प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • g05 ४/८ pp. १४-१५
  • के परमेश्‍वर सर्वव्यापी हुनुहुन्छ?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • के परमेश्‍वर सर्वव्यापी हुनुहुन्छ?
  • ब्यूँझनुहोस्‌!—२००५
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • परमेश्‍वर कहाँ हुनुहुन्छ?
  • परमेश्‍वर एक व्यक्‍ति हुनुहुन्छ
  • सबै ठाउँमा पुग्ने परमेश्‍वरको पवित्र आत्मा
  • तपाईं परमेश्‍वरको मित्र बन्‍न सक्नुहुन्छ
  • के परमेश्‍वर सबै ठाउँमा हुनुहुन्छ—सर्वव्यापी हुनुहुन्छ?
    बाइबल प्रश्‍नहरूको जवाफ
  • के परमेश्‍वर वास्तविक व्यक्‍ति हुनुहुन्छ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००९
  • के परमेश्‍वर कुनै खास ठाउँमा बस्नुहुन्छ?
    बाइबल प्रश्‍नहरूको जवाफ
  • परमेश्‍वरबारे सत्य कुरा
    ब्यूँझनुहोस्‌!—२०१३
थप हेर्नुहोस्
ब्यूँझनुहोस्‌!—२००५
g05 ४/८ pp. १४-१५

बाइबलको दृष्टिकोण

के परमेश्‍वर सर्वव्यापी हुनुहुन्छ?

परमेश्‍वरलाई सर्वशक्‍तिमान्‌ र सर्वज्ञानी अर्थात्‌ अति शक्‍तिशाली र सबै कुराको ज्ञान भएको भन्‍ने सुहाउँदो संज्ञा दिइन्छ। तर परमेश्‍वरको महानतालाई व्याख्या गर्न कसै-कसैले तेस्रो अभिव्यक्‍ति पनि थप्छन्‌—त्यो हो सर्वव्यापी। परमेश्‍वरलाई सबै ठाउँमा उत्तिनै बेला पाउन सकिन्छ भनी तिनीहरू विश्‍वास गर्छन्‌।

हो, सुरुका दुईवटा संज्ञाहरूलाई भने धर्मशास्त्रले समर्थन गर्छ। (उत्पत्ति १७:१; हिब्रू ४:१३; प्रकाश ११:१७) परमेश्‍वर साँच्चै सर्वशक्‍तिमान्‌ हुनुहुन्छ र कुनै पनि कुरा उहाँबाट लुक्न नसक्ने अर्थमा उहाँ सर्वज्ञानी हुनुहुन्छ। तर के उहाँ साँच्चै सर्वव्यापी हुनुहुन्छ? के परमेश्‍वर जहाँतहीं हुनुहुन्छ अथवा उहाँ कुनै निश्‍चित ठाउँमा बस्ने व्यक्‍ति पो हुनुहुन्छ कि?

परमेश्‍वर कहाँ हुनुहुन्छ?

धेरै बाइबल पदहरूमा “स्वर्ग[लाई]” परमेश्‍वरको “बासस्थान” भनी बताइएको छ। (१ राजा ८: ३८, ३९, ४३, ४९; २ इतिहास ६:३३, ३९) तर यहोवा परमेश्‍वरको विशालतालाई एउटा बाइबल विवरणले निम्न शब्दहरूद्वारा बताउँछ: “के परमेश्‍वर साँच्चैनै मानिससित पृथ्वीमा बस्नुहुन्छ र? स्वर्ग, अर्थात्‌ उच्च स्वर्ग तपाईंको निम्ति सानो छ।”—२ इतिहास ६:१८.

बाइबल भन्छ: “परमेश्‍वर आत्मा हुनुहुन्छ।” (यूहन्‍ना ४:२४) अतः उहाँ भौतिक ब्रह्‍माण्डमा नभई एउटा आत्मिक संसारमा बस्नुहुन्छ। बाइबलले “स्वर्ग[लाई]” परमेश्‍वरको बासस्थान भनी सङ्‌केत गर्दा त्यस स्थानको उच्चपनलाई बोध गराउँछ जहाँ परमेश्‍वर बस्नुहुन्छ र यो स्थान हामी बस्ने भौतिक वातावरण भन्दा धेरै भिन्‍न छ। हो, बाइबलले परमेश्‍वरको बासस्थान भौतिक ब्रह्‍माण्डबाट पूर्णतः भिन्‍न छ र यो कुनै एउटा निश्‍चित ठाउँ हो भनेर बताउँछ।—अय्यूब २:१, २.

परमेश्‍वर एक व्यक्‍ति हुनुहुन्छ

येशूले आफ्ना चेलाहरूसित कुरा गर्नुहुँदा यहोवाको बासस्थानबारे यसरी बताउनुभयो: “मेरा पिताको घरमा धेरै बस्ने ठाउँहरू छन्‌। . . . म तिमीहरूका निम्ति ठाउँ तयार पार्न जान्छु।” (यूहन्‍ना १४:२) येशू कहाँ जानुभयो? अन्ततः उहाँ “हाम्रा निम्ति परमेश्‍वरको सामने प्रकट हुनलाई स्वयं स्वर्गमै प्रवेश” हुनुभयो। (हिब्रू ९:२४) यो विवरणले हामीलाई यहोवाबारे दुईवटा महत्त्वपूर्ण तथ्य सिकाउँछ। पहिलो उहाँको साँच्चिकै बासस्थान छ र दोस्रो उहाँ एक व्यक्‍ति हुनुहुन्छ, सर्वव्यापी र वर्णन गर्नै नसकिने शक्‍ति होइन।

त्यसैकारण त येशूले आफ्ना अनुयायीहरूलाई यसरी प्रार्थना गर्न सिकाउनुभयो: “हाम्रा स्वर्गमा बस्ने पिता।” यसरी उहाँले आफ्नो प्रार्थना एउटा व्यक्‍ति अर्थात्‌ यहोवातर्फ लक्षित गर्नुभयो जो आत्मिक स्वर्गमा बस्नुहुन्छ। (मत्ती ६:९; १२:५०) यो शिक्षा १,५०० वर्षभन्दा धेरै वर्षदेखि परमेश्‍वरका जनहरूलाई प्रार्थना गर्न सिकाइएको तरिकासित मेल खान्थ्यो। परमेश्‍वरबाटै प्रेरित सबैभन्दा पुरानो लेखोटमा यस्तो प्रार्थना पाइन्छ: “आफ्नो पवित्र बासस्थान स्वर्गबाट हेरेर आफ्नो प्रजा[लाई] . . .आशीष दिनुहोस्‌।”—व्यवस्था २६:१५.

सबै ठाउँमा पुग्ने परमेश्‍वरको पवित्र आत्मा

बाइबलले सधैं परमेश्‍वर कुनै एउटा निश्‍चित ठाउँमा बस्नुहुन्छ भनेर बताए तापनि यसले अक्सर पवित्र आत्मा सर्वव्याप्त छ भनेर बताउँछ। भजनहार दाऊदले यस्तो प्रश्‍न सोधे: “तपाईंको आत्माको दृष्टिबाट म कहाँ जाऊँ? अथवा तपाईंको सामनेबाट म कहाँ भागूँ?” (भजन १३९:७) यस्ता पदहरूको कारण कोही-कोही अलमल्लमा परेका छन्‌ र परमेश्‍वर सर्वव्यापी हुनुहुन्छ भन्‍ने निष्कर्षमा पुग्न सक्छन्‌। तर यी लगायत अरू पदहरूको प्रसङ्‌गलाई हेर्ने हो भने यहोवाको पवित्र आत्मा अर्थात्‌ सक्रिय शक्‍तिलाई आफ्नो कुनै पनि निश्‍चित ठाउँबाट उहाँले भौतिक ब्रह्‍माण्डको जुनसुकै ठाउँमा पनि पठाउन सक्नुहुन्छ भन्‍ने कुरा स्पष्ट हुन्छ।

आफ्नो बच्चालाई सान्त्वना र आड दिन एक जना बुबाको हात अगि सरे जस्तै यहोवाको हात अर्थात्‌ पवित्र आत्मा उहाँको उद्देश्‍य पूरा गर्न भौतिक ब्रह्‍माण्ड होस्‌ या आत्मिक जुनसुकै ठाउँमा पठाउन सकिन्छ। त्यसैले भजनहारले यसो भन्‍न सके, “बिहानको पखेटामा उडेर समुद्रको पल्लो किनारामा बसें भने पनि, त्यहाँ पनि तपाईंको बाहुलीले मलाई डोऱ्‍याउनेछ, र तपाईंको दाहिने बाहुलीले मलाई समात्नेछ।”—भजन १३९:९, १०.

तपाईं परमेश्‍वरको मित्र बन्‍न सक्नुहुन्छ

यहोवाले आफू स्वयम्‌ र आफ्नो बासस्थानबारे नम्र र मायालु हुँदै मानिसहरूले बुझ्ने गरी बताउनुहुन्छ र यसले उहाँको बस्ने ठाउँ र उहाँ कस्तो हुनुहुन्छ भनेर सकेसम्म धेरै कुरा बताउन खोज्छ। अर्को शब्दमा भन्‍ने हो भने, उहाँ “आकाश र पृथ्वीका कुराहरूमा नजर गर्नलाई निहुरिनुहुन्छ।” (भजन ११३:६) तर यहोवा वास्तवमा कस्तो हुनुहुन्छ भन्‍ने कुरा बुझ्न मानिसको समझले भ्याउँदैन।

यहोवा अत्यन्तै महिमित, महान्‌ र अद्‌भुत हुनुहुन्छ जसलाई मानवीय शैलीमा पूर्णतः व्याख्या गर्न सकिंदैन। त्यसैले धर्मशास्त्रले कुनै निश्‍चित ठाउँमा रहेको उहाँको स्वर्गीय स्थानबारे बताए तापनि उहाँको आत्मिक बासस्थानबारे पूर्णतया बुझ्न मानिसको लागि असम्भव छ।—भजन १३९:६.

तैपनि उहाँ ब्रह्‍माण्डको चारैतिर घुमिरहने अमूर्त व्यक्‍तित्वहीन शक्‍ति नभएर वास्तवमा कस्तो हुनुहुन्छ भनेर मोटामोटी बुझ्दा मात्र पनि धेरै आनन्द मिल्छ। उहाँ कुनै निश्‍चित ठाउँमा बस्नुहुने प्रेम र कोमलता जस्ता गुण भएको कुनै निश्‍चित व्यक्‍तित्व भएको व्यक्‍ति हुनुहुन्छ। यो कुराको ज्ञानले मानिसलाई ब्रह्‍माण्डको सर्वशक्‍तिमान्‌ सार्वभौमसित चिरकालीन व्यक्‍तिगत मित्रता गाँस्ने महान्‌ अवसर दिन्छ।—याकूब ४:८. (g05 3/8)

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने