प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • g03 ३/८ pp. १२-१३
  • के अक्षम्य पाप छ?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • के अक्षम्य पाप छ?
  • ब्यूँझनुहोस्‌!—२००३
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • पश्‍चात्ताप गर्नै नसकिने पाप
  • साँचो मसीहीहरूलाई चेतावनी
  • यहोवाले उदारताका साथ क्षमा गर्नुहुन्छ
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९३
  • के तपाईंले पवित्र आत्मा विरुद्ध पाप गर्नुभएको छ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००७
  • पाप के हो?
    बाइबल प्रश्‍नहरूको जवाफ
  • के परमेश्‍वरले मलाई क्षमा दिनुहुन्छ?
    बाइबल प्रश्‍नहरूको जवाफ
ब्यूँझनुहोस्‌!—२००३
g03 ३/८ pp. १२-१३

बाइबलको दृष्टिकोण

के अक्षम्य पाप छ?

के कुनै सजाय मृत्युभन्दा कठोर हुन सक्छ? कुनै व्यक्‍तिले अक्षम्य पाप गरेको हुँदा पुनरुत्थानको आशा नपाई मृत्यु भोग्नु पऱ्‍यो भने त्यो सजाय मृत्युभन्दा कठोर हुन सक्छ। येशूले ‘क्षमा नहुने’ एक प्रकारको पापबारे बताउनुभयो।—मत्ती १२:३१.

तथापि, बाइबलले परमेश्‍वर क्षमाशील हुनुहुन्छ भनेर बताउँछ। मानिसहरूले मनमा बदलाको भाव राखेर क्षमा नगर्लान्‌ तर परमेश्‍वरले ‘प्रशस्त गरी क्षमा गर्नुहुन्छ।’ (यशैया ५५:७-९) वास्तवमा, परमेश्‍वरले हाम्रा पापहरू हटाउन तथा छुटकाराको लागि आफ्नो प्रिय पुत्र यस पृथ्वीमा पठाउनुहुँदा ठूलो मोल चुकाउनुभयो।—यूहन्‍ना ३:१६, १७; प्रेरित ३:१९; १ यूहन्‍ना २:१, २.

गम्भीर पापको दोषी थुप्रैलाई परमेश्‍वरले उहाँको आफ्नै तोकिएको समयमा पुनरुत्थान गर्नुहुनेछ तर तिनीहरूलाई विगतका कार्यहरूको लागि त्यसउप्रान्त जवाफदेही ठहराइनेछैन। (प्रेरित २४:१५; रोमी ६:२३) वास्तवमा येशूले भन्‍नुभएअनुसार अक्षम्य पापबाहेक “हरेक पाप र परमेश्‍वरको निन्दा मानिसहरूलाई क्षमा हुनेछ।” (मत्ती १२:३१) त्यसैले तपाईं सोच्नुहोला, ‘परमेश्‍वरले क्षमा नगर्नुहुने त्यस्तो भयानक पाप के होला?’

पश्‍चात्ताप गर्नै नसकिने पाप

येशूको चेतावनीले जानाजानी “पवित्र आत्माको विरुद्धमा निन्दा” गर्नेलाई संकेत गर्छ। यस्तो पाप क्षमा गर्न सकिने कुनै आधार छैन। उहाँले अझ यसो भन्‍नुभयो, “त्यसलाई यस जगत्‌मा, वा आउने जगत्‌मा क्षमा हुनेछैन।” (मत्ती १२:३१, ३२) त्यस्तो पापका दोषीहरूको पुनरुत्थान हुनेछैन।

आत्माको विरुद्धमा निन्दा भनेको के हो? यो हृदयबाट निस्कन्छ र अरूलाई दुःख दिने मनोवृत्ति र मनसायबाट उत्पन्‍न हुन्छ। परमेश्‍वरको पवित्र आत्मा विरुद्ध जानाजानी कदम चाल्ने मनोभावले यो पापको गम्भीरतालाई अझ तीव्र बनाउँछ। उदाहरणका लागि, संसारको कुनै कुनै भागमा हत्या गर्नेको मनसाय र हत्याको प्रकारको आधारमा कानुनले प्रथम दर्जाको हत्या र दोस्रो दर्जाको हत्याबीच भिन्‍नता छुट्याउँछ अनि जानाजानी गरेको वा पूर्वनियोजित हत्यालाई मात्र मृत्युदण्ड दिइन्छ।

प्रेरित पावलले पहिला परमेश्‍वरको निन्दा गरेका थिए तर तिनले यसो भने: “मैले यो अजान[मा] . . . गरेको हुनाले म कृपा-पात्र भएँ।” (१ तिमोथी १:१३) पवित्र आत्माको विरुद्धमा पाप गर्नु भनेको जानाजानी यसको विरोध गर्नु हो। यसमा दुष्ट हृदय मुछिएको हुन्छ र त्यो अवस्थाबाट फर्कने कुनै उपाय नै देखिंदैन।

प्राप्त प्रमाणअनुसार पावलले निम्न कुरा लेख्दा यस्तै प्रकारको पापबारे उल्लेख गर्दै थिए: “तिनीहरूका विषयमा, अर्थात्‌ जस जसले एकचोटी ज्योति पाएर स्वर्गीय वरदान चाखे, र पवित्र आत्माको सह-भागी भए, र परमेश्‍वरको उत्तम वचनको र आउने युगको शक्‍तिको स्वाद पाए, त्यसपछि तिनीहरू पतित भए भनेता तिनीहरूलाई पश्‍चातापको निम्ति नयाँ तुल्याउनालाई असम्भव छ!” (हिब्रू ६:४-६) प्रेरितले यसो पनि भने: “हामीले त्यसको ज्ञान पाएपछि पनि जाना जानी पाप गर्दछौं भनेता . . . फेरि कुनै बलिदान बाँकी रहँदैन।”—हिब्रू १०:२६.

येशूको समयका कोही-कोही धार्मिक नेताहरूको आचरणले गर्दा येशू यस्तो अक्षम्य पाप विरुद्ध चेतावनी दिन उत्प्रेरित भए। तर तिनीहरूले उहाँको चेतावनी सुनेनन्‌। भनौं भने, उहाँको हत्यामा तिनीहरूकै हात थियो। पछि तिनीहरूले पवित्र आत्माले चमत्कारपूर्ण कार्य गरेको अखण्डनीय प्रमाण सुने। तिनीहरूले येशू मृत अवस्थाबाट बिउँताइसक्नुभएको कुरा थाह पाए! येशू नै ख्रीष्ट हुनुहुन्छ भन्‍ने कुरा स्पष्ट थियो! तैपनि तिनीहरूले येशूको पुनरुत्थानबारे रोमी सिपाहीहरूलाई झूट बोल्न घूस खुवाएर पवित्र आत्मा विरुद्ध दुष्ट काम गरे।—मत्ती २८:११-१५.

साँचो मसीहीहरूलाई चेतावनी

साँचो मसीहीहरूले अक्षम्य पाप विरुद्ध दिइएको चेतावनीलाई किन गरम्भीरतापूर्वक लिन्छन्‌? किनभने हामीसित परमेश्‍वर र उहाँको पवित्र आत्माको सञ्चालनबारे सही ज्ञान भए तापनि दुष्ट हृदय विकास हुन सक्छ। (हिब्रू ३:१२) हामीलाई यस्तो कहिल्यै हुनेछैन भन्‍ने सोचाइ राख्नदेखि हामी सावधान हुनुपर्छ। यहूदा इस्करयोतीलाई विचार गर्नुहोस्‌। तिनी कुनै सयम येशूका विश्‍वासी अनुयायी थिए। तिनी १२ प्रेरितहरूमध्ये छानिएको हुँदा तिनमा राम्रा गुण पक्कै भएको हुनुपर्छ। तर कुनै घडीमा आएर तिनले दुष्ट सोचाइ तथा इच्छा बढ्‌न दिए अनि तिनी त्यसैको वशमा परे। तिनले येशूको अविश्‍वसनीय चमत्कारहरू आफ्नै आँखाले देखेको समयमा पैसा चोर्न थालिसकेका थिए। अनि त्यसपछि, पैसाको लोभमा परेर तिनले जानाजानी परमेश्‍वरको पुत्रलाई धोका दिए।

कुनै समयका विश्‍वासी मसीहीहरू कोही-कोही जानाजानी परमेश्‍वरबाट तर्किएका छन्‌, सायद बदलाको भाव, घमण्ड वा लोभले गर्दा अनि अहिले परमेश्‍वरको आत्माको विरोध गर्ने धर्मत्यागीहरू भएका छन्‌। तिनीहरू आत्माले पूरा गरिरहेका कार्यलाई जानाजानी विरोध गर्छन्‌। के यी व्यक्‍तिहरूले अक्षम्य पाप गरेका छन्‌? यसको अन्तिम निर्णय यहोवाले नै गर्नुहुनेछ।—रोमी १४:१२.

अरूको न्याय गर्नुको साटो हाम्रो हृदयलाई कठोर बनाउन सक्ने गोप्य पापहरू नगर्न सतर्क रहनु बेस हो। (एफिसी ४:३०) अनि हामीबाट गम्भीर पाप हुँदासमेत पश्‍चात्तापी भयौं भने यहोवाले प्रशस्त गरी क्षमा गर्नुहुनेछ भनी थाह पाएर सान्त्वना पाउन सक्छौं।—यशैया १:१८, १९. (g03 2/08)

[पृष्ठ १३-मा भएको चित्र]

कोही-कोही फरिसीहरूले अक्षम्य पाप गरे

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने