प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • g05 ६/८ पृ. ३०
  • पाठकहरूका प्रतिक्रिया

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • पाठकहरूका प्रतिक्रिया
  • ब्यूँझनुहोस्‌!—२००५
  • मिल्दोजुल्दो सामग्री
  • “एक चोटिको प्रहारले दुई चोटि सतायो”
    ब्यूँझनुहोस्‌!—२००४
  • विषयसूची
    ब्यूँझनुहोस्‌!—२००४
  • पाठकहरूका प्रतिक्रिया
    ब्यूँझनुहोस्‌!—२००५
  • पाठकहरूका प्रतिक्रिया
    ब्यूँझनुहोस्‌!—२००५
थप हेर्नुहोस्
ब्यूँझनुहोस्‌!—२००५
g05 ६/८ पृ. ३०

पाठकहरूका प्रतिक्रिया

ठगी “ठगिनदेखि जोगिनुहोस्‌” (अगस्त ८, २००४) भन्‍ने शृङ्‌खलाको लागि म कति कृतज्ञ छु भन्‍ने कुरा तपाईंहरूले अनुमानै गर्न सक्नुहुन्‍न। आफ्नो घरबाटै म एउटा सानो व्यवसाय सञ्चालन गर्छु र म ठगीको सिकार भएको थिएँ। मलाई पनि त्यो शृङ्‌खलामा बताइएका जस्तै भावनाहरूले सतायो—यतिबिघ्न मूर्ख भएकोमा लाज, दोष र अप्ठ्यारोका भावनाहरू। मैले त्यस शृङ्‌खलामा बताएको जस्तै गरें। मैले आफ्नो गल्ती स्वीकारें, यहोवालाई प्रार्थना गरें र एक जना प्राचीन जो मेरा साथी पनि हुन्‌ तिनीसित कुरा गरें। यी लेखहरूको सहायताले मैले यो मामिला सुल्झाउन सकेको छु। कत्रो ठूलो आशिष्‌!

टी. जी., संयुक्‍त राज्य अमेरिका

विवाहपूर्व यौनसम्बन्ध “युवा जनहरू सोध्छन्‌ . . . के विवाहपूर्व यौनसम्बन्ध राख्नु गलत हो?” भन्‍ने लेख मेरो लागि बलको स्रोत थियो। (अगस्त ८, २००४) त्यस लेखमा उल्लेख गरिएका युवाहरूले व्यक्‍त गरेका विचारहरू र मेरा विचारहरू उस्तै थिए। भजन ८४:११ का शब्दहरूले मलाई विशेष असर पाऱ्‍यो जसले इमानदारीसँग हिंड्‌नेहरूदेखि यहोवाले कुनै असल कुरा इन्कार गर्नुहुन्‍न भनेर हामीलाई बताउँछ।

टी. यु., जर्मनी

एउटी युवतीको हैसियतमा यहोवाको नजरमा पवित्र रहन मैले सधैं यथासम्भव गरेकी छु तर कहिलेकाहीं यो चुनौतीपूर्ण हुन्छ। यस लेखले पवित्र रहने मेरो कटिबद्धतालाई नवीकरण गरिदियो र शैतानको संसारबाट आउने दबाबहरूको सामना गर्ने म मात्र होइन भन्‍ने कुरा सम्झायो। यहोवाले युवा जनहरूको कति ख्याल गर्नुहुन्छ भनेर थाह पाउनु साँच्चै प्रोत्साहनदायी छ।

एफ. बी., बोत्स्वाना

पोस्ट पोलियो सिन्ड्रम (पि पि एस)  “एक चोटिको प्रहारले दुई चोटि सतायो” (अगस्त ८, २००४) भन्‍ने लेखमा ज्याक मेन्स्माको अनुभवको लागि धन्यवाद। मलाई पोलिआरथ्राइटिस भएको २३ वर्ष भयो तर लक्षणहरू भने त्यस लेखमा बताइएका जस्तै छन्‌। मदतकारी साधनहरू प्रयोग गर्ने र प्रभावित मांसपेशीहरूलाई धेरै दबाब नदिनेबारे भाइ मेन्स्माले दिनुभएको जानकारीको लागि म उहाँलाई धन्यवाद दिन चाहन्छु।

यु. के., अस्ट्रिया

म साढे दुई वर्षको हुँदा मलाई पोलियो भएको थियो र २५ वर्षको उमेरमा पि पि एस भयो। डाक्टरहरूलाई यस रोगको लक्षणबारे थाह थिएन र उनीहरूलाई रोग खुट्ट्याउन निक्कै गाह्रो भयो। यो लेख पढ्‌नुअघि मैले यस विषयमा यति विस्तृत जानकारी पहिले कहिल्यै पाएको थिइनँ।

जे. ई., फ्रान्स

छ वर्षको उमेरमा मेरी आमालाई पोलियोले प्रहार गरेको थियो। यस रोगबारे दिइएको सही विवरणले मलाई उहाँको अवस्था बुझ्न मदत गरेको छ।

टी. भी., इटाली

म १८ महिनाको हुँदा मलाई पोलियो भएको थियो र मलाई भाइ मेन्स्मालाई जत्तिको असर त गरेको छैन। तैपनि कमजोर मांसपेशीको कारण म लखतरान महसुस गर्छु। कसरी आफ्नो शक्‍ति सञ्चय गर्न सकिन्छ भनेर बुझ्न यस लेखले मलाई मदत गऱ्‍यो। यो लेखबाट मैले पाएको सबैभन्दा ठूलो फाइदा यहोवाले हामीलाई हेर्नुहुन्छ र हाम्रो ख्याल गर्नुहुन्छ भनेर पढ्‌न पाउनु थियो!

एल. जे., संयुक्‍त राज्य अमेरिका (g05 5/8)

एकाकीपन “एक्लो तैपनि एकाकीपन छैन” (जुलाई ८, २००४) भन्‍ने आवरण शृङ्‌खला गजबको थियो। पृष्ठ ७ को “तपाईं कसरी एकाकीपनमाथि विजयी हुन सक्नुहुन्छ” भन्‍ने पेटीमा दिइएका सुझावहरूबाट मैले विशेष आनन्द उठाएँ। यी सुझावहरूमध्ये धेरैजसो मैले प्रयोग गरेकी छु र मलाई थाह छ, अरूको लागि पनि यी सुझावहरू ठूलो प्रोत्साहनको स्रोत हुनेछन्‌।

ई. एम., संयुक्‍त राज्य अमेरिका (g05 4/8)

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने