प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • g05 १२/८ पृ. ११
  • खाद्य संकट सधैंको लागि अन्त!

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • खाद्य संकट सधैंको लागि अन्त!
  • ब्यूँझनुहोस्‌!—२००५
  • मिल्दोजुल्दो सामग्री
  • अहिलेको खाद्यान्‍न अभावबारे बाइबल के भन्छ?
    थप लेखहरू
  • परमेश्‍वरले कुन उद्देश्‍य लिएर मानिसजाति बनाउनुभयो?
    बाइबलले हामीलाई के सिकाउँछ?
  • साँचो ईश्‍वरले के गर्नुहुनेछ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (जन संस्करण)—२०१९
  • दुःखकष्टको चपेटामा परेकाहरूलाई सान्त्वना
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००३
थप हेर्नुहोस्
ब्यूँझनुहोस्‌!—२००५
g05 १२/८ पृ. ११

खाद्य संकट सधैंको लागि अन्त!

आफ्ना लालाबाला कुपोषणको सिकार हुँदा, कुन चाहिं बुबा टुलुटुलु हेरेर बस्न सक्छ होला र? आफ्नो मुटुको टुक्रा भोको बसेको देख्नुपर्दा मानिसको त मन दुख्छ भने स्वर्गमा बस्नुहुने हाम्रो मायालु बुबालाई आफ्नो भोको सृष्टि देख्दा कस्तो लाग्ला सोच्नुहोस्‌ त। हातमुख जोर्न धौ-धौ परिरहेका करोडौं मानिसहरूको पीडा यहोवा राम्ररी बुझ्नुहुन्छ।

यस संसारका भोकाहरूको पेट भर्न विभिन्‍न संघ-संस्था अनि सरकारले कोसिस नगरेका होइनन्‌। तर २१ औं शताब्दी आइपुग्दासम्म भोका मानिसहरूको संख्या घट्‌नु त परै जाओस्‌, पहिलेभन्दा झन्‌ अकासिएको छ। तर स्वर्गमा हुनुहुने हाम्रो पिता यहोवाले सबैलाई खुवाउन सक्नुहुन्छ र खुवाउनु पनि हुनेछ। हामी कसरी त्यसो भन्‍न सक्छौं?

परमेश्‍वरले सृष्टि गर्नुभएको पहिलो मानव दम्पती, आदम र हव्वा अदनको बगैंचामा सुरक्षित, तृप्त अनि सन्तुष्ट थिए। परमेश्‍वरले उनीहरूलाई चाहिने जति सबै कुराको प्रबन्ध गरिदिनुभएको थियो भनेर बाइबलले बताउँछ। उहाँले यसो भन्‍नुभएको थियो: “हेर, मैले तिमीहरूलाई पृथ्वीका सबै बिउ उमार्ने बोटहरू र फलमानै बिउ हुने सबै फलका रूखहरू दिएको छु।” हो, आदम र हव्वाका सन्तानले सारा ‘पृथ्वी भरून्‌’ र मानवजातिले सधैं प्रशस्त भोजन पाऊन्‌ भन्‍ने यहोवाको सदिच्छा थियो—उत्पत्ति १:२८, २९.

हुन त पछि पहिलो मानव दम्पतीले आफ्नो सृष्टिकर्ताको विरोध गरेर आफूले पाएको सबै आशिष्‌ गुमाए र पनि परमेश्‍वरको उद्देश्‍य भने बद्‌लिएको छैन। यहोवा “भोकाहरूलाई खानेकुरा दिनुहुन्छ” भनेर बाइबल बताउँछ। अहिले मानिसजातिले जे-जति कारणले गर्दा पेटभरि खान पाइरहेका छैनन्‌, ती सबैलाई उहाँले पन्छाउनुहुनेछ भनेर बाइबलमा थुप्रै भविष्यवाणीहरू गरिएका छन्‌।—भजन १४६:७.

येशू यस पृथ्वीमा हुनुहुँदा, उहाँका चेलाहरूले उहाँको राज्य कहिले आउनेछ र उहाँले यो पृथ्वीमा कहिले हस्तक्षेप गर्नुहुनेछ भनेर चिह्न वा प्रमाण मागेका थिए। उहाँले संसारमा देखापर्ने केही परिस्थितिहरूबारे बताउँदै तिनीहरूलाई जवाफ दिनुभयो। उहाँले दिनुभएको एउटा चिह्न थियो, “अनिकाल।” येशूले त्यतिखेर भन्‍नुभएका कुराहरूलाई राम्ररी पढ्यौं भने मानवजातिको सबै पीडाको अब चाँडै अन्त हुनेरहेछ भनेर आश्‍वासन पाउछौं।a—मत्ती, अध्याय २४.

परमेश्‍वरले हाम्रो पृथ्वीलाई प्रमोदवन बनाउनुहुँदा त्यो कस्तो हुनेछ त? यसबारे भजन ७२:१६ ले यस्तो भविष्यवाणी गरेको छ: “पृथ्वीमा पहाडका टाकुराहरूमा प्रशस्तगरी अन्‍न हुनेछ।” प्राचीन इस्राएलमा अक्सर उपत्यकामा मात्र अन्‍न उब्जाउ गरिन्थ्यो। तर बाइबलको उक्‍त भविष्यवाणी पूरा भएपछि अत्यन्तै बाँझो जमीनमा समेत प्रशस्त अन्‍न हुनेछ। एक जना बाइबलविद्‌ले बाइबलको भविष्यवाणीबारे टिप्पणी गर्दै के भनेका छन्‌ भने, “मसीहको राज्य आएपछि, पहाडको टुप्पो टुप्पोमा समेत बाली झुल्नेछ। समथर भूमिदेखि हिमालको चुचुरोसम्म चारैतिर पोटिला दानाले भरिएका अन्‍नका बालाहरू हावाको मन्द गति सँगसँगै लहलह नाच्नेछ।”

अहिले करोडौं मानिसहरूले दिनहुँ सामना गरिरहेको परिस्थिति भन्दा कत्ति फरक! परमेश्‍वरले प्रतिज्ञा गर्नुभएअनुसारै त्यति बेला “पृथ्वीले आफ्नो उब्जनी बढाउनेछ, र परमेश्‍वर, हाम्रा परमेश्‍वरले हामीलाई आशीर्वाद दिनुहुनेछ।”—भजन ६७:६.

बाइबलमा भएका यी तथा अन्य मीठा-मीठा भविष्यवाणीहरू पूरा हुँदा तपाईं अनि तपाईंको परिवार त्यसको भागिदार हुन चाहनुहुन्छ भने कृपया तपाईंको इलाकामा बसोबास गर्ने यहोवाका साक्षीहरूलाई भेट्‌नुहोस्‌ अथवा यो पत्रिकाको पृष्ठ ५ मा दिइएका ठेगानाहरूमध्ये आफूलाई पायक पर्ने ठेगानामा पत्र लेख्नुहोस्‌। (g05 11/22)

[फुटनोट]

a येशूको भविष्यवाणी कसरी पूरा भइरहेको छ, त्यसबारे अझ बुझ्न चाहनुहुन्छ भने यहोवाका साक्षीहरूद्वारा प्रकाशित ज्ञान जसले अनन्त जीवनतर्फ डोऱ्‍याउँछ भन्‍ने किताबको अध्याय ११ हेर्नुहोस्‌।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने