प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • g04 ६/८ p. ३१
  • घोडा अनि जिब्रोलाई लगाम कस्ने

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • घोडा अनि जिब्रोलाई लगाम कस्ने
  • ब्यूँझनुहोस्‌!—२००४
  • मिल्दोजुल्दो सामग्री
  • जिब्रो चलाउँदा होस पुऱ्‍याएर प्रेम र आदर देखाउनुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००६
  • विश्‍वासले हामीलाई काम गर्न उत्प्रेरित गर्छ!
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९७
ब्यूँझनुहोस्‌!—२००४
g04 ६/८ p. ३१

घोडा अनि जिब्रोलाई लगाम कस्ने

“युद्धको दिनको लागि घोडा तयार पार्नसकिन्छ,” पुरातन इस्राएलका बुद्धिमान्‌ राजा सुलेमानले भने। (हितोपदेश २१:३१) लामो समयदेखि लडाइँहरू जित्नुमा घोडचढीहरूको महत्त्वपूर्ण भूमिका रहँदै आएको छ। पुरातन समयदेखि नै सिपाहीहरूले घोडाको मनोवेग तथा शक्‍तिलाई नियन्त्रण गर्न लगामको प्रयोग गर्दै आएका छन्‌।

इन्साइक्लोपीडिया ब्रिटानिका-ले लगामबारे यसो भन्छ, “लामा फित्ताहरू जुन जनावरको मुखतिर रहेको वागा अर्थात्‌ स्टिलको भागमा कसेर बाँधिएका हुन्छन्‌ र मानिसहरूले यही लगामलाई तानेर आफ्नो नियन्त्रण जमाउँछन्‌।” पुरातन समयको र आधुनिक समयको लगामबीच त्यति धेरै भिन्‍नता पाइँदैन र घोडाहरूलाई तालिम दिन तथा घोडा चढ्‌न ती अत्यन्तै उपयोगी साबित भएका छन्‌।

सुलेमानका पिता राजा दाऊदले लगामको महत्त्वलाई सङ्‌केत गर्दै यस्तो लेखे: “समझै नभएको घोडा अथवा खच्चरजस्ता तिमीहरू नहोओ। जसलाई रोक्न डोकरि र लगाम चाहिन्छन्‌।” (भजन ३२:९) घोडालाई तालिम दिइसकेपछि यो वफादार मित्र बन्‍न सक्छ। महान्‌ सिकन्दर आफ्नो घोडा बुसीफालसको यति साह्रो कदर गर्थे कि त्यही घोडाको नाउँबाट उनले भारतको एउटा सहरको नाउँ राखे।

हजारौं वर्षदेखि मानिसहरूले घोडाहरूलाई सफलतापूर्वक तालिम दिंदै आएको भए तापनि हाम्रा असिद्ध स्वभावहरूमा लगाम कस्नु भने अर्कै कुरा हो। मसीही चेला याकूबले यस्तो टिप्पणी गरे: “धेरै कुरामा हामी चुक्‍तछौं। जो मानिस वचनमा चुक्‍तैन, त्यो आफ्नो सारा शरीरमा पनि लगाम कस्नसक्ने सिद्ध मानिस हुन्छ।” (याकूब ३:२) वास्तवमा, हामीमध्ये कसले पो विचारै नगरी, अरूलाई चोट पुऱ्‍याउने अथवा अरूलाई रिस उठाउने शब्दहरू बोलेका छैनौं भनी दाबी गर्न सक्छौं र?

त्यसोभए, ‘कुनै मानिसले पनि तह लगाउन नसक्ने’ अनियन्त्रित जिब्रोलाई लगाम लगाउन सङ्‌घर्ष गर्नुपर्ने कारण के हो? (याकूब ३:८) कुरा के हो भने, मानिसहरू घोडालाई तालिम दिन समय अनि परिश्रम खर्च गर्न तयार हुन्छन्‌ किनभने तालिमप्राप्त जनावरहरू उपयोगी साबित हुनेछन्‌ भनी तिनीहरूलाई थाह छ। त्यसै गरी, हामी जति आफ्नो जिब्रोलाई प्रशिक्षित अथवा नियन्त्रण गर्छौं, यो त्यति नै उपयोगी हुन्छ।

विचार गरेर बोलिएका शब्दहरूले आफ्ना साथीहरू, सहकर्मी र नातेदारहरूको मनलाई सञ्चो पार्नुका साथै प्रोत्साहित गर्न सक्छ। (हितोपदेश १२:१८) यस्ता शब्दहरूले हामी वरपर बस्नेहरूको जीवनलाई अझ आनन्दित बनाउन सक्छ। यद्यपि, बेलगाम जिब्रोले समस्या खडा गर्न सक्छ। बाइबलले यस्तो चेतावनी दिन्छ, “आफ्नो . . . जिब्रो सह्‍माल्नेले आफूलाई दुःखबाट जोगाइराख्छ।” (हितोपदेश २१:२३) हामी आफ्नो जिब्रोमा लगाम कस्न जति सफल हुन्छौं त्यति नै आफ्नो कुरा सुन्‍नेलाई फाइदा पुऱ्‍याइरहेका हुन्छौं।a (g04 5/22)

[फुटनोट]

a रोचक कुरा त के छ भने, बाइबलले मसीहीहरूलाई तिनीहरूको बोलीलाई तिनीहरूको उपासनाबाट अलग पार्न सकिंदैन भनी सम्झाउँछ। यसले यसो भन्छ: “यदि कोही मानिसले आफूलाई भक्‍त सम्झेर आफ्नो जिब्रोमा लगाम लाउँदैन, तर आफ्नो हृदयलाई घोका दिन्छ भनेता त्यस मानिसको धर्म व्यर्थको हो।”—याकूब १:२६.

[पृष्ठ ३१-मा भएको चित्र]

महान्‌ सिकन्दर

[स्रोत]

Alinari/Art Resource, NY

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने