प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • g07 अप्रिल पृ. २६-२९
  • “रमाइलोको लागि” मात्र यौनसम्बन्ध राख्न प्रस्ताव आएमा के गर्ने?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • “रमाइलोको लागि” मात्र यौनसम्बन्ध राख्न प्रस्ताव आएमा के गर्ने?
  • ब्यूँझनुहोस्‌!—२००७
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • “रमाइलोको लागि” मात्र राखिने यौनसम्बन्ध किन गलत हो, थाह पाउनुहोस्‌
  • आफ्नो विश्‍वासमा गर्व गर्नुहोस्‌
  • दृढ हुनुहोस्‌!
  • दूरदर्शी हुनुहोस्‌
  • आफ्ना छोराछोरीसित यौनबारे कुरा गर्नुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१०
  • के मुख-मैथुन गर्नु पनि यौनसम्बन्ध राख्नु हो?
    युवाहरू सोध्छन्‌
  • स्कूलमा सेक्सदेखि कसरी जोगिने?
    ब्यूँझनुहोस्‌!—२००६
  • विवाहपूर्व यौनसम्बन्ध राख्नदेखि म कसरी जोगिन सक्छु?
    ब्यूँझनुहोस्‌!—२००४
थप हेर्नुहोस्
ब्यूँझनुहोस्‌!—२००७
g07 अप्रिल पृ. २६-२९

युवाहरू सोध्छन्‌ . . .

“रमाइलोको लागि” मात्र यौनसम्बन्ध राख्न प्रस्ताव आएमा के गर्ने?

“एकअर्कासित यौनसम्बन्ध राख्न सकिन्छ कि सकिन्‍न अनि कति जनासँग राख्न सकिंदो रहेछ भनेर हेर्नकै लागि केटाकेटीहरू यौनसम्बन्ध राख्छन्‌।”—पेनी।a

“केटाहरू कुनै लाजै नमानी यसबारे कुरा गर्छन्‌। आफ्नो गर्लफ्रेन्ड भए तापनि अरू थुप्रै केटीहरूसित यौनसम्बन्ध राखेको कुरा फूर्तिसाथ सुनाउँछन्‌।”—एड्‌वर्ड।

“मसित यौनसम्बन्ध राख्न सोझै प्रस्ताव राखे। नाइँ भन्दैमा तिनीहरूले कर गर्न छोड्‌नेवाला थिएनन्‌!”—इदा।

कुनै जिम्मेवारी वहन गर्नु नपर्ने गरी “रमाइलोको लागि” मात्र राखिने यौनसम्बन्धलाई कतिपय देशमा ‘हुकअप’ पनि भनिन्छ। ठाउँअनुसार यसको लागि चलाइने शब्द भिन्‍ना-भिन्‍नै छन्‌। उदाहरणका लागि, जापानमा ‘लैजाने’ भन्यो भने “रमाइलोको लागि” मात्र यौनसम्बन्ध राख्ने कुरालाई बुझाउँछ भनी आकिको नाउँकी युवती बताउँछिन्‌। तिनी भन्छिन्‌, “यसलाई सेफ्रे पनि भनिन्छ। यो ‘सेक्स फ्रेन्ड’ (यौन साथी) शब्दको छोटो रूप हो। साथी बनाउनुको उद्देश्‍य यौनसम्बन्ध राख्नु मात्र हुन्छ।”

नाउँ जेसुकै होस्‌, यसको अर्थ एउटै हुन्छ: कुनै भावनात्मक सम्बन्धविना “रमाइलोको लागि” मात्र राखिने यौनसम्बन्ध।b कतिपय युवाहरू भने आफूले “फाइदाका साथीहरू” बनाएको कुरामा धक्कु लगाउँछन्‌। “फाइदाका साथीहरू” भनेको प्रेमसम्बन्धको “झमेलामा” नपरी चाहेको बेला यौनसम्बन्ध राख्न सकिने साथीहरू हुन्‌। एउटी युवती भन्छिन्‌, “यौन आवेग तुरुन्तै शान्त पार्न हुकअपको सहारा लिइन्छ। आफ्नो उद्देश्‍य पूरा भएपछि बाटो लागे हुन्छ।”

यहोवाको साक्षी भएको कारण तपाईं “व्यभिचारदेखि अलग” रहनुपर्छ।c (१ कोरिन्थी ६:१८) यो कुरा थाह भएकोले तपाईं अप्ठ्यारोमा पर्न सक्ने अवस्थादेखि टाढै रहन कोसिस गर्नुहुन्छ होला। तर जति नै कोसिस गरे तापनि कहिलेकाहीं यस्तो प्रलोभन आइपर्छ। सिन्डी भन्छिन्‌, “स्कूलमा थुप्रै केटाहरूले मलाई यौनसम्बन्धको प्रस्ताव राखेका छन्‌।” काम गर्ने ठाउँमा पनि यस्तो प्रलोभन आउन सक्छ। मार्गरेट भन्छिन्‌, “मेरो मेनेजरले यौनसम्बन्ध राख्न प्रस्ताव राख्यो। उसले घरीघरी कर गरिरहेकोले आखिरमा जागिरै छोडिदिएँ!”

अर्को तर्फ, तपाईं आफै पनि त्यसतर्फ आकर्षित भएजस्तो लाग्यो भने अचम्म नमान्‍नुहोस्‌। बाइबल भन्छ, “मानिसको हृदय सबै कुराभन्दा छली हुन्छ, त्यो अति भ्रष्ट हुन्छ।” (यर्मिया १७:९) लुर्डस नाउँकी केटीले पनि यस्तै अनुभव गरिन्‌। “मसित यौनसम्बन्धको प्रस्ताव राख्ने केटो मलाई पनि मन पर्थ्यो।” जेनको अनुभव पनि यस्तै छ। तिनी स्वीकार्छिन्‌, “मलाई त्यो केटा असाध्यै मन पर्थ्यो। उसलाई नाइँ भन्‍नु मैले अहिलेसम्म गर्नुपरेको गाह्रो कामहरूमध्ये एक थियो।” पवित्र रहन सजिलो छैन भनेर सुरुमा बताइएका एड्‌वर्ड पनि स्वीकार्छन्‌। तिनी भन्छन्‌, “थुप्रै केटीहरू आफै आएर मलाई यौनसम्बन्धको प्रस्ताव राखेका छन्‌ अनि त्यसलाई तिरस्कार गर्नु नै यहोवाको साक्षीको रूपमा मैले गर्नुपरेको सबैभन्दा गाह्रो संघर्ष हो। नाइँ भन्‍न असाध्यै गाह्रो हुन्छ!”

तपाईंले पनि कुनै समय लुर्डस, जेन र एड्‌वर्डले जस्तै अनुभव गर्नुभएको हुन सक्छ। तर त्यति बेला यहोवा परमेश्‍वरको नजरमा जे ठीक छ त्यही गर्नुभएको थियो भने त्यसको लागि तपाईंको प्रशंसा गर्नै पर्छ। प्रेरित पावलले पनि आफ्नो खराब झुकावसित निरन्तर संघर्ष गर्नु परेको थियो भनेर थाह पाउँदा तपाईंले सान्त्वना पाउन सक्नुहुन्छ।—रोमी ७:२१-२४.

कसैले तपाईंलाई “रमाइलोको लागि” मात्र त हो नि भनेर यौनसम्बन्धको प्रस्ताव राख्यो भने तपाईंले कस्ता बाइबल सिद्धान्तहरू मनमा राख्नुपर्छ?

“रमाइलोको लागि” मात्र राखिने यौनसम्बन्ध किन गलत हो, थाह पाउनुहोस्‌

आफ्नो श्रीमान्‌ वा श्रीमतीबाहेक अरूसित राखिने यौनसम्बन्धलाई बाइबलले निन्दा गर्छ। वास्तवमा, व्यभिचार गम्भीर पाप हो किनकि यसमा लागिरहनेहरू “परमेश्‍वरको राज्यको हकदार” हुनेछैनन्‌। (१ कोरिन्थी ६:९, १०) “रमाइलोको लागि” यौनसम्बन्ध राख्ने प्रलोभनदेखि जोगिन तपाईंले यसप्रति यहोवाको जस्तै दृष्टिकोण राख्नै पर्छ। नैतिक तवरमा स्वच्छ रहने तपाईंकै इच्छा हुनुपर्छ।

“यहोवाको मार्ग नै जीवन बिताउने सर्वोत्तम मार्ग हो भनेर म पूर्ण रूपले विश्‍वस्त छु।”—करेन, क्यानाडा।

“एकछिनको आनन्दको लागि यहोवाको नैतिक नियमलाई बेवास्ता गर्नेहरूले ठूलो मोल चुकाउनुपर्ने हुन्छ।”—भिभियन, मेक्सिको।

“तपाईं कसैको छोरा वा छोरी, थुप्रैको साथी अनि मण्डलीको एक सदस्य हुनुहुन्छ भन्‍ने कुरा नबिर्सनुहोस्‌। तपाईं प्रलोभनमा फस्नुभयो भने यी सब व्यक्‍तिहरू दुःखी हुनेछन्‌!”—पिटर, बेलाइत।

प्रेरित पावलले यस्तो लेखे: “प्रभुलाई मनपर्ने के हो, सो [जाँच]।” (एफिसी ५:१०) असिद्ध शरीरको लागि व्यभिचार निकै लोभलाग्दो देखिए तापनि यसप्रति यहोवाको जस्तै दृष्टिकोण राखेर तपाईं “खराबीलाई घृणा” गर्न सक्नुहुन्छ।—भजन ९७:१०.

◼ यो पनि पढौं: उत्पत्ति ३९:७-९। यौन प्रलोभनप्रति यूसुफले लिएको साहसिक अडान र कुन कुराले तिनलाई यसको प्रतिरोध गर्न मदत गऱ्‍यो, विचार गर्नुहोस्‌।

आफ्नो विश्‍वासमा गर्व गर्नुहोस्‌

युवाहरू आफूलाई विश्‍वास लागेको कुरामा गर्व गर्छन्‌ र दृढताका साथ त्यसको पक्षमा उभिन्छन्‌। यहोवाको साक्षी भएको हुनाले तपाईंले आफ्नो उदाहरणीय आचरणद्वारा परमेश्‍वरको नाउँको पक्षमा उभिने मौका पाउनुभएको छ। विवाहपूर्वको यौनसम्बन्धबारे तपाईंको अपरिवर्तनीय दृष्टिकोणको कारण अप्ठ्यारो महसुस नगर्नुहोस्‌।

“तपाईं नैतिक मूल्य-मान्यताअनुसार चल्ने मान्छे हुनुहुन्छ भनेर सुरुदेखि नै स्पष्ट पार्नुहोस्‌।”—एलेन, जर्मनी।

“आफ्नो विश्‍वासको कारण लज्जित महसुस नगर्नुहोस्‌।”—एस्तर, नाइजेरिया।

“कसैले यौनसम्बन्धको लागि प्रस्ताव राख्दा ‘मेरो आमाबाबुले मलाई डेटिङ गर्न दिनुहुन्‍न’ वा यस्तै केही भन्‍नुभयो भने साथीहरूले तपाईंको कुरा सुन्‍नेछैनन्‌। डेटिङमा जान तपाईं आफै इच्छुक हुनुहुन्‍न भनेर तपाईंले आफ्ना साथीहरूलाई थाह दिनुपर्छ।”—ज्यानेट, दक्षिण अफ्रिका।

“म कस्तो खालको व्यक्‍ति हुँ भनेर मेरो स्कूलमा पढ्‌ने केटाहरूलाई थाह थियो अनि तिनीहरूले जति नै प्रयास गरे तापनि म तिनीहरूको जालमा फस्दिनँ भनेर पनि तिनीहरूलाई थाह थियो।”—विकी, अमेरिका।

आफ्नो विश्‍वासको पक्षमा दृढ अडान लिनुभयो भने तपाईं परिपक्व साक्षी बन्दै हुनुहुन्छ भनेर पनि संकेत गरिरहनुभएको हुनेछ।—१ कोरिन्थी १४:२०.

◼ यो पनि पढौं: हितोपदेश २७:११। हेर्नुहोस्‌ त, आफ्नो विश्‍वासमा दृढ रहने कत्ति ठूलो कारण! आफ्नो क्रियाकलापद्वारा तपाईंले यहोवाको नाउँ पवित्र पार्न सक्नुहुन्छ।

दृढ हुनुहोस्‌!

नाइँ भन्‍नु अत्यावश्‍यक छ। तर कसै-कसैले भने यसको गलत अर्थ लगाउन सक्छन्‌ र उनीहरूलाई तपाईंले “भाउ खोजेको” जस्तो लाग्ला।

“तपाईंले नाइँ भन्दा तपाईंको मन जसरी भए पनि जितेरै छोड्‌ने प्रण उसले गर्न सक्छ, यसो गर्दा मुसा-बिरालोको खेल जस्तो हुन्छ।”—लोरेन, क्यानाडा।

“तपाईं कस्तो लुगा लगाउनुहुन्छ, कसरी कुरा गर्नुहुन्छ, कोसित कुरा गर्नुहुन्छ र कस्ता व्यक्‍तिहरूसित संगत गर्नुहुन्छ लगायत तपाईंसम्बन्धी हर कुरामा तपाईंको नाइँ झल्कनुपर्छ।”—जोई, नाइजेरिया।

“तपाईंले दृढतापूर्वक र जोडदार ढंगमा इन्कार गर्नुपर्छ।”—ड्यानेल, अस्ट्रेलिया।

“नडराउनुहोस्‌! एक चोटि एउटा केटाले मलाई घुमाउरो पारामा यौनसम्बन्धको प्रस्ताव राख्दा मैले यसरी गाली गरें, ‘ओइ, मेरो कुमबाट हात झारिहाल्‌ त!’ त्यसपछि उसलाई आँखा तरेर म त्यहाँबाट हिंडें।”—एलन, बेलाइत।

“यस्तो कुरामा तपाईंलाई कुनै चासो छैन र भविष्यमा पनि चासो राख्नुहुनेछैन भनेर सीधै भन्‍नुपर्छ। यस्तो बेला नरम बोली गरेर काम छैन!”—जिन, स्कटल्याण्ड।

“एउटा केटाले मलाई यौनसम्बन्धको प्रस्ताव राखेर अनि छेडछाड गरेर वाक्कै बनायो। त्यसैले अन्तमा म कडा नभई हुँदै भएन। त्यसपछि मात्र उसको दुर्व्यवहार बन्द भयो।”—क्वानिता, मेक्सिको।

“तपाईंले तिनीहरूसित कहिल्यै यौनसम्बन्ध राख्नुहुनेछैन भनेर स्पष्ट पार्नुपर्छ। तपाईंलाई पट्ट्याउनको लागि उपहार दिन खोज्ने केटाहरूबाट कहिल्यै उपहार नलिनुहोस्‌। त्यो उपहार दिएबापत आफूले पनि केही न केही त पाउनै पऱ्‍यो नि भन्दै तिनीहरूले तपाईंलाई यौनसम्बन्धको प्रस्ताव राख्न सक्छन्‌।”—लारा, बेलाइत।

तपाईं दृढ रहनुभयो भने यहोवाले पनि मदत गर्नुहुनेछ। आफ्नै व्यक्‍तिगत अनुभवको आधारमा भजनहार दाऊदले यहोवाबारे यसो भन्‍न सके: “वफादारप्रति तपाईं वफादार हुनुहुन्छ।”—भजन १८:२५, NRV.

◼ यो पनि पढौं: २ इतिहास १६:९। जसको हृदय उहाँप्रति भक्‍त छ, तिनीहरूलाई मदत गर्न यहोवा कत्ति इच्छुक हुनुहुन्छ, विचार गर्नुहोस्‌।

दूरदर्शी हुनुहोस्‌

बाइबल यसो भन्छ: “चतुर मानिस दुःख आएको देखेर जोगिन्छ, तर सीधा-साधा त्यसमा पर्छ र दण्ड भोग्छ।” (हितोपदेश २२:३) यो सल्लाह तपाईं कसरी लागू गर्न सक्नुहुन्छ? दूरदर्शी भएर!

“यस्तो विषयमा कुरा गर्नेहरूबाट जतिसक्दो टाढै रहनुहोस्‌।”—नाओमी, जापान।

“खतरनाक साबित हुन सक्ने संगति र परिस्थितिबाट जोगिनुहोस्‌। उदाहरणको लागि, कोही-कोही रक्सीको नशामा भएको बेला यस्तो प्रलोभनमा फसेको मलाई थाह छ।”—इशा, ब्राजिल।

“आफ्नो ठेगाना वा फोन नम्बर जस्ता व्यक्‍तिगत जानकारी जो पायो त्यहीलाई नदिनुहोस्‌।”—डायना, बेलाइत।

“कक्षाका साथीहरूलाई अभिवादन गर्दा जोसुकैलाई अँगालो नहाल्नुहोस्‌।”—एस्तर, नाइजेरिया।

“लुगा लगाउँदा होस पुऱ्‍याउनुहोस्‌। तपाईंको लुगा उत्तेजक खालको हुनु हुँदैन।”—हाइडी, जर्मनी।

“आफ्नो आमाबाबुसित घनिष्ठ सम्बन्ध राख्दा र आफ्नो अवस्थाबारे उहाँहरूसित कुरा गर्दा दरिलो सुरक्षा पाइन्छ।”—आकिको, जापान।

आफ्नो बोली-वचन, आचरण, साथी-संगति र आफू जाने ठाउँ एक चोटि विचार गर्नुहोस्‌। त्यसपछि आफैलाई यस्तो प्रश्‍न गर्नुहोस्‌, ‘कतै मैले अरूलाई यौनसम्बन्धको प्रस्ताव राख्न सजिलो बनाइरहेको त छैन वा अन्जानमै त्यस्तो संकेत पो दिइरहेको छु कि?’

◼ यो पनि पढौं: उत्पत्ति ३४:१, २। गलत ठाउँमा जाँदा दीना नाउँकी केटीले कस्तो दुःखद परिणाम भोग्नुपऱ्‍यो, विचार गर्नुहोस्‌।

“रमाइलोको लागि” मात्र यौनसम्बन्ध राखिएको भए तापनि यहोवाको नजरमा यो गम्भीर कुरा हो; तपाईंको दृष्टिकोण पनि यस्तै हुनुपर्छ। बाइबल यसो भन्छ: “कुनै व्यभिचारी, कि अशुद्ध मानिस[ले] . . . परमेश्‍वरको राज्यमा कुनै अधिकार पाउनेछैन।” (एफिसी ५:५) जे कुरा असल छ त्यसको पक्ष लिंदा तपाईंले सफा अन्तस्करणका साथै आत्म-सम्मान कायम राख्न सक्नुहुन्छ। कार्ली नाउँकी युवती यसो भन्छिन्‌: “अरूको यौन आवेग शान्त पार्ने ‘माध्यम’ किन बन्‍ने? यत्तिका परिश्रम गरेर कायम राखेको नैतिक स्वच्छताको जतन गर्नुहोस्‌!” (g 3/07)

“युवाहरू सोध्छन्‌ . . . ” भन्‍ने शृङ्‌खलाका अन्य लेखहरू www.watchtower.org/ype वेबसाइटमा हेर्न सक्नुहुन्छ।

[फुटनोटहरू]

a यस लेखमा नाउँहरू परिवर्तन गरिएका छन्‌।

b यस शब्दले यौन अंग सुम्सुम्याउने वा कामुक चुम्बन गर्नेजस्ता यौन उत्तेजना जगाउने क्रियाकलापहरूलाई पनि बुझाउन सक्छ।

c व्यभिचारमा दुई अविवाहित व्यक्‍तिहरूबीचको यौनसम्बन्ध, मुख मैथुन, गुद्वार मैथुन, समलिंगी सम्बन्ध, अर्को व्यक्‍तिलाई हस्तमैथुन गराइदिने र अन्य यौन क्रियाकलापहरू समावेश छन्‌।

एकछिन सोच्नुहोस्‌

◼ असिद्ध शरीरको लागि अवैध यौनसम्बन्ध निकै लोभलाग्दो देखिए तापनि यो किन गलत हो?

◼ कसैले तपाईंलाई “रमाइलोको लागि” त हो नि भनेर यौनसम्बन्धको प्रस्ताव राख्यो भने के गर्नुहुन्छ?

[पृष्ठ २८-मा भएको चित्र]

◼ व्यभिचार गर्ने व्यक्‍तिले “आफ्नै शरीरको विरुद्धमा पाप गर्दछ” भनेर बाइबल बताउँछ। (१ कोरिन्थी ६:१८) यो कुरा साँचो हो भनेर किन भन्‍न सकिन्छ? तपाईंलाई थाह भए जति कारणहरू तल लेख्नुहोस्‌।

.....................

सुझाव: माथिको प्रश्‍नको जवाफ दिन थप मदतको लागि युवा जनहरूका प्रश्‍न तथा त्यसका उपयोगी जवाफ पुस्तकको पृष्ठ १८२, अनुच्छेद ४ र प्रहरीधरहरा, जुलाई १, २००६, पृष्ठ २०, अनुच्छेद १४ हेर्नुहोस्‌। यी प्रकाशनहरू यहोवाका साक्षीहरूद्वारा प्रकाशित हुन्‌।

[पृष्ठ २९-मा भएको पेटी]

आमाबाबुलाई सुझाव

“मेरो क्लासको एउटा केटाले मलाई ‘हुकअपको’ प्रस्ताव राख्यो। उसले के भन्‍न खोजेको हो एकछिन त मैले बुझ्नै सकिनँ। किनकि त्यति बेला म ११ वर्षकी मात्र थिएँ।”—लेआ।

माथिको घटनाले देखाउँछ, केटाकेटीहरूले झन्‌-झन्‌ सानो उमेरमा यौनबारे थाह पाउँदैछन्‌ तर गलत ढंगमा। “आखिरी दिनमा डरलाग्दो समय आउनेछ” अनि मानिसहरू “असंयमी” र “परमेश्‍वरभन्दा बरु सुख-विलास निको मान्‍ने” हुनेछन्‌ भनेर बाइबलले धेरै अघि बताएको थियो। (२ तिमोथी ३:१, ३, ४) युवाहरूको लागि तयार पारिएको यस लेखमा बताइएझैं “रमाइलोको लागि” मात्र यौनसम्बन्ध राख्ने प्रवृत्तिले व्यापकता पाउनु पनि यो भविष्यवाणी पूरा भएको एउटा प्रमाण हो।

तपाईं हुर्कनुभएको संसार र अहिलेको संसार बिलकुल भिन्‍न छ। तर कुनै-कुनै समस्या भने उस्तै छन्‌। त्यसैले आफ्ना छोराछोरीले सामना गर्नु परिरहेको खराब प्रभावको कारण चिन्तित हुनु वा आत्तिनु पर्दैन। बरु, प्रेरित पावलले लगभग २,००० वर्षअघि दिएको सल्लाह पालन गर्न उनीहरूलाई मदत दिन कटिबद्ध हुनुहोस्‌: “शैतानका युक्‍तिहरूका विरुद्धमा खडा हुनसक्नालाई परमेश्‍वरको सारा हात-हतियार धारण गर।” (एफिसी ६:११) वास्तवमा थुप्रै साक्षी युवाहरूले आफू वरपर व्याप्त कुप्रभावको सामना गर्दै जे सही छ त्यही गर्न निकै संघर्ष गरिरहेका छन्‌। यसको लागि उनीहरूको प्रशंसा नगरी रहन सकिन्‍न। ती युवाहरूले जस्तै गर्न तपाईंका छोराछोरीलाई पनि कसरी मदत दिन सक्नुहुन्छ?

एउटा तरिका तपाईंको छोरा वा छोरीसित कुराकानी सुरु गर्न यस लेखमा दिइएको जानकारी चलाउनु हो। “यो पनि पढौं” भन्‍ने भागमा दिइएका बाइबल पदहरूमा पाइने विवरण सोच्न लगाउने खालका छन्‌। त्यहाँ दिइएका कुनै-कुनै शास्त्रपदहरूमा सही कुराको पक्षमा दृढ अडान लिनेहरूले प्राप्त गरेका आशिष्‌ र परमेश्‍वरको नियम बेवास्ता गर्नेहरूले भोगेका दुःखद परिणामका वास्तविक उदाहरणहरू छन्‌। “यो पनि पढौं” भन्‍ने भागमा दिइएका अरू कुनै-कुनै शास्त्रपदहरूले भने परमेश्‍वरको नियमअनुसार जीवन बिताउन पाउनु किन ठूलो सुअवसर हो भनेर बुझ्न तपाईंका छोरीछोरीलाई मदत गर्नेछ। उनीहरूसित अहिल्यै यो विषयवस्तु छलफल गरे कसो होला?

परमेश्‍वरको स्तर अनुरूप चल्दा सधैं हाम्रो भलाइ हुन्छ। (यशैया ४८:१७, १८) उहाँको नियम बेवास्ता गर्दा वर्णनै गर्न नसक्ने दुःख पाइन्छ। परमेश्‍वरका नियम र सिद्धान्तहरू आफ्ना छोराछोरीहरूको हृदयभित्र राखिदिने तपाईंहरूको प्रयासमा यहोवाको आशिष्‌ रहोस्‌ भनेर हामी ब्यूँझनुहोस्‌!-का प्रकाशकहरू कामना गर्छौं।—व्यवस्था ६:६, ७.

[पृष्ठ २८-मा भएको चित्र]

तपाईंले तिनीहरूसित कहिल्यै यौनसम्बन्ध राख्नुहुनेछैन भनेर स्पष्ट पार्नुपर्छ

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने