिमा लाग्न बाध्य गरियो। उखु खेतीमा संलग्न समुदायमा अन्य थुप्रै परिवारहरूले जस्तै करिनाको परिवारले पनि तिनीहरूलाई हातमुख जोर्न धौधौ पर्ने भएकोले केही राहतको लागि तिनको देहव्यापार गरे। अर्को इलाकाको एस्तेलाले लेखपढ गर्न नसकी कलिलो उमेरमै स्कूल छोडिन्‌ र सडकहरूमा वेश्‍याको रूपमा काम गर्न थालिन्‌। अनि डेजी छ वर्षजतिको हुँदा उनलाई आफ्नै दाइले यौन दुर्व्यवहार गरे र त्यसपछि उनी धेरै चोटि यस्तो हाडनाताकरणीको सिकार भइन्‌। उनी १४ वर्षको उमेरमा वेश्‍या भइन्‌।

संसारको धेरै भागमा बाल-वेश्‍यावृत्ति एउटा भयावह यथार्थ भएको छ। यसका नतिजाहरू दुःखदायी भएका छन्‌। अक्सर बाल-वेश्‍याहरू, आंशिक होस्‌ वा पूर्ण-समय, तिनीहरू अपराध र लागूपदार्थमा पनि फस्ने गर्छन्‌। तिनीहरूमध्ये थुप्रै आफ्नो दुःख र पीडाले भरिएको जीवनबाट कुनै निकासा नदेखेर निराश हुनुका साथै आफू बेकामको ठान्छन्‌।

प्रभावशाली व्यक्‍तित्वहरूले बाल-वेश्‍यावृत्तिका विध्वंसकारी नतिजा कस्तो हुन्छ भनी बुझेका छन्‌। ब्राजिलका भूतपूर्व राष्ट्रपति फर्नान्डो एनरिके कार्डोसोले यस्तो सही कुरा बताए: “बाल-वेश्‍यावृत्ति जघन्य अपराध हो।” बाल-वेश्‍यावृत्तिबारे ब्राजिलको एउटा अखबारले यस्तो विचारणीय टिप्पणी प्रकाशित गऱ्‍यो: “पैसा आर्जन हुने भएकोले यो सहेका, स्वीकारेका र प्रवर्धनसमेत गरेका देशहरूले दिनहुँ यसका विध्वंशकारी नतिजाहरू भोग्छन्‌। यस्तो कार्यको कारण व्यक्‍तिविशेष, परिवार र समाजमा ल्याउने विपत्तिहरूलाई विचार गर्दा आर्थिक लाभ त नगन्य हुन्छ।”

यद्यपि, बाल-वेश्‍यावृत्तिलाई रोक्न असल मनसायले प्रयासहरू गरिए तापनि समस्या बढ्‌दो छ। के-कस्ता कारणले गर्दा यस्तो भयावह परिस्थिति सृजना हुन्छ? कसै-कसैले किन यस्तो आपराधिक गतिविधि सहन्छन्‌ वा प्रवर्धनसमेत गर्छन्‌? (g03 2/08)

[फुटनोट]

a यस श्रृंखलामा नाउँहरू परिवर्तन गरिएका छन्‌।

[पृष्ठ ३-मा भएको ठूलो अक्षरको क्याप्सन]

“बाल-वेश्‍यावृत्ति जघन्य अपराध हो।”— ब्राजिलका भूतपूर्व राष्ट्रपति फर्नान्डो एनरिके कार्डोसो

[पृष्ठ ४-मा भएको ठूलो अक्षरको क्याप्सन]

“सबै प्रकारको यौन शोषण मानव मर्यादासँग पटक्कै मेल खाँदैन, त्यसकारण यसको सिकार भएका व्यक्‍तिको उमेर, लिंग, जात, कुल वा वर्गको बावजुद मानिसहरूको आधारभूत अधिकार हनन गर्छ।”—युनेस्को सोर्सेस।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने