प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • g04 ७/८ पृ. २८
  • पाठकहरूका प्रतिक्रिया

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • पाठकहरूका प्रतिक्रिया
  • ब्यूँझनुहोस्‌!—२००४
  • मिल्दोजुल्दो सामग्री
  • म किन सिद्ध मानिस हुनै पर्छ?
    ब्यूँझनुहोस्‌!—२००३
  • सिद्धता अपेक्षा गर्ने झुकाउ किन हटाउने?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०००
  • सिद्ध हुने कोसिस नगर्न म के गर्न सक्छु?
    ब्यूँझनुहोस्‌!—२००३
  • सेन्ट पिटर्सवर्ग रूसको—“युरोप हेर्ने झ्याल”
    ब्यूँझनुहोस्‌!—२००३
थप हेर्नुहोस्
ब्यूँझनुहोस्‌!—२००४
g04 ७/८ पृ. २८

पाठकहरूका प्रतिक्रिया

पर्फेक्सनिजम “युवा जनहरू सोध्छन्‌ . . . म किन सिद्ध मानिस हुनै पर्छ?” अनि “सिद्ध हुने कोसिस नगर्न म के गर्न सक्छु?” भन्‍ने लेखहरूका लागि म तपाईंहरूलाई धन्यवाद दिन चाहन्छु। (अगस्त ८, २००३ र सेप्टेम्बर ८, २००३) आफूले गर्ने हरेक काम पूर्णतया सिद्ध हुनै पर्छ भन्‍ने आफ्नो धारणा मेरो लागि एउटा बोझ बनेको थियो; यसले मेरो आनन्द हरण गरिरहेको थियो। गलत जवाफ दिन्छु होला भन्‍ने डरको कारण मैले मसीही सभाहरूमा टिप्पणी दिन समेत छोडिसकेको थिएँ। यी लेखहरूका लागि म यहोवाप्रति साह्रै आभारी छु। यी लेखहरूले मलाई नकारात्मक विचारहरू वशमा राख्न मदत गरिरहेका छन्‌।

एस, एम., इटाली (g04 6/8)

यी लेखहरूले मलाई पचास वर्षदेखि झेल्दै आएको समस्याको सामना गर्न अवश्‍यक मदत दियो। मलाई सिद्ध हुन खोज्नुमा केही खराबी छैन अर्थात्‌ मैले त यहोवालाई आफूले सकेजति दिन खोजेको मात्र हुँ जस्तो लाग्थ्यो। छोराछोरी, सहकर्मी तथा मसीही भाइहरूसित व्यवहार गर्दा अक्सर गाह्रो हुनुको कारण के होला भनेर म सोच्ने गर्थें। मेरा केही दृष्टिकोणहरू सन्तुलित छैनन्‌ र यहोवाको सोचाइसँग मेल खाँदैन भन्‍ने कुरा अब मलाई थाह भयो। “ज्यादै धर्मी” हुन खोजेर मैले आफू र अरूलाई उदास बनाएँ। (उपदेशक ७:१६) यस समस्यामाथि विजयी हुन सजिलो हुनेछैन तर यहोवाको मदतद्वारा म कोसिस गर्न इच्छुक छु।

एस. एच., संयुक्‍त राज्य अमेरिका (g04 6/8)

पर्फेक्सनिजमले तपाईंलाई कुनै पनि काम पूरा गर्नदेखि रोक्न सक्छ भन्‍ने भनाइ सोह्रै आना सही हो! आफूलाई असाध्यै गर्न मन लागेको काम म किन पूरा गर्न सक्दिनँ भन्‍ने सोचाइले मलाई पिरोलेको वर्षौं भइसकेको छ। अनि साथीहरू बनाउन नसक्ने विषयमा लेखमा बताइएझैं अक्सर कोही पनि मेरो नजिक पर्न चाहँदैनथे। उनीहरू त्यसरी टाढिन खोज्नुको कारण मैले बुझ्नै सकिनँ। मलाई थाह भयो कि मैले लामो, कठिन सङ्‌घर्ष गर्नुपर्नेछ र यहोवाले मलाई मदत गर्नुहुनेछ।

एल. आर., संयुक्‍त राज्य अमेरिका (g04 6/8)

कोही पनि सिद्ध हुन सक्दैन भन्‍ने कुरा मैले राम्रोसँग बुझे तापनि मेरो मनले चाहिं मलाई सिद्ध हुन खोज्न लगाउँथ्यो। यहोवा हामीबाट सिद्धताको आशा गर्नुहुन्‍न र हाम्रो हृदयमा के छ, त्यस कुरालाई उहाँ मूल्यवान्‌ ठान्‍नुहुन्छ भन्‍ने कुरा पढ्‌दा म निकै प्रोत्साहित भएँ। यी लेखहरूका लागि म कृतज्ञ छु।

असफल हुने डरले मलाई अक्सर कदम चाल्नदेखि रोकेको छ। पर्फेक्सनिजमको कारण जहिले पनि रिस उठ्‌ने गर्छ, निराशावादी, खिन्‍न र आत्म-सम्मानको कमी महसुस हुन्छ भन्‍ने कुरा मैले थाह पाएकी छु। मैले अझसम्म आफ्ना समस्याहरू पूर्णतया समाधान गर्न नसके तापनि आफ्ना गल्तीहरूको सन्दर्भमा भने म हँस्सीमिजास विकास गर्न चाहन्छु भनेर मलाई थाह छ।

ए. ई., जापान (g04 6/8)

अचाक्ली मानसिक तनाव र फिक्रीको कारण म पीडित भएकी छु। यसो भनेर म आफूले आफैलाई हप्काउने गर्छु, “म त बेकम्मा मानिस हुँ।” तपाईंहरूको लेखले मदतकारी दृष्टिकोण अघि सार्नुका साथै न्यानो प्रोत्साहन दियो। सिद्ध हुनु आवश्‍यक छ भन्‍ने मेरो मनको बोझ हलुको भएको छ। धर्मशास्त्रले मलाई आफ्नो मनोवृत्तिमा काँटछाँट गर्न र अझ सकारात्मक दृष्टिकोण विकास गर्न मदत गरेको छ।

एम., एन., जापान (g04 6/8)

सेन्ट पिटर्सवर्ग “सेन्ट पिटर्सवर्ग—रूसको ‘युरोप हेर्ने झ्याल’ ” (सेप्टेम्बर ८, २००३) भन्‍ने लेखको लागि हामी तपाईंहरूलाई धन्यवाद दिन्छौं। दुई हप्ताको लागि हनिमुन गएको बेला हामीले सेन्ट पिटर्सवर्गमा ऐतिहासिक कुराहरूको साक्षात्‌ अवलोकन गर्न पायौं। यहोवाका साक्षीहरूको शाखा कार्यालय, मारिनिस्की थिएटर, सरकारी हर्मिटाज सङ्‌ग्रहालय र पिटरहफको भ्रमणले हामीमा अविस्मरणीय छाप पाऱ्‍यो। यस लेखको लागि मुरी-मुरी धन्यवाद। यो भव्य सहरको भ्रमण गर्दा यस लेखले हाम्रो लागि गाइडको रूपमा काम गऱ्‍यो!

ए. र ओ. एस., रूस (g04 6/8)

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने