प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • g13 अप्रिल पृ. १४-१५
  • अश्‍लील कुराहरू

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • अश्‍लील कुराहरू
  • ब्यूँझनुहोस्‌!—२०१३
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • के बाइबलले अश्‍लील कुराहरूको निन्दा गर्छ?
  • अवैध यौनसम्बन्ध राख्ने हदसम्म नपुऱ्‍याए तापनि के अश्‍लील कुरा हेर्नु गलत हो?
  • अश्‍लील कुराहरू हेर्नदेखि तपाईं कसरी जोगिन सक्नुहुन्छ?
  • अश्‍लील कुराले गर्ने हानि
    ब्यूँझनुहोस्‌!—२००३
  • के अश्‍लील सामग्री हानिकारक छ?
    प्रहरीधरहरा: के अश्‍लील सामग्री हानिकारक छ?
  • अश्‍लील कुरा किन यत्तिको व्यापक भएको?
    ब्यूँझनुहोस्‌!—२००३
  • सैतानको एउटा पासोबाट हामी आफूलाई कसरी जोगाउन सक्छौँ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०१९
थप हेर्नुहोस्
ब्यूँझनुहोस्‌!—२०१३
g13 अप्रिल पृ. १४-१५

बाइबलको दृष्टिकोण

अश्‍लील कुराहरू

के बाइबलले अश्‍लील कुराहरूको निन्दा गर्छ?

“जसले कुनै स्त्रीलाई हेरिरहन्छ र आफूमा कामवासना जगाउँछ, त्यसले मनमनै ऊसित यौनसम्बन्ध राखिसकेको हुन्छ।”—मत्ती ५:२८.

यस विषयमा किन चासो राख्नुपर्छ?

अश्‍लील कुरा आज जत्तिको छ्यासछ्यासती पहिला कहिल्यै थिएन। परमेश्‍वरलाई प्रसन्‍न तुल्याउन चाहनुहुन्छ र सुखमय जीवन बिताउन चाहनुहुन्छ भने अश्‍लील कुराप्रति परमेश्‍वरको दृष्टिकोण तपाईंले बुझ्नुपर्छ।

बाइबल के भन्छ?

बाइबलमा अश्‍लील कुराबारे तोकेरै बताइएको छैन। तैपनि अश्‍लील कुरा हेर्नु बाइबल सिद्धान्त विपरीत छ।

उदाहरणको लागि विवाहित पुरुषले यौनसम्बन्ध राख्ने चाहना राख्दै आफ्नी पत्नीबाहेक “कुनै स्त्रीलाई हेरिरहन्छ” भने त्यस्तो चाहनाले अवैध यौनसम्बन्ध राख्ने हदसम्म पुऱ्‍याउन सक्छ भनेर बाइबलमा प्रस्टै बताइएको छ। यो बाइबल सिद्धान्त अनैतिक यौनसम्बन्ध राख्ने चाहका साथ अश्‍लील कुरा ‘हेरिरहने’ विवाहित र अविवाहित सबैलाई लागू हुन्छ। यस्तो बानी परमेश्‍वरलाई पटक्कै स्वीकार्य छैन।

अवैध यौनसम्बन्ध राख्ने हदसम्म नपुऱ्‍याए तापनि के अश्‍लील कुरा हेर्नु गलत हो?

“त्यसकारण, . . . शरीरका ती अङ्‌गहरूलाई मार, जसमा यस्ता कुइच्छाहरू उत्पन्‍न हुन्छन्‌: अवैध यौनसम्बन्ध, अशुद्धपन, कामवासना, खराब इच्छा अनि लालच।”—कलस्सी ३:५.

मानिसहरू के भन्छन्‌?

केही अनुसन्धानकर्ताहरू अश्‍लील कुरा हेर्नु र निन्दनीय यौन व्यवहारमा भाग लिनुबीच सम्बन्ध छ भन्‍ने कुरामा शङ्‌का व्यक्‍त गर्छन्‌। तर अश्‍लील कुरा हेर्नु स्वयम्‌ नै अनैतिक काम हो?

बाइबल के भन्छ?

“अश्‍लील ठट्टा” स्वीकार्य छैन भनेर बाइबल बताउँछ। (एफिसी ५:३, ४) त्यसैले अश्‍लील कुरा आपत्तिजनक छैन भनेर कसरी भन्‍न मिल्छ र? आजभोलि देखाइने परस्त्री वा परपुरुषसित यौनसम्बन्ध राखिराखेको, समलैङ्‌गिक सम्बन्ध राखिराखेको वा अवैध यौनसम्बन्धका अन्य गतिविधिमा भाग लिइरहेको वास्तविक दृश्‍यहरू पनि अश्‍लील कुराहरूमै पर्छ। निश्‍चय पनि अश्‍लील ठट्टाभन्दा कामवासनाले भरिएका अनैतिक कुराहरू हेर्नु परमेश्‍वरको लागि निन्दनीय कुरा हो।

अश्‍लील कुराहरू हेरेर मानिसहरूको मनमा अनेक कुइच्छा जाग्न सक्छ र यसको नतिजास्वरूप तिनीहरू त्यस्ता कुइच्छा पूरा गर्न खोज्छन्‌ भन्‍ने कुरामा अनुसन्धानकर्ताहरू शङ्‌का व्यक्‍त गर्छन्‌। तर अश्‍लील कुराहरूले परमेश्‍वरसितको सम्बन्धमा हानि पुऱ्‍याउँछ र यो उहाँको लागि पटक्कै स्वीकार्य छैन भनेर बाइबलमा प्रस्टै बताइएको छ। बाइबलमा यस्तो सल्लाह दिइएको छ: “त्यसकारण, . . . शरीरका ती अङ्‌गहरूलाई मार, जसमा यस्ता कुइच्छाहरू उत्पन्‍न हुन्छन्‌: अवैध यौनसम्बन्ध, [र] कामवासना।” (कलस्सी ३:५) अश्‍लील कुराहरू हेर्ने मानिसहरूले यसको ठीक उल्टो गर्छन्‌। तिनीहरूले त्यस्ता कुइच्छालाई मार्नुको सट्टा मलजल दिने गर्छन्‌।

अश्‍लील कुराहरू हेर्नदेखि तपाईं कसरी जोगिन सक्नुहुन्छ?

“भलाइको खोजी गर, बुराइको होइन . . . बुराइलाई घृणा औ भलाइ प्रेम गर।”—आमोस ५:१४, १५.

बाइबल के भन्छ?

बाइबलमा विनाशकारी व्यवहार त्यागेका व्यक्‍तिहरूबारे बताइएको छ। जस्तै: तिनीहरू पहिले जथाभाबी यौनसम्बन्ध राखेर हिंड्‌थे, अचाक्ली रक्सी पिउँथे र चोर्थे। (१ कोरिन्थी ६:९-११) तिनीहरूले कसरी त्यस्ता व्यवहार त्याग्न सके? परमेश्‍वरको वचनमा पाइने सल्लाह लागू गरेर तिनीहरूले बुराइलाई अर्थात्‌ खराबीलाई घृणा गर्न सिके।

अश्‍लील कुराहरू हेर्दा हुने भयानक नतिजाहरूबारे विचार गर्दा ती कुराहरूलाई घृणा गर्न सम्भव छ। हालै अमेरिकाको युटा राज्यको विश्‍वविद्यालयमा गरिएको एउटा अध्ययनअनुसार अश्‍लील कुरा हेर्ने मानिसहरूले “डिप्रेसन, अरू मानिसहरूसँग बस्न नरुचाउने र सम्बन्ध बिग्रने” जस्ता दुःखदायी नतिजाहरू भोगेका छन्‌। अझ, माथि पनि छलफल गरिएझैं अश्‍लील कुराहरू परमेश्‍वरको लागि स्वीकार्य छैन। यसले पुऱ्‍याउने ठूलो क्षति भनेको मानिसहरूलाई सृष्टिकर्ताबाट अलग बनाउँछ।

बाइबलले भलाइलाई प्रेम गर्न सिकाउँछ। हामी जत्ति धेरै बाइबल पढ्‌छौं नैतिक नियमहरूप्रतिको हाम्रो प्रेम उत्तिकै गहिरिंदै जान्छ। यस्तो प्रेमको कारण अश्‍लील कुराहरूविरुद्ध अडिग रहन मदत पाउँछौं। अनि यी भजनहारले जस्तै हामीले पनि यस्तो महसुस गर्नेछौं: “मेरो आँखाको सामने कुनै नीच कुरा म राख्नेछैनँ।”—भजन १०१:३. (g13-E 03)

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने